CMAT

सामुदायिक विद्यालयमा अनिवार्य ‘इ’ हाजिरी

सुरुङ्गा, १ फागुन (रासस): आजदेखि लागू हुने गरी विर्तामोड नगरपालिकाका सबै सामुदायिक विद्यालयले अनिवार्य ‘इ’ हाजिरी सेवा शुरु गरेका छन् । 

विर्तामोड नगरपालिकामा १८ सामुदायिक विद्यालय रहेका छन् । नगरपालिकाका नगर शिक्षा अधिकारी युवराज पाण्डेका अनुसार आजदेखि नगरभित्रका सबै सामुदायिक विद्यालयले ‘इ’ हाजिरी अनिवार्य गर्नेछन् । 

‘इ’ हाजिरी सेवाको नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले आज उद्घाटन गर्नुभयो । नगरका सामाजिक समितिका संयोजक सङ्गीता शिवाको अध्यक्षतामा भएको सो कार्यक्रममा नगर शिक्षा अधिकारी पाण्डेले नगरको शिक्षाको अवस्थाबारे प्रकाश पार्नुभएको थियो । 

Thuprai - Books and E-books