Bachelors Portal

गुणस्तर सुधारका लागि शिक्षक सङ्घको फरक तरिका

Managed Admission 2022

काठमाडौं महानगरपालिका भित्रका प्राथमिक तहको प्रश्नपत्रमा एकरूपता ल्याउने उद्देश्यले नेपाल शिक्षक सङ्घ महानगरपालिकाका कार्य समितिले नमुना प्रश्नपत्र लेखन कार्याशालाको आयोजना गरेको छ । सो कार्याशाला रत्नरात्य माध्यमिक विद्यालयमा आयोजना गरिएको हो ।

सहभागी शिक्षकहरूलाई पाठ्यक्रम विकास केन्द्रका पाठ्यक्रम विज्ञ युवराज अधिकारीले प्रशिक्षण गराएका छन् । सङ्घले महानगरपालिकाका सम्पूर्ण शिक्षकलाई प्रश्नपत्र निर्माणका वैज्ञानिक आधार तथा पद्धतिका बारेमा समूहगत प्रशिक्षण गराउँदै आएको छ ।  नगरका सम्पूर्ण विद्यालयका  प्रश्नपत्रमा एकरुपता ल्याउने उद्देश्यले कार्यशाला आयोजना गरिएको कार्य समितिका अध्यक्ष नारायणप्रसाद गौतमले बताए ।

सामुदायिक विद्यालयको गुणस्तर सुधारमा सङ्घले खेल्ने सक्ने भूमिकालाई अझ प्रष्ट बनाउने कार्याशालाको आयोजना गरिएको अध्यक्ष गौतमले बताए । ‘शिक्षकका पेसागत सङ्घ, संगठनले राजनीतिमात्र गर्छन् भन्ने आम मानिसको आरोपलाई गलत साबित गर्न प्रश्नपत्र निर्माण कार्याशालाको आयोजना गरिएको हो ।’ उनले भने, ‘हामी हाम्रो विद्यार्थीको भविष्य निर्माण गर्दै आफ्ना हकहितका लागि लड्छौं ।’

गौतमका अनुसार महानगरका ९१ सामुदायिक विद्यालयका प्राथमिक तहका शिक्षकलाई स्रोत केन्द्र स्तरीय प्रशिक्षण दिइ सकिएको छ । आजको कार्यशालामा १८ विद्यालयका ३८ जना शिक्षकहरूको सहभागिता रहेको छ ।

Select college / campus