आइईएमआइएस अद्यावधिक नगर्ने विद्यालयको अनुदान तथा छात्रवृत्ति रोक्का गरिने (अद्यावधिक भएका विद्यालयसहित)

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (आइईएमआइएस) अद्यावधिक गर्ने विद्यालयको सूची सार्वजनिक गरेको छ । सार्वजनिक भएका विद्यालय बाहेक अन्य विद्यालय सञ्चालनमा भए नभएको विवरण पेस गर्न केन्द्रले सबै स्थानीय तहलाई सूचित गरेको छ ।

केन्द्रले आइईएमआइएस अद्यावधिक गर्न विद्यालयलाई समय थप गरेको भए पनि एक हजार  विद्यालयले अझै सो विवरण केन्द्रमा पठाउन नसकेका हुनाले विवरण अद्यावधिक गर्न बाँकी रहेका विद्यालयलाई सहजीकरण गरी विवरण पठाउन सबै स्थानीय तहलाई निर्देशन दिएको हो ।

निर्धारित समय भित्र विवरण अद्यावधिक नगर्ने विद्यालयहरुको विवरण योजना तथा बजेट निर्माण प्रक्रियामा समावेश गर्न नसकिने र यसबाट विद्यालयले प्राप्त गर्ने अनुदान वा सुविधाबाट विद्यालय र छात्रवृत्ति लगायतका सेवा सुविधाबाट विद्यार्थी वञ्चित हुन गएको अवस्थामा सोको जिम्मेवार सम्बन्धित विद्यालयको प्रधानाध्यापक हुने सूचनामा उल्लेख गरिएको छ। आवश्यक समन्वय एवम् सहजीकरण गर्न केन्द्रले शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशन दिएको छ ।

विवरण पठाउने विद्यालयहरु