धरान उपमहानरले पनि परीक्षा स्थगित गर्यो

चौतर्फी विरोध र मन्त्री परिषदको हिजोको तत्काल सबै विद्यालय बन्द गरी परीक्षाका सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेसंगै अन्तः धरान उपमहानरपालिकाले पनि सबै परीक्षा स्थगित गर्ने भएको छ ।

धरान उपमहानगरपालिकाले हिजो विज्ञप्ति जारी गर्दै ५ देखि माथिका कक्षाहरुका मुख्य विषयहरुको परीक्षा आजदेखि सञ्चालन गर्ने भनेपछि त्यसको चौतर्फी विरोध भएको थियो ।

सोमबार साँझ बसेको मन्त्री परिषद्को वैठकले देशभरका विद्यालयमा भौतिक पठनपाठन र पूर्वनिर्धारित सबै परीक्षा स्थगित गर्ने निर्णय गरेपछि उपमहानगरले पनि परीक्षा स्थगित गरेको उपमहागरका शिक्षा महाशाखा प्रमुख रत्नबहादुर कटुवालले जानकारी दिए ।

मंगलबार उपमहानगरले विज्ञप्ती जारी गर्दै आजदेखि सञ्चालन गर्ने भनिएको कक्षा ८ लगायतको अन्य सबै कक्षाका वार्षिक परीक्षाहरु अर्को सूचना नआउँदा सम्मको लागि स्थगित गरिएको जनाएको छ ।

विज्ञप्ति मार्फत उपमहानगरले सबै विद्यालयले भर्चुअल तथा वैकल्पिक माध्यमबाट शिक्षण सिकाईलाई जारी राख्न पनि निर्देशन दिएको छ ।

Thuprai - Books and E-books