Edusanjal

कक्षा ११ र १२ पढ्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान प्रक्रियाका विषयमा छलफल

ईडीयु सञ्जालले कक्षा ११ र १२ पढ्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान प्रक्रियाका कसरी प्रदान भइरहेको छ भन्ने विषयमा  बृहत छलफका आयोजना गरेको छ ।  सञ्जालले  विभिन्न मापदण्ड तयार गरेर पूर्ण तथा आंशिक छात्रवृत्ति प्रदान गर्ने भएको हो ।

काठमाडौं मोडेल सेकेन्डरी स्कूल–बालकुमारीको प्रायोजन र कलेज अफ बिजनेस म्यानेजमेन्ट (सीबीएम), द ब्रिटिश कलेज, टेक्सास इन्टरनेशनल कलेज, र प्रिमियर कलेजको सहप्रयोजनमा छात्रवृत्ति अभियान सुरु गरेको हो ।छात्रवृत्ति प्रदानका  लागि सञ्जालले कुपन्डोलको हिमालयन होटलमा छलफल गरिरहेको छ ।

छलफलमा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्मा, मन्त्रालयका सहसचिव डा हरिप्रसाद लम्साल, शिक्षाविद् प्रा डा विद्यानाथ कोइराला, शिक्षा तथा मानव स्रोत विकाु केन्द्रका निर्देशक दिव्या दवाडी लगायत शिक्षा सम्बद्ध सरोकारवालको सहभागिता रहेको छ ।छलफलमा पालिकाहरुले प्रदान गर्दै आएको छात्तवृत्तिका बारेमा छलफल भइरहेको छ ।

pre school