विद्यालयलाई कम्प्युटरसहितका सामग्री वितरण

भोजपुर, १३ फागुन (रासस) : पौवादुङमा गाउँपालिकाकाले २८ विद्यालयलाई कम्प्युटर, इन्भटरसहित सोलार सेट र ई–हजारी वितरण गरेको छ ।  

गाउँपालिकाले आफ्नो क्षेत्रका विद्यालयमा शिक्षाको गुणस्तर सुधार गरी विद्यार्थीलाई प्राविधिक ज्ञान दिलाउने उद्धेश्यले उक्त सामग्री वितरण गरेको हो । गाउँपालिकाले ११ विद्युत सेवा विस्तार नभएका विद्यालयलाई इन्भटर सहित एक सय वाटका सोलार, एक÷एक थान कम्प्युटर र ई–हाजिरी वितरण गरेको छ । त्यस्तै १० विद्यालयलाई एक÷ एक थान कम्प्युटर र ई– हाजिरी वितरण गरेको छ, भने पहिला नै कम्प्यूटर जडान गरिएका सात विद्यालयलाई ई– हाजिरी मात्र वितरण गरेको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाको निति तथा कार्यक्रम अनुसार रु चार लाख ५० हजारका इन्भटरसहितका सोलार, रु ११ लाख ५० हजारका कम्प्युटर र रु चार लाख २० हजारका २८ ई– हाजिरी सामग्री वितरण गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शालिकराम भटट्राईले जानकारी दिनुभयो । गाउँपालिकामा रहेका छ स्वास्थ्य संस्थामा पनि तत्कालै ई–हाजिरी जडान गरिने गाउँपालिकाले जनाएको छ ।