
बुटवल ।
बुटवल उपमहानगरपालिकाले आफ्नै पाठ्यक्रम तयार गरेको छ । आधारभूत तहदेखि कक्षा ८ सम्म पठन पाठन हुने गरी एक सय पूर्णाङ्कको स्थानीय पाठ्यक्रम तयार पारेको हो ।

बुटवलको ऐतिहासिक, पर्यटकीय, सांस्कृतिक, धार्मिक, समाजिक र विविध विषयहरु समेटेर बुटवलको चिनारी लगायतका विषय पाठ्यक्रममा समावेश भएका छन् । प्रदेश ५ सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालले शैक्षिक विकासका लागि नयाँ नीति र नयाँ योजनाको खाँचो रहेको बताए ।

शिक्षाविद् डा. विद्यानाथ कोइरालाले उपमहानगरपालिकाले शैक्षिक विकासका क्षेत्रमा नमुना काम गरेको बताए ।