After SEE Portal

सीटीईभीटीद्वारा प्रि-डिप्लोमा तहमा सातै प्रदेशका २०६६ जनालाई छात्रवृत्ति प्रदान गरिने

Bridge Course

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) ले शैक्षिक सत्र २०७८र०७९ मा प्रि(डिप्लोमा ९साविकको प्राविधिक एसएलसी० तहको वर्गीकृत (निःशुल्क) छात्रवृत्ति छनोटका लागि आवेदन माग गरेको छ ।

सीटीईभीटबाट प्रि-डिप्लोमा तहको सञ्चालन सम्बन्धनरस्वीकृति पाएका आंगिक, साझेदार, सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रम र निजी स्तरमा सञ्चालित शिक्षण संस्थाहरूले परिषद् परीक्षा नियन्त्रण कार्यालयद्वारा जारी गरिएको “प्रि-डिप्लोमा तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण एवं भर्ना सम्बन्धी निर्देशिका २०७७ ९पहिलो संशोधन २०७८०” अनुसार आवेदन माग गरेको छ ।

कोभिड(१९ का कारण यस शैक्षिक सत्रमा भर्ना सम्बन्धी विशेष व्यवस्था बमोजिम पूर्ण शुल्कीयतर्फ विद्यार्थी छनोट गर्न योग्यता पुगेका व्यक्तिहरूबाट मिति भदौ २३ गतेभित्र नेपाल सरकारले तोकेको स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गरी विद्युतीय माध्यमबाट रीतपूर्वक आवेदन भर्न सूचना जारी गरेको छ ।

एसईई/एसएलसी उत्तीर्ण विद्यार्थीहरूले कार्यक्रम र कोटाहरू अनुसार योग्यताक्रमानुसार छनोट गर्ने सीटीईभीटीले जानकारी दियो । “प्रि-डिप्लोमा तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण एवं भर्ना सम्बन्धी निर्देशिका २०७७ (पहिलो संशोधन २०७८)” अनुसार प्रदान गरिने जानकारी दियो ।

वर्गीकृत (निःशुल्क) छात्रवृत्ति परिषद्का आंगिक, साझेदार, सामुदायिक तथा निजी स्तरमा सञ्चालित शिक्षण संस्थाहरूमा प्रि-डिप्लोमा तहका प्रत्येक शैक्षिक कार्यक्रममा २० शैक्षिक कोटाको प्रत्येक शैक्षिक कार्यक्रममा १, ३० स्वीकृत कोटाको शैक्षिक कार्यक्रम २ र ४० स्वीकृत कोटाको प्रतयेक शैक्षिक कार्यक्रममा ३ जनालाई छात्रवृत्ति प्रदान गर्ने गर्छ ।

सातै प्रदेशमा प्रि-डिप्लोमा इन एग्रिकल्चर (प्लान्ट साइन्स) मा ६९०, प्रि-डिप्लोमा इन लाइभस्टक प्रडक्सनरएनिमल हेल्थमा २८२ प्रि-डिप्लोमा इन भेटेरिनरी साइन्स १०५ , प्रि-डिप्लोमा इन सिभिल इन्जिनियरिङ ४८० प्रि-डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङमा १७४, जनालाई छात्रवृत्ति प्रदान गर्ने सीटीईभीटीले जारी गरेको सूचनामा उल्लेख गरेको छ ।

त्यस्तैगरीप्रि-डिप्लोमा इन वाटर सप्लाई एन्ड सेनिटरी इन्जिनियरिङमा ६, प्रि-डिप्लोमा इन सर्भे इन्जिनियरिङ ९६, प्रि-डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङमा १३८, प्रि-डिप्लोमा इन मेकानिकल इन्जिनियरिङ मा २० र प्रि-डिप्लोमा इन अटोमोवाइल इन्जिनियरिङमा १९, प्रि-डिप्लोमा इन होटल मेनेजमेन्ट प्रि-डिप्लोमा इन कुलिनरी आर्टमा १२ जनालाई छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

त्यस्तैगरी, प्रि-डिप्लोमा इन इन्टरप्रेनरसिप डेभलपमेन्टमा १२, प्रि-डिप्लोमा इन सोसल मोबिलाइजेसन१८ जना र जना गरी जम्मा २०६६ जनालाई सीटीईभीटीले आज जारी गरेको सूचनामा उल्लेख गरेको छ ।

लुम्बिनी प्रदेशमा मात्र

सीटीईभीटीले लुम्बिनी प्रदेशमा मात्र सञ्चालन गरिएको विभिन्न तीन कार्यक्रममा ९ जनालाई छात्रवृत्ति प्रदान गर्दै आएको छ ।  प्रि-डिप्लोमा इन इलेक्ट्रोनिक्स इन्जिनियरिङमा  ३,प्रि-डिप्लोमा इन रेफ्रिजिरेसन एन्ड एयरकन्डिसनिङ इन्जिनियरिङमा  ३, र  प्रि-डिप्लोमा इन कम्प्युटर एप्लिकेसन एन्ड सेक्रेटरियल मेनेजमेन्टमा लुम्बिनी प्रदेशमा मात्र ३ जनालाई छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

प्रत्येक आंगिक, साझेदारी, सामुदायिक विद्यालय र निजी स्तरमा सञ्चालित शिक्षण संस्थाहरूमा शैक्षिक सत्र २०७८र०७९ का लागि कार्यक्रम सञ्चालन गर्न स्वीकृत पाएका प्रत्येक शैक्षिक कार्यक्रममा वर्गीकृत छात्रवृत्तिका लागि निर्धारित कुल संख्यालाई १०० प्रतिशत कायम गरी उक्त संख्यालाई ५०(५० प्रतिशतमा साधारण र लक्षित वर्ग गरी दुई समूहमा विभाजन गरी नेपालको सरकारी वा सामुदायिक विद्यालयबाट प्रवेशिका परीक्षा, एसईई, वा सो सरह उत्तीर्ण गरेका नेपाली नागरिकलाई प्रि-डिप्लोमा तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण एवं भर्ना सम्बन्धी निर्देशिका २०७७ (पहिलो संशोधन) को बुदा नं. ८ को क्र.सं. ४ मा उल्लेख भए बमोजिमको संख्यामा निःशुल्क छात्रवृत्ति प्रदान गर्ने व्यवस्था रहेको छ ।

नेपालको सरकारी वा सामुदायिक विद्यालयबाट प्रवेशिका परीक्षा, एसईई, वा सो सरह उत्तीर्ण विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्छ ।  लक्षित तथा साधारण समूहका निर्देशिकामा उल्लेख भए बमोजिमको प्रतिशतलाई शतप्रतिशत कायम गरी वर्गीकृत (निःशुल्क) छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

सामुदायिक विद्यालयबाट प्रवेशिका परीक्षा, एसईई वा सो सरह उत्तीर्ण गरेका तविद्यार्थीलाई निर्देशिकामा निर्धारित भए बमोजिमको प्रतिशतलाई शतप्रतिशत कायम गरी समावेशी सिद्धान्तका आधारमा छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

 

A Levels MA
Thuprai - Books and E-books