CMAT

बंगालादेशको छात्रवृत्तिका लागि सिफारिस भएका विद्यार्थीको नाम फरक परेको विषयमा दुतावाससंग छलफल

Bachelors Portal

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले बंगालादेशको एमबीबीए र बीडीएसको छात्रवृत्तिका लागि सिफारिस भएका विद्यार्थीको नाम फरक परेको विषयमा दुतावाससंग छलफल गरेकी छिन् ।

सो विषयमा बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमान चौधरीसँग छलफल गरेकी हुन् ।

छलफलको क्रममा मन्त्री श्रेष्ठले छात्रवृत्तिका लागि पठाएको विद्यार्थीको नाम तथा व्यक्ति फरक परेको विषयमा जिज्ञासा राखेको उनको सचिवालयले जानकारी दियो । सो छलफलमा राजदूत चौधरीले यो समस्याको विषयमा बङ्गलादेश सरकार जानकार रहेको हुँदा यथाशीघ्र समाधान गर्ने तर्फ सकारात्मक पहल गर्ने प्रतिवद्धता जनाएको सचिवालयले जानकारी दियो ।

छात्रवृत्तिका लागि चिकित्सा शिक्षा आयोगले पठाएको २२ जनाको सूचीमाआयोगले सिफारिस गरेको भन्दा १० जना अन्य विद्यार्थीको नाम सार्वजनिक भएको थियो ।

बङ्गलादेश सरकारले १९ वटा एमबीबीएस र ३ जना बीडीएस गरी २२ जनालाई छात्रवृत्ति दिने भन्दै नेपाललाई पत्राचार गरेपछि गत माघ १४ गते आयोगले २२ जनाको नाम सिफारिस गरेको थियो ।

आयोगले एकीकृत प्रवेश परीक्षामा पास भएका २२ जनाको सूची सार्वजनिक गर्दै उनीहरूलाई बङ्गलादेश पठाउन सिफारिस गरेको थियो । तर, बङ्गलादेशको चिकित्सा शिक्षा महानिर्देशनालय (डीजीएमई) ले सार्वजनिक गरेको सूचीमा आयोगले सिफारिस गरेका भन्दा १० जना अन्य विद्यार्थीको नाम सिफारिस गरेको थियो ।

बङ्गलादेशको चिकित्सा शिक्षा महानिर्देशनालय (डीजीएमई) ले सार्वजनिक विद्यार्थीको नाम

Thuprai - Books and E-books
I Tech store