डियरवाक लर्निङ सेन्टरले शुभारम्भ गर्याे निशुल्क अनलाइन कक्षाहरू उपलब्ध गराउने DLC App

डियरवाक लर्निङ सेन्टरले डियरवाक कम्प्लेक्स्स् सिफलमा रहेकाे सगरमाथा हलमा आयाेजित एक समाराेहबिच ३५०० भन्दा बढी निशुल्क अनलाइन कक्षाहरू उपलब्ध रहेकाे DLC App काे शुभारम्भ गरेकाे छ । उक्त App मा विगत लामाे समयदेखि DLC ले आफ्नाे वेबसाइट dlc.dwit.edu.np मार्फत् निशुल्क रूपमा उपलब्ध गराउँदै आएकाे कक्षा ४ देखि ११ सम्मका नेपाली, अङ्ग्रेजी, गणित, विज्ञान तथा सामाजिक विषयका ३५०० भन्दा बढी अनलाइन कक्षाहरू उपलब्ध रहेका छन् । काठमाडाैँकाे सिफलमा अवस्थित डियरवाक ग्रुप लिमिटेडद्वारा सञ्चालित डियरवाक लर्निङ सेन्टरले दक्ष शिक्षककाे अभाव भएका विद्यालयहरूमा अध्ययनरत र गुणस्तरीय शिक्षाबाट बञ्चित सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरूमाझ निशुल्क गुणस्तरीय शिक्षा पुर्याउने उद्देश्यले पाठ्यक्रम विकास केन्द्र, सानाेठिमी, भक्तपुरद्वारा निर्मित पाठ्यक्रममा आधारित रहेर निर्माण गरेका फ्लिप्ड कक्षाहरूलाई कक्षागत, विषयगत तथा पाठगत रूपमा सङ्गठित गरी विद्यार्थी तथा शिक्षकहरूका लागि सहज र सरल रूपमा खाेज्न तथा सिक्न सहज हाेस् भन्ने हेतुले उक्त App काे शुभारम्भ गरेकाे हाे ।

DLC App शुभारम्भ समाराेहमा बाेल्दै डियरवाक ग्रुप लिमिटेडका अध्यक्ष हितेश कार्कीले हालसम्म निर्मित भिडियाे कक्षाहरूबाट कक्षा ४ देखि ११ सम्म अध्ययन अध्यापन गर्ने ५० लाखभन्दा बढी विद्यार्थी तथा शिक्षकहरू लाभान्वित भइसकेकाे जानकारी दिँदै आगामी दिनमा कक्षा १२ तथा स्नातक तहका भिडियाे पनि निर्माण गरी निशुल्क वितरण गरिने हुँदा अझ बढी विद्यार्थी तथा शिक्षकहरू लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयाे । एडुटेक नेपालका CEO अशाेक डल्लीले एडुटेक नेपालले हालसम्म कम्प्युटर ल्याब निर्माण गरेर हस्तान्तरण गरेका ३०० बढी सामुदायिक विद्यालयका २ लाख बढी विद्यार्थी तथा शिक्षकहरूले उक्त भिडियाे कक्षाहरूबाट लाभ उठाइरहेकाे जानकारी दिनुभयाे भने कार्यक्रमका प्रमुख अतिथि खैरेनी मा. वि. शुक्लागण्डकी, तनहुँका पूर्व प्र. अ. केशवराज घिमिरेले DLC App अनावरणपश्चात् बाेल्ने क्रममा काेराेना महामारीकाे समयमा फ्लिप्ड क्लासले विद्यार्थीहरूकाे पठनपाठनमा पुर्याएकाे याेगदानकाे सराहना गर्दै हालसम्म आफूले स्वतस्फूर्त रूपमा देश तथा विदेशका सयाैँ पालिका, प्र. अ. तथा शिक्षकहरूलाई फ्लिप्ड क्लास प्रयाेगसम्बन्धी तालिम प्रदान गरेकाे र साेबाट लाखाैँ विद्यार्थी लाभान्वित भएकाे प्रसङ्गकाे चर्चा गर्नुभयाे ।

DLC App शुभारम्भपश्चात् आयाेजित पत्रकार सम्मेलनमा पत्रकारहरूद्वारा साेधिएका प्रश्नहरूकाे जवाफ डियरवाक धादिङ स्कुलका प्रिन्सिपल निर्मलकुमार पाैडेल, फ्लिप्ड क्लास रेकर्डिङ संयाेजक युक्ता वर्मा तथा DLC की कन्टेन्ट आर्किटेक्ट आसरा श्रेष्ठले दिनुभएकाे थियाे ।

देशका विभिन्न स्थानमा हाल ३ ओटा विद्यालय, एउटा कलेज, एउटा ट्रेनिङ सेन्टर सञ्चालन गरेर उच्च गुणस्तरीय शिक्षा प्रदान गरिरहेकाे डियरवाक ग्रुप लिमिटेडद्वारा सञ्चालित डियरवाक लर्निङ सेन्टरले विगत दस वर्षदेखि ‘फ्लिप्ड क्लास’ भिडियाे निर्माण गरेर देश तथा विदेशका सामुदायिक तथा संस्थागत विद्यालय, विद्यार्थी तथा शिक्षकहरूलाई निशुल्क उपलब्ध गराउँदै आइरहेकाे अवस्थामा हाल शुभारम्भ गरिएकाे App ले निशुल्क गुणस्तरीय शिक्षालाई अझ व्यवस्थित, सहज र सर्वसुलभ बनाउने कुरामा महत्त्वपूर्ण भूमिका खेलेकाे छ ।