CMAT

बाजुरामा धार्मिक तथा शैक्षिक महोत्सव शुरु

बाजुरा, १४ फागुन (रासस) ः खप्तड छेडेदह गाउँपालिकाको दशरथ माविले आयोजना गरेको वृहत बढालेक दशरथ धार्मिक तथा शैक्षिक महोत्सव आजदेखि शुरु भएको छ । 

खेल मैदानको स्तरोन्नति र विद्यालयमा प्राविधिक शिक्षा सञ्चालनका लागि महोत्सव सञ्चालन गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिर्घमती देवी ओलीले बताउनुभयो । महोत्सव हिन्दुहरुको ठूलो पर्व महाशिवरात्री मेलाको अवसरमा आठ दिनसम्म चल्ने आयोजक समिति संयोजक लालबहादुर खड्काले बताउनुभयो । विद्यालयको शैक्षिक सुधार र ज्ञान आर्जनमा केन्द्रीत गरेर महोत्सव गरिएको विद्यालयका प्रधानाध्यापक खडकसिंह विष्टले जानकारी दिनुभयो । 

महोत्सवको अवसरमा भजनकिर्तन, जीवन उपयोगी प्रवचन, नाचगानका साथ विवाह, तुलादान, ब्रतवन्धसहितका धार्मिक कार्य पनि गरिने छ । छात्रावास निर्माण, कृषि तथा भेटेरिनरीतर्फको कक्षा सञ्चालन, खेल मैदानको पर्खाल तथा प्यारापिट निर्माणसहितका गतिविधिलाई केन्द्र भागमा राखेर महोत्सव गर्न लागिएको विद्यालयका शिक्षक प्रेमबहादुर ओलीले बताउनुभयो । 

बढालेक दशरथ धार्मिक तथा शैक्षिक महोत्सवको सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहले उद्घाटन गर्नुभयो ।

Thuprai - Books and E-books