एल.आर.आई.अन्तराष्ट्रिय साईबर शैक्षिक सेमिनार आयोजना

एल.आर.आई. विद्यालय, कलङ्की, काठमाडौँले  शिक्षामा साइबर अपरिहार्यता : चुनौती र अबसरहरु विषयक  शैक्षिक सेमिनार आयोजना गरेको छ । अनलाईन अध्यापनलाई थप प्रभाबकारी बनाउने उद्देश्यले शिक्षकहरुलाई प्रशिक्षण प्रदान  गर्न प्रथम अनलाईन एल. आर. आई. शैक्षिक सेमिनार आयोजना  गरिएको विद्यालयका  प्राचार्य डा. देबकान्त जोशीले बताउनु भयो ।  

कोभिड १९का कारण हाल विद्यालयहरु बन्द छन् । विद्यालयहरुले अनलाईन प्रणाली मार्फत अध्ययन गराउँदै आएका छन् । 

कार्यक्रमका प्रमुख वक्ता रहेका पोखरा विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. प्रेम नारायण अर्यालले सेमिनार शिक्षकहरुका लागि आफ्नो पेशागत शसक्तिकरण, क्षमता अभिबृद्धि तथा ज्ञान र सिपको अद्याबधि गर्न निकैनै मद्दत पुग्नुका साथै कक्षामा विद्यार्थीहरुलाई उत्प्रेरणा जगाउदै राम्रो सिकाइको अभ्यास बन्ने बताउनु भयो । 

सामुहिक सहभागिता आधारित सो सोमिनारमा चीन, भारत,आयरल्याण्ड, अमेरिका लगायतका विज्ञ वक्ताहरुले आफ्ना अनुभब आदान प्रदान गर्दै प्रस्तुती दिएका थिए । 

विद्यार्थीहरुको शैक्षिक गुणस्तर मजबुत राख्न  प्रतिकुल अवस्थाका बाबजुद एल. आर. आई विद्यालयले शैक्षिक सत्रको सुरुवात संगै बैशाख देखिनै अनलाईन कक्षा संचालन गर्दै आएको छ । प्रतिकुल अवस्थामा पनि शिक्षकहरुको निर्वाह गर्नु भएको भूमिका निकै नै सराहनीय भएको विद्यालयका संस्थापक यसोधरा पन्तले बताउनु भयो । 

संस्थापक पन्तले अन्तराष्ट्रिय रुपमा अनलाईन सिकाई प्रणालिको महत्व दिन प्रतिदिन बढ्दै गएको बताउदै यस्ता सेमिनारले शिक्षकहरुको क्षमता विकासमा  अहम भूमिमा खेल्ने विश्वास व्यक्त गर्नु भयो । दुई दिन सम्म संचालन हुने सो सेमिनारमा विभिन्न मुलुक तथा विद्यालयका १५० जना शिक्षाबिदहरुको सहभागिता रहेको आयोजकले बताएको छ ।