Bachelors Portal

त्रिवि सुधारको माग गर्दै प्रदर्शन

त्रिभुवन विश्वविद्यालयको प्रशसनीक तथा शैक्षिक सुधारको माग गर्दै आज विद्यार्थीले प्रदर्शन गरेका छन् ।

त्रिवि स्ववियूको अगुवाइमा समग्र सिस्टम सुधार र परीक्षा नियन्त्रण कार्यालयको ढिलासुस्ती अन्त्यको माग गर्दै परीक्षा नियन्त्रण कार्यालय अगाडि प्रदर्शन गरिएको हो । 

प्रदर्शनमा सहभागीहरूले परीक्षा उत्तीर्ण गर्न भन्दा प्रमाणपत्र दिन ढिलाइ गर्ने काम भएको गुनासो गरेका छन् । त्यस्तै उनीहरूले परीक्षा नियन्त्रण कार्यालयको सुधारमा ध्यान नदिएको, कुलपति तथा प्रधानमन्त्रीले राजनीतिक भागबन्डाबाहेक त्रिविलाई नसम्झिएको, शैक्षिक क्यालेन्डर फलो नगरेकोलगायतको आरोप लगाउँदै नाराबाजी समेत गरेका थिए । 

Thuprai - Books and E-books