After SEE Portal

संस्कृत विश्वविद्यालयकोे पाठ्यक्रम २२ वर्षपछि परिमार्जन

Bridge Course

नेपाल संस्कृत विश्वविद्यालयले २२ वर्षपछि परिवर्तित पाठ्यक्रम कार्यान्वयन गर्ने भएको छ । विश्वविद्यालयले स्नातक (शास्त्री) का ५६ विषयको कोर्स परिमार्जन गरेको हो ।

विश्वविद्यालयले अधिकांश विषयको कोर्स परिमार्जन गरिसकेको छ भने कतिपय विषयको कोर्सको ड्राफ्ट तयार गर्दै गरेको विश्वविद्यालयले जानकारी दियो ।

परिवर्तित कोर्स अनुसार अब विद्यार्थीलाई वेदमा उल्लेख भएका कृषि अन्तर्गत वैदिक कृषि अध्ययन अध्यापन गराउने गरी पाठ्यक्रम तयार गरिएको पाठ्यक्रम निमार्णकर्ता तथा वाल्मीकि विद्यापीठमा प्रध्यापनरत उपप्राध्यापक लक्ष्मिप्रसाद बरालले बताए । २२ वर्षदेखि एउटै कोर्ष पढ्दै आएका विद्यार्थीले अब शास्त्री चार वर्ष अध्ययन गर्नु पर्ने भएको छ । यो भन्दा पहिला शास्त्री तीन वर्षको मात्र पढाइ हुन्थ्यो ।त्यस्तै विश्वविद्यालयले वास्तुशास्त्र सम्बन्धी इन्जिनियरिङ अध्यापन गराउने भएको छ । सो परिमार्जित पाठ्यक्रम विश्वविद्यालयले यो वर्षदेखि कार्यान्वयन गर्ने उनले जानकारी दिए ।

विश्वविद्यालयमा विद्यार्थी आकर्षण घट्दै गएपछि संस्कृत शिक्षालाई आधुनिकीकरण गर्ने उद्देश्यले पाठ्यक्रम परिमार्जन गरिएको प्राडा यादवप्रकाश लामिछानेले बताए । ‘शास्त्रीका ५६ विषयको कोर्ष परिमार्जन गरिसकेका छौं भने अन्य विषय पढेका विद्यार्थीलाई उपयुक्त हुनेगरी जीवनशैली व्यवस्थापन विषयमा स्नातकोत्तर कार्यक्रम सञ्चालन गर्ने भएका छौं ।’उपकुलपति प्राडा लामिछानेले भने, ‘यो शैक्षिकसत्रदेखि नै नयाँ कोर्स लागु गर्छौं ।’

विश्वविद्यालय सभाले स्नातक तहमा वैदिक कृषि, वास्तु इन्जिनियरिङ, योग तथा प्राकृतिक चिकित्साको पढाइ गर्न स्विकृति प्रदान गरिसकेको विश्वविद्यालयले जानकारी दियो । यससँगै औषधि उत्पादन विज्ञानमा पनि कार्यक्रम सञ्चालनको तयारी विश्वविद्यालयले गरेको छ ।

विश्वविद्यालयले प्राकृतिक र आधुनिक पद्धतिका सबै सेवा एकै ठाउँमा उपलब्ध गराउने लक्ष्यसहित एकीकृत अस्पताल सञ्चालन गर्ने भएको छ। अस्पताल निर्माणका लागि नेपाल सरकारले बजेट व्यापस्थापन गरेको विश्वविद्यालयले जानकारी दियो ।

विश्वविद्यालयको केन्द्रीय कार्यालयमा सञ्चालन गरिने सो अस्पतालमा एलोपेथी, प्राकृतिक चिकित्सा, आयु र युनानी गरी चार पद्धतिबाट उपचार उपकुलपति प्राडा लामिछानेले बताए ।

A Levels MA
Thuprai - Books and E-books