After SEE Portal

वन विज्ञान स्नातक फरेष्ट्रीमा प्रवेश परिक्षाका लागि आवेदन माग

Bridge Course

शैक्षिक सत्र २०७८-२०८२ का लागि बिएस्सी फरेष्ट्रीमा लिइने प्रवेश परीक्षाका अनलाइन आवेदन खुलेको छ । माघ २२ गते सञ्चालन हुने सो परीक्षामा सहभागी हुन इच्छुक विद्यार्थीले आगामी माघ १६ गते राती १२ वजे सम्म अनलाइन आवेदन दिन सक्ने कृषि तथा वन विज्ञान विश्वविद्यालय डीन कार्यालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

यस संकाय र अन्तर्गतका प्राकृतिक स्रोत व्यवस्थापन कलेज, कटारी उदयपुर तथा सम्बन्धन प्राप्त निजी कलेज सिद्धान्त क्याम्पस, गैंडाकोट-नवलपरासीमा वन विज्ञान स्नातक बिएस्सी फरेस्ट्री तहमा अध्ययन गर्न आवश्यक न्यूनतम शैक्षिक योग्यता पुगेका विद्यार्थीहरुको लागि आवेदन माग गरेको हो ।

एसईई वा सो सरहको परीक्षा उत्तीर्ण भई आईएस्सी (विज्ञान) वा १०+२ (विज्ञान) वा वन विज्ञान विषयमा प्राविधिक प्रमाणपत्र तह वा सो सरह अध्ययन गरी कुल प्राप्ताङ्कको कम्तिमा ५० प्रतिशत अङ्क वा प्रत्येक विषयमा सी ग्रेडका साथ कूल प्राप्ताङ्कमा सी प्लस प्राप्त गरी उत्तीर्ण भएको हुनुपर्नेछ । सैद्धान्तिक र प्रयोगात्मक दुवै विषयको हकमा अलग-अलग सि ग्रेड भन्दा कम भएतापनि एकमुष्ठ विषय सी ग्रेड कम्तिमा हुनुपर्नेछ। प्रवेश परीक्षा शुल्क रु.३ हजार ५०० रुपियाँ तोकिएको छ ।

प्रवेश परीक्षाको पूर्णांक १०० तोकिएको छ । योग्यताक्रमको सूचि तयार गरी योग्यताक्रम अनुसार नै भर्नाको लागि नामावली प्रकाशन गरिने सूचनामा उल्लेख गरिएको छ ।

प्रवेश परीक्षाको उत्तीर्णाङ्क ५० तोकिएको छ । । अङ्क बराबर भएमा आईससी वा प्लस टुको कुल प्राप्ताङ्क सजिीपीए र क्रमशस् ज्ञद्द कक्षाको प्राप्ताङ्क जीपीए , ज्ञज्ञ कक्षाको प्राप्ताङ्क , एसईईमा प्राप्त अङ्कलाई आधार लिईनेछ। प्रमाणपत्र तहको पाठ्यक्रमबाट निम्न विषयहरुबाट कुल १२० वटा प्रश्नहरु समावेश गरी प्रवेश परीक्षाको

प्रश्नपत्र तयार गरिनेछ र सबै प्रश्नहरु बहुबैकल्पिक हुने छ । परीक्षा अवधि ९० मिनेटको हुनेछ। विश्वविद्यालयले हेटौडा क्याम्पसलाई ९५, आङ्गिक कलेज कटारीलाई ५४ र सम्बन्धन प्राप्त सिद्धान्त क्याम्पसलाई ५० जना विद्यार्थीका लागि कोटा निर्धारण गरेको छ ।

A Levels MA
Thuprai - Books and E-books