CMAT

कार्तिक १४ गते सम्म अद्यावधिक भएका विद्यालयको विवरण सार्वजनिक (विवरण सहित)

Bachelors Portal

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (इएमआइएस) कार्तिक १४ गतेसम्म विवरणअद्यावधिक भएका विद्यालयको विवरण सार्वजनिक गरेको छ ।

केन्द्रले  गत असार ९ गते साउन  १५ गते  र  साउन २५ मा अर्को सूचना मार्फत छुट भएका विद्यालयलाई  विवरण अद्यावधिक गर्न निर्देशन दिएको थियो ।

साथै विगतका शैक्षिक सत्रमा एमआईए कोड प्राप्त गरेका तर यस शैक्षिक सत्र २०७९ अद्यावधिक नगरेका विद्यालयहरुको विवरण समेत  सार्वजनिक गरेको छ ।

साथै विवरणमा कुनै विद्यालय छुट्न गएमा कार्तिक मसान्त भित्र अद्यावधिक गराउन पुनः  अनुरोध छ ।  विगतमा एमआइएस कोड प्राप्त गरेका र यस शैक्षिक सत्रमा विवरण  नपाएका नगरेका विद्यालयको अभिलेख कमशः एम आइएसबाट हटाउने तथा उक्त विद्यालयहरू अस्तित्वमा नरहेको भन्ने व्यहोराको सूचना स्थानीय तह मार्फत प्रकाशन गरिने  केन्द्रले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

IEMIS अद्यावधिक भएका विद्यालयको  विवरण

Thuprai - Books and E-books
I Tech store