
मन्त्रीपरिषद्ले कोरोना संक्रमणको जोखिम बढेको भन्दै काठमाडौं, ललितपुर, भक्तपुर, धरान, वीरगंजलगायतका व्यस्त सहरमा भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गर्न रोक लगाइ सकेको छ । उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा आगामी १६ गतेदेखि एक साताका लागि निषेधआज्ञा जारी गर्ने तिीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले घोषणा गरिसकेका छन् । ित्रभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालयले सञ्चालनमा रहेका र सञ्चालनको तयारीमा रहेका सबै परीक्षा अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित गरिसकेका छन् ।
अति प्रभावित क्षेत्रका सबै विद्यालय तथा विश्वविद्यालयले आफ्ना सम्पूर्ण शैक्षिक कार्यक्रम स्थगित गरिसकेको अवस्थामा सुनसरीको धरान उपमहानगरपालिकाले भने कक्षा ५ देखि माथिका सवै कक्षाका मुख्य ५ विषयहरु ९नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिक० को परीक्षा वैसाख १८ गतेभित्र स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पूर्ण रुपमा पालना गर्दै सम्पन्न गरिसक्ने र अन्य विषयहरु आन्तरिक मूल्याङ्कनबाट निर्णय गर्ने निर्णय गरेको छ ।
नगर प्रमुख तिलक राईको अध्यक्षतामा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । सो बैठकले कक्षा ५ भन्दा तल्ला कक्षामा सबै विषयहरु आन्तरिक मूल्याङ्कनबाट निर्णय गरिने समेत निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को निर्णय बमोजिम सबै शैक्षिक संस्थाहरुमा परीक्षा बाहेक भौतिक रुपमा सञ्चालन हुने शैक्षिक गतिविधिहरु ९ट्युशन,कोचिङ्, तयारी कक्षा आदि० पूर्ण रुपमा बन्द गरिने उपमहानगरले निर्णय गरेको छ ।