
अनु फोम्बो झापाबाट आफ्नो सुन्दर भविष्य निर्माण गर्ने उद्देश्यले काठमाडौं आइन् । उनको सानै देखिको सौख हावामा सरसर उडेर देश विदेश भ्रमण गर्नु र पैसा कमाउनु थियो । उनले आफ्नो यहि सपनालाई पूरा गर्न एयर होस्टेस (विमान परिचालिका) को ट्रेनिङ लिन थालेकी छिन् । काठमाडौंको फ्लाई टेक इन्टरनेसनल इन्स्टिटिउटमा तालिम लिँदै गरेकी उनी यसैैमा आफ्नो सुन्दर भविष्य देखेको बताउँछिन् । भन्छिन्,‘कक्षा आठमा पढ्दै गर्दा नै म परिचालिका नै बन्छु भन्ने निश्चय गरेकी थिए ।’ मेरो सपना यसैमा थियो । एसईई पछि उनले परिवारलाई आफ्नो इच्छा भनिन् तर उनको परिवारले एयर होस्टेस पढ्न स्वीकृति दिएन । ‘ममी थोरै परम्परावादी सोचको हुनुुहुन्थ्यो । एयर होस्टेसहरुको पाईलटसँग सम्बन्ध हुन्छ भन्ने गलत धारणा उहाँमा विकसित थियो । अनि हवाईजहाज दुर्घटना भयो भने के गर्ने भन्ने डर पनि ममीमा उतिकै थियो । त्यसैले उहाँले एयर होस्टेस नबन् कि सिए पढ् कि त मसँगै विदेश हिड् भन्नु भयो ।’
उनको सपना त्यही रोकियो । प्लस टु सकेपछि उनी कुवेत गईन् । कुवेतमा दुई वर्ष काम गरिन् । उनले आफ्नी आमालाई त्यहाँ काम गर्दा आइ पर्ने जोखिम र अप्ठेराहरु र आफ्नो लक्ष्यको बारेमा फरक बुझाइन् र उनी नेपाल फर्किईन् । उनको दुई वर्षको कुबेत बसाइ उनका लागि वरदान जस्तै भयो । उनकी ममीले विमान परिचालिकालाई हेर्ने नजरिया नै बदलियो उनले सो तालिम लिन स्वीकृति दिइन्न् । उनी भन्छिन्, ‘मेरो विदेशको दुई वर्षले मलाई जीउने आधार बनाइ दियो । मेरो सपना पुरा गर्ने साइत जुराइ दियो ।’
विदेशबाट फर्किएपछि उनी यो तालिम लिन थालेकी छन् । उनले तालिम लिन थालेको तीन महिना भयो । यो तालिम चार महिनाको हो । चार महिने तालिमपछि उनले एयरलाईन एसएसमेन्ट पास गरेपछि उनी विमान परिचालिकाका बन्न योग्य हुन्छिन् ।
मोरङकी किमी चौलागाइको पनि अनुको जस्तै सपना छ । उनले पनि सानैबाट एयरहोस्टेस नै बन्ने सपना दे्खिन् । सानामा शिक्षकले सोध्दा पनि उनले एयर होस्टेस बन्छु भन्थिन् रे । समय वित्दै गयो उनले आफ्नो सपना पनि भुल्दै गईन् । होटल म्यानेजमेन्टमा प्लस टु गरिन् । आफ्न्त र साथीले अष्ट्रेलिया पढाइसँगै कमाएको सुनेर उतै जाने विचार गरिन् । तर, उनलाई पुरानै सपनाले जित्यो र अष्ट्रेलिया जाने योजना थाति राखिन् । उनलाई आफ्नो बाल्य कालको प्यासनलाई पुरा गर्ने इच्क्षा जाग्यो । उनको यो सपना उनकै अभिभावकले जागृत गराइ दिए । र उनी यसैको तालिम लिन थालिन् । उनि भन्छिन्, ‘यहाँ आएर ट्रेनिङ लिँदानै एयर होस्टेस भएर हावामा सरर उडेको अनुभव हुन्छ ।’ एयर होस्टेसको ट्र्निङमा पौडिन, जुम्बा, आत्म रक्षा गर्न, फायर फाईटिङ, सञ्चार, ग्रुमिङ, स्किन केयर टिप्स आदि सिकाईने उनले बताईन् ।
गोदावरी घर भएकी सुनिता थिङग्को भने फरक कथा छ । उनको सानो छँदा डाक्टर बन्ने लक्ष्य थियो । तर समयसँगै उनको सपना कक्षा ६ मा पुग्दा फेरिन पुग्यो । उनको सपना फेरिनमा सो समयमा आफ्नो परिवार सँग काठमाडौं देखि विराटनगरको यात्राले महत्वपूर्ण भूमिका खेल्यो । भन्छिन्,‘म प्लेनमा त्यो बेला पहिलो पटक उडेकी थिए । त्यहाँका अप्सरा जस्तै सजिएका एयर होस्टेस देख्दा त्यस्तै बन्न मन लाग्यो र यतातिर लागे ।’ तर, आफ्नो सपनामा एउटा रोकावट देखिन थाल्यो । पिरोलिन थालिन् । उनले टिभि तथा फिल्ममा देखिने सबै विमान परिचालिकाको वर्ण गोरो देखेर कहिले काँही आप्नोे छालाको वणलाई धिक्कार थिन् । किनकी उनी गहुगोरो वर्णकि थिईन् । उनि भन्छिन् ‘ मेरो व्याल्क कम्लेक्सनका कारण विमान परिचालिका बन्न पाउदिनकी जस्तो लाग्थ्यो तर मेरो दिदी र ममीले धेरै सपोर्ट गरेर यहाँ सम्म ल्याउनु भयो ।’ उनि अहिले फ्लाई टेक इन्टरनेशनलमा विमान परिचालिकाको ट्र्निङ लिँदै छिन् ।
त्यसैगरी विमान परिचालिकाको सपना बोकेर फ्लाई टेक इन्टरनेस्नल सम्म आउने अर्कि छात्र हुन् युसा हाडा । उनलाई सानोबाटनै स्र्माट देखिने पेसा मन पथ्र्यो । ललितपुरस्थित लिटिल एन्जल कलेजमा विज्ञान विषयमा प्लस टु पढ्न भर्ना भईन् । तर, उनलाई साईन्स पढ्ने इच्क्षा थिएन । उनले आन्टिलाई घरमा आएको समयमा आफ्नो इच्छा सुनाईन् । जसले उनलाई धेरै सहयोग मिल्यो । ११ कक्षा पढ्दा पढ्दै उनले विषय परिवर्तन गरिन् । उनी भन्छिन् ‘साईन्स पढेँ भने जीवनमा कुनै उपलव्धि हासिल गर्न सक्दिन जस्तो लाग्यो, त्यसैले अन्तिम परिक्षा आउनु भन्दा दुई÷तिन महिना अगाडि विषय परीवर्तन गरेर होटल म्यानेजमेन्टमा भर्ना भँए ।’ उनले २ महिना पढेर परिक्षा दिईन् । उनलाई एकाउन्ट गाह्रो लागेको थियो । २ महिनाको तयारीले एकाउन्ट बुझ्न नसकेर फेल हुन पुगिन् तर १२ मा पुगेपछि सबै पास गरिन् ।
तर उनलाई । चिटिक्क परेका कपडा । परैवाटा हेर्दा आकर्षक सुन्दर अनुहार । फिटनेसले आकर्षण ग¥यो । उनी आमाले े सेफ्टिको विषयलाई लिएर ट्र्निङ लिन अनुमति दिईनन् । त्यसपछि उनले सपनालाई थाति राखेर बिएचएम अध्ययन गरिन् । ६ महिना इन्र्टनसिप गर्न कतार पनि प्ुगिन् । इन्र्टनसिप पुरा नगरी नेपाल फर्किइन् । भन्छिन् ‘मलाई कतारमा बस्न मन लागेन फर्किए ।’ नेपाल फर्किसकेपछि गोदावरीस्थित होटलमा फ्रन्ट डेक्समा काम गरिन् । त्यो पेसाबाट सन्तुष्ट हुन सकिनन् र आफ्नो पुरानै सपनालाई पुरा गर्न ट्रेनिङ लिन थालिन् ।
सानो छँदा तनहुँ दमौली स्थित मध्यम वर्गीय परिवारमा हुर्किएकि नरीमाया तामाङलाई आकाशमा हवाईजहाज उडेको देख्दा आफे पनि उडैं उडैं लाग्थ्यो रे । यो कसरी उडेको होला ? म पनि यसमा चढ्न पाए कस्तो हुन्थ्यो होला ? जस्ता प्रश्नहरु मनमा उव्जन्थे रे । उनी ११ कक्षामा पढ्दै गर्दा भारतमा विउटि कोर्ष गर्न गईन् । त्यो कोर्ष सकेर नेपाल फर्किएपछि उनलाई विमान परिचालिकाको ट्रेनिङ गर्न मन लाग्यो । नेटमा सर्च गर्दे जाँदा फ्लाई टेक इन्टरनेशनलको नाम देखिन् र अहिलै ट्रेनिङ लिँदै छिन् । विमान परिचालिकाको तालिमले सर्वत्र विकाश हुने उनि बताउछिन् । विमान परिचालिका भईएन भनेपनि अन्य काममा पनि यसले सहयोग गर्नेमा उनि विश्वस्त छिन् ।
विमान परिचालिका भन्नाले विमानमा यात्रुको सेवा र सुरक्षाका लागि खटिएका कर्मचारीहरु हुन् । बाहिरबाट हेर्दा सेवा जस्तो लागेपनि शुरक्षा प्रमुख काम रहेको फ्लाई टेक इन्टरनेशनल इन्स्टिटिउटका संचालक नाजिर हुसैनले बताए ।
नेपाल एयरलाईन्सको सुरुवात सँगै नेपालमा विमान परिचालिकाको आवश्यकता महसुस गरिएको थियो । त्यसैलाई मध्यनजर राख्दै जमलमा पहिलो पटक विमान परिचालिका तालिम केन्द्रको स्थापना भएको हुसैनले बताए । उनि भन्छन् ‘विस्तारै यसको स्कोपमा वृद्धि हुँदै गयो । सन् २००६ मा इन्टरनेशनल एक्रिडेसन अर्गानाईजेसन द्धारा संवन्धन लिएर फ्लाईटेक इन्टरनेसनल इन्स्टिटिउटको स्थापना गरे ।’ एसियन प्यासिफिक सेक्युरीटि एसोसिएसन – एप्सा मलेसिया द्धारा पनि सर्टिफाईड भएको उनले जनाए । यो नेपालको पहिलो अन्तर्राष्ट्रिय एयर होस्टेस इन्स्टिटिउट हो । हाल नेपालमा १०÷१२ वटा इन्स्टिटिउट भएको उनले जानकारी दिए छन् ।
विमान परिचालिकाको तालिम ३ देखि ४ महिनाको हुन्छ । फ्लाईटेक इन्टरनेशनलमा ३ महिनाको कोर्षका लागि ३० हजार तथा ४ महिनाको कोर्षको लागि ३५ हजार लाग्छ । यो ट्रेनिङ लिन ५ फिट २ इन्च उचाई भएका महिलाहरुले मात्र विमान परिचालिकाका रुपमा काम गर्न पाँउछन् । तर प्लस टु भने उत्तीर्ण गरेको हुनुपर्छ । एयरलाईन्सहरुले विहे नगरेको महिलालाई बढि प्रिफर गर्दछ । तर, एक पटक जागिर पाईसकेपनि भने कम्पनिको नियम अनुसार विहे गर्न सकिन्छ ।
प्लस टुमा जुन विषय पढेपनि विमान परिचालिका बन्न पाईन्छ । वास्तवमा ट्रेनिङ लिनै पर्ने भन्ने छैन । तर तालिम लिएपछि एयरलाईन्स एसेसमेन्ट पास गर्न सजिलो हुन्छ । ट्रेनिङमा आपतकालीन अवस्थामा के गर्ने ? जङ्गलमा आगो लाग्यो भने के गर्ने ? कसरी यात्रुहरुको सेवा गर्ने लगायतका विविधकुराहरु सिकाइन्छ । जसले विद्यार्थीहरुलाई यस क्षेत्रमा निपूर्ण बनाउँछ । इन्स्टिटिउटले सकेपछि लिखित परिक्षा लिन्छ र प्रमाणपत्र प्रदान गर्छ ।
नेपाल लगायत विभिन्न देशमा एयरहोस्टेसको राम्रो स्कोप रहेको छ । विदेशका एयरलाईन्स कम्पनिहरुले विमान परिचालिकाको लागि नेपालीलाई बढि प्राथमिकता दिने गरेको हुसैनले बताए । ७० वटा भन्दा बढि एयरलाईन्स कम्पनिहरुले नेपालिलाई विमान परिचालिको लागि जागिरको प्रस्ताव गर्ने गरेको छ । विमान परिचालिकाको जागिर पाउन निकै सजिलो रहेको छ । हुसैनले भने ‘९० प्रतिशत जव एप्लाईको प्रोसेस अनलाईन भएकाले घर वसि वसि जागिर खोज्न सकिन्छ ।’ एक पटक कुनै एयरलाईन्स एसेसमेन्टमा फेल भईयो भने पनि अन्य एयरलाईन्समा एप्लाई गर्न वा सोहि कम्पनिमा पुन परिक्षा दिन पनि सकिने हुसैनले बताए ।
फ्लाईटेक इन्टरनेसनल इन्स्टिटिउट आई एस वो ९००१ः२०१५ क्वालिफाईड स्टान्डर्ड सर्टिफिकेट प्राप्त गर्ने नेपालको पहिलो इन्स्टिटिउट हो । यो इन्स्टिटिउट फ्रान्सको वल्र्ड क्वालिटि कमिटमेन्ट अवार्ड द्धारा सम्मानित समेत भईसकेको छ । इन्स्टिटिउट नेपाल हस्पिटालिटि अवार्डको पनि विजेता भईसकेको छ । २ हजार भन्दा वढि विद्यार्थीहरुलाई ७० वटा भन्दा बढि कम्पनिहरुमा पठाउन सफल भएको संचालक हुसैनले दावि गरे । विद्यार्थीहरुका लागि जबको एप्लाई पनि इन्स्टिटिउट आफैले गर्दिने हुसेन बताउछन् ।