After SEE Portal

सीटीईभीटी प्रदेश १ ले छात्रवृत्ति दिने विद्यार्थी भेटाएन

Bridge Course

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् प्रेदेश १ को कार्यालयले जारी गरेको डिप्लोमा तथा प्रमाण(पत्र तहको वर्गिकृत (निशल्क) छात्रवृत्ति लिन पर्याप्त विद्यार्थी पुगेका छैनन् ।

कार्यालयले पुस ५ गते र र१७ गते प्रकाशित गरेको सूचना अनुसार शैक्षिक सत्र २०७७/०७८ मा प्रदान गरिने छात्रवृत्तिका लागि योग्यताक्रमानुसार सिफारिस गरिएका विद्यार्थी सम्पर्कमा आएका छैनन् । सोही सूचना अनुसार छनोटमा परेका वैकल्पिक उम्मेद्वार समेत समयमा नै परिषद्को सम्पर्कमा नआएको प्रदेश कार्यालयले जानकारी दियो ।

समयमा नै विद्यार्थी नआएपछि प्रदेश कार्यालयले परिषद् परीक्षा नियन्त्रण कार्यालयको डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण एवं भर्ना सम्बन्धी निर्देशिका २०७४ (तेस्रो संशोधन २०७७) मा भएको व्यवस्था बमोजिम सूचना अनुसारका सम्बन्धित कार्यक्रममा वैकल्पिक सूचि र पास लिस्टमा रहेका अन्य इच्छुक उम्मेद्वारहरुले आगामी ७ गते भित्र कार्यालयमा सम्पर्क गर्न सूचना जारी गरेको छ ।

A Levels MA
Thuprai - Books and E-books