A Levels MA

चिकित्सा शिक्षा स्नातक तहका लागि सिट निर्धारण (सिटसहित)

चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको स्नातक तहका कार्यक्रम संचालन गर्ने सबै शिक्षण संस्थाका लागि सिट निर्धारण गरेको छ ।

चिकित्सा शिक्षा आयोग, कार्यकारी समितिको २०७९ वैशाख २० गतेको निर्णयानुसार शैक्षिक सत्र २०७८–७९ का लागि चिकित्सा शिक्षाको स्नातक तहको कार्यक्रम संचालन गर्न सिट निर्धारण गरेको हो ।

आयोगका सदस्य सचिव सेमन्तराज कोइरालाद्वारा आज सूचना जारी गर्दै सिट निर्धारण गरेको जानकारी दिइएको हो । आयोगले विभिन्न ८२ कलेजलाई चिकित्सा शिक्षाको स्नातक तहको विभिन्न कार्यक्रम सञ्चालनका लागि सिट संख्या तोकेको हो ।

आयोगले एमबीबीएसमा १ हजार ८९५, बीएससी नर्सिङमा १ हजार ४६०, बीपीएचमा १ हजार ३५०, बीएनएसमा १ हजार १५०, बीडीएसमा ५६५, बीफार्ममा ८७० लगायत अन्य विभिन्न विषयमा सिट संख्या निर्धारण गरेको छ ।

सिट संख्या हेर्न यहाँ क्लिक गर्नुहोस्ः

Thuprai - Books and E-books