After SEE Portal

कक्षा एक–तीनका पाठ्यपुस्तक छपाइ गर्न प्रस्ताव पेस गर्ने म्याद थप

Bridge Course

पाठ्यक्रम विकास केन्द्रले पुस्तक प्रकाशक तथा वितरकलाई प्रस्तव पेस गर्न १५ दिन म्याद थप गरेको छ । कक्षा एक देखि तीनसम्मका चार रङ्का पाठ्यपुस्तक तथा पाठ्य सामग्री छपाइ गरी बिक्रिवितरण गर्न चाहने मुद्रक तथा वितरकबाट छपाइ गरी बिक्री वितरण गर्ने प्रयोजनका लागि नवीकरण गर्ने र नयाँ प्रस्ताव पेस गर्ने समय थप गरेको हो । इच्छुक प्रकाशक तथा वितरकले हिजोका मितिले १५ दिनभित्र पुनः नवीकरण हुन र नयाँ प्रस्तव पेस गर्न केन्द्रले सूचित गरेको छ ।

पाठ्यव्रmम तथा पाठ्यसामग्री विकास तथा वितरण निर्देशिका, २०७६ बमोजिम शैक्षिक सत्र २०७९ का लागि शैक्षिक सत्र २०७८ मा अनुमति पाएका फर्म तथा संस्थालाई नवीकरण गर्न तथा थप सूचीकृत हुन चाहने इच्छुक मुद्रक तथा वितरकलाई प्रस्ताव पेस गर्न सूचित गरेको केन्द्रले जानकारी दियो ।

इच्छुकले आफ्नो प्रोफाइलसहित केन्द्रबाट तोकिएको ढाँचामा गत मंसिर २२ गते पहिलो पटक सूचना प्रकाशन गर्दै एक्काइस दिनभित्र केन्द्रमा आइपुग्ने गरी सिलबन्दी प्रस्ताव पेस गर्न सूचना प्रकाशन गरेको थियो । तोकिएको म्यादभित्र पर्याप्त प्रस्ताव पेस नभएकाले पुनः केन्द्रबाट तोकिएको ढाँचामा दोस्रो पटक हिजो सूचना प्रकाशन गर्दै पन्ध्र दिनभित्र प्रस्ताव पेस गर्न म्याद थप गरेको हो ।

कक्षा १, २ र ३ का मेरो नेपाली, माइ इङ्लिस बुक, मेरो गणित र हाम्रो सेरोफेरो गरी ४ विषयका पाठ्यपुस्तकहरू र समूह ख अन्तर्गत मेरो गणित विषयको अङ्ग्रेजीमा अनूदित पाठ्यपुस्तक, विद्यालय तहका पाठ्यव्रmम, पाठ्यव्रmम कार्यान्वयन निर्देशिकाहरू, शिक्षक निर्देशिकाहरू, परम्परागत तथा मातृभाषाका पाठ्यपुस्तकहरू तथा सन्दर्भसामग्रीहरू, केन्द्रबाट प्रकाशित अन्य सामग्रीहरू प्रोफाइलसिहतको प्रस्तावमा संलग्न हुनुपर्ने कागजातको विवरण, संस्थाफर्म दर्ता प्रमाण पत्रको प्रतिलिपि (नवीकरणसमेत), आयकर तथा मूल्य अभिवृद्धि कर दर्ता प्रमाण पत्रको प्रतिलिपि, सम्बन्धित संस्थाबाट छपाइ भई बजारमा मौज्दात रहेका पाठ्यपुस्तकहरूको विवरण, वितरण प्रणाली, भण्डारन व्यवस्था, गोदामको क्षमता तथा वितरण सञ्जाल, छपाइ गर्न चाहेको पुस्तक, छपाइ गरी वितरण गरिने प्रदेशगत जिल्ला र छपाइ गर्ने अनुमानित पुस्तक सङ्ख्या सहित प्रस्तव पेस गर्न सूचित गरेको छ ।

त्यसैगरी पाठ्यपुस्तक २१ सेमि र २८ सेमि आकारमा बहुरङमा छपाइ गर्नुपर्ने भएकाले उक्त कार्यका लागि उपयुक्त प्रेसका किसिम र क्षमता , गत आवको आर्थिक कारोबारको विवरण तथा लेखा परीक्षण भएको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणको प्रतिलिपि, छपाइ तथा वितरण कार्यमा संलग्न जनशक्तिको विवरण, मुद्रण तथा वितरणको कार्यतालिका (२०७८ फागुन १ बाट शैक्षिक सत्र सुरु हुने जिल्लामा २०७८ माघ १५ सम्म र २०७९ वैशाखबाट शैक्षिक सत्र सुरुहुने जिल्लामा २०७८ चैत्र १५ गतेसम्म पाठ्यपुस्तक पु¥याउने सुनिश्चितता हुनेगरी) र छपाइ गरेका पाठ्यपुस्तक देशभरि बिव्रmी वितरण गर्ने प्रतिबद्धताको सुनिश्चितता गर्ने कागजात संलग्न गर्नु पर्ने केन्द्रले जानकारी दियो ।

निजी मुद्रक तथा वितरकबाट पेस हुने प्रोफाइलसहितका प्रस्ताव केन्द्रबाट तोकिएको सिलबन्दी प्रस्तावमा दिइएका मूल्याङ्कन सर्तका आधारमा हुनुपर्ने केन्द्रले जानकारी दियो । सूचीकृत हुन धरौटीबापत तोकिएको खातामा रु ५ लाख जम्मा भएको हुनुपर्ने केन्द्रका सूचना अधिकारी गणेशप्रसाद भट्टराईले बताए ।

तोकिएबमोजिमको गुणस्तर स्पेसिफिकेसन अनुसार पाठ्यपुस्तक छपाइ र वितरण गर्नुपर्ने, केन्द्रले उपलब्ध गराएको मुद्रणीय प्रति अनुरूप छपाइ तथा वितरण गर्नुपर्ने, पाठ्यपुस्तकको प्रकाशकमा केन्द्र रहने एवम् सर्वाधिकारसमेत केन्द्रमा नै निहित रहने तर पाठ्यपुस्तकमा मुद्रकको नाम उल्लेख हुनुपर्ने केन्द्रले जानकारी दियो ।

निजी मुद्रक तथा वितरकले सरकारले तोकेको मूल्यमा पाठ्यपुस्तक उपलब्ध गराउनुपर्ने, केन्द्रबाट प्रथम पटक पाठ्यपुस्तकहरूको मुद्रणीय प्रति प्राप्त गर्ने मुद्रक तथा वितरकले सेवा शुल्कबापत प्रतिपुस्तक रु. १० हजार तोकिएको राजस्व खातामा जम्मा गर्नुपर्ने छ । एक पटक सूचीकृत भइसकेका फर्म तथा संस्था नवीकरण भएमा सेवा शुल्कबापत प्रत्येक वर्ष प्रतिपुस्तक रु ५ हजार राजस्व तिर्नुपर्ने छ ।

मुद्रक तथा वितरकले राजस्व बुझाउँदा समूह कका सबै विषयका लागि अनिवार्य रूपमा र समूह खका विषयमध्ये इच्छानुसार राजस्व बुझाई पिआरसी लिन सकिने छ ।

केन्द्रले उपलब्ध गराएको छपाइ गुणस्तर स्पेसिफिकेसन बमोजिमको पाठ्यपुस्तक छपाइ र वितरण नभएको पाइएमा, मुद्रण तथा वितरण कार्य तालिकाअनुसार कार्य नगरेमा र केन्द्रले दिएको निर्देशन पालना नगरेमा निर्देशिकाबमोजिम कारबाही गरिने केन्द्रले बताएको छ । कारबाहीमा परेका मुद्रक तथा वितरकले अर्को वर्षमा पाठ्यपुस्तक छपाइ र वितरण कार्यमा संलग्न हुन पाउने छैनन् र धरौटी रकमसमेत जफत हुन सक्ने छ । सूचीकृत भएका फर्म÷संस्थालाई छपाइ गर्न दिने पाठ्यपुस्तक सेट सङ्ख्या विद्यार्थी सङ्ख्या र छपाइ क्षमताका आधारमा केन्द्रले निर्धारण गरेबमोजिम हुने छ । पाठ्यव्रmम तथा पाठ्यसामग्री विकास तथा वितरण निर्देशिका, २०७६ र प्रचलित ऐन नियमानुसार हुने छ ।

A Levels MA
Thuprai - Books and E-books