प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्ले एक औपचारीक कार्यक्रम गरी ३२ औं वार्षिक उत्सव मनाएको छ । वार्षिक उत्सवको अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सिपलाई उत्पादनसंग जोड्नुपर्ने बताए ।
वार्षिक उत्सवको अवसरमा परिषद्का सदस्य सचिव पुष्परमण वाग्लेले आगामि योजना र चुनौतिका वारेमा बताए ।
परिषद्का सदस्य सचिव वाग्लेले व्यक्त गरेको धारणा जस्ताको त्यसतै
आधारभूत, मध्यमस्तरीय तथा उच्चस्तरीय दक्ष प्राविधिक जनशक्ति उत्पादन गरी उत्पादनका साथै उत्पादकत्वमा वृद्दिका र उत्कृष्ट सेवा प्रदान गर्न सीपयुक्त नेपाल, समृद्द जनता को दिर्घकालीन सोच लिएर काम गर्दै गरेको यस परिषद ३१ औ वसन्त पुरा गरी ३२ औ वर्षमा प्रवेश गरेको छ ।यस अवसरमा परिषद् कार्यालयले उत्पादमुखी प्राविधिक शिक्षा, आजको आवश्यकता भन्ने वाक्यांसलाई मुल मन्त्र मानी परिषद्को ३२ औ वार्षिकोत्सव मनाउन गईरहेका छौ ।
आजको यस अवसरमा परिषद् कार्यालयले विगत १ वर्षमा संचालन गरेका प्रमुख क्रियाकलापहरुबाट प्राप्त उपलब्धिहरु र हालसम्मको प्रमुख प्रगतिहरुको वारेमा समिक्षा गर्दै आगामी दिनहरुमा राष्टले तय गरेको समृद्द नेपाल, सुखी नेपालीको अभियान पुरा गर्न परिषद्ले गर्नुपर्ने थप भूमिकाहरुको वारेमा छलफल गर्ने र यस सम्बन्धमा हाम्रा अग्रजहरुबाट मार्ग निर्देश लिने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको छ।यसै सन्दभमा परिषद्ले संचालन गर्दै आएका कार्यक्रमहरुको वारेमा संक्षेपमा अवगत गराउन अनुमति चाहान्छु ।
परिषद् कार्यालयले आफ्ना कार्यक्रमहरुलाई प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिममा समावेशी एव समतामूलक पहुँच विस्तार, गुणस्तर सुधार, सार्न्दभिकता, दिगोपन, प्रशिक्षक कर्मचारीको क्षमता अभिवृध्दि र सुसासन कायम गर्ने दिशामा कार्यरत रहेको व्यहोरा समेत अवगत गराउछु । विगत दुई वर्षको अवधिमा परिषद् कार्यालयले प्राविधिक शिक्षा एवं तालिमको पहुँच विस्तारमा उल्लेख्य कार्य गरेको र आगामी दिनहरुमा यस क्षेत्रमा गुणस्तर सुनिश्चितता का लागि थप प्रयत्नशिल रहने व्यहोरा अवगत गराउदछु ।
सवै पालिकाहरुमा प्राविधिक शिक्षाको संस्थागत पहुँच पुयाई स्थानीय आवश्यकता अनुसारका दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्न एक वर्षको अन्तरालमा देहाय अनुसार प्राविधिक शिक्षाको संस्थागत पहूँच विस्तार गरिएको छ ।
आङ्गिक शिक्षालय १४ बटा थप गरी ५९ पुयाईएको छ । साझेदारी शिक्षालय १४ बटा थपी २०, सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा १३७ बटा थप गरी ५३४ पुयाईएको छ, यसबाट विद्यार्थीको भर्ना क्षमतामा थप १२,८४८ वृध्दि गरी ७४,८६३ पुयाईएको छ । थप ५३ बटा स्थानीय तहमा प्राविधिक शिक्षाको संस्थागत पहूँच वृध्दि गरी कुल ३४५ स्थानीय तहमा पुयाईएको छ भने छोटो अवधिका तालीम प्रदायक संस्थाहरु ५० बटा थप गरी ११३१ बटा वनाईएको छ ।त्यस्तै गरि संस्थागत पहुँच पुयाउन नसिकएका स्थानीय तहमा परिषद् प्रदेश कार्यालय मार्फत प्रदेश सरकारसँग समन्वय गरी स्थानीय तहको माग अनुसार छोटा अवधिका सीपमूलक तालिमहरु संचालन गरिएको छ ।
प्राविधिक तथा व्यावसायिक शिक्षा एव तालीमका सम्पूर्ण कार्यक्रमहरु एउटै छानामुनीबाट प्रदान गर्ने उद्देश्यले हाल संचालनमा रहेका आङ्गिक शिक्षालयहरुको स्तरोन्नती गरी हरेक प्रदेशमा एउटा नमूना वहुप्राविधिक शिक्षालय संचालन गर्न ७ बटा शिक्षालयहरुलाई नमुना वहुप्राविधिक शिक्षालय घोषणा गरी उक्त शिक्षालयको स्तरोन्तीका लागि भौतिक पूर्वाधारको विकासका साथै थप कार्यक्रम संचालन गरिएको छ । त्यस्तै संचालनमा रहेका १८ ओटा आङ्गिक शिक्षालयहरुमा कार्यक्रम थप गरिएको छ ।
समावेशी तथा समतामुलक पहूँच विस्तारका लागि प्राविधिक शिक्षालयको भर्ना क्षमतामा १० प्रतिशत छात्रवृतिको व्यवस्था गरिएको छ । जसले गर्दा करिव ७ हजार प्रशिक्षार्थीहरुले निशूल्क रुपमा प्राविधिक एसएलसी र डिप्लोमा तथा प्रमाण पत्र तहमा अध्ययन गर्ने अवसर प्राप्त गरेका छन् । त्यस्तै विशेष छात्रवृति तर्फ दलित, मुस्लिम र पिछडिएको वर्गका युवा युवतिहरुलाई खाना, वस्न,पोशाक खर्च र यातायत खर्च प्रदान गरी डिप्लोमा तथा प्रमाण पत्र तह र प्राविधिक एसएलसी तहमा हालसम्म ५४३० जनालाई उपलब्ध गराईएकोमा चालु आव २०७६।०७७ मा थप ५६० जनालाई यो सुविधा उपलब्ध गराउने कार्यक्रम रहेको छ ।
आर्थिक वर्ष २०७५।०७६ मा प्राविधिक एसएलसी तर्फ १८,५८९ र डिप्लोमा तथा प्रमाणपत्र तहमा १४,१२७ गरी हाल सम्म प्राविधिक एलएलसी तर्फ २१६,३१४ जना र डिप्लोमा तथा प्रमाणपत्र तहमा ७३,२१३ गरी जम्मा २८९,५२७ जनाले प्रमाण पत्र प्राप्त गरिसकेका छन् ।
प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिमका कार्यक्रमहरुलाई थप सार्न्दभिक वनाउनका लागि वन क्षेत्रमा अध्ययन गर्ने प्रशिक्षार्थीहरुलाई प्रयोगात्मक अभ्यास गर्न, गराउन परिषद् कार्यालय र नेपाल सरकार वन तथा वातावरण मन्त्रालय विच ध्दिपक्षीय सम्झौता सम्पन्न भएको छ ।यसरीनै अध्ययनरत प्रशिक्षार्थीहरुलाई प्रयोगात्मक अभ्यास गराउने, जनशक्तिको प्रक्षेपण, उत्पादन तथा रोजगारीको क्षेत्रमा सहजिकरण गर्ने उद्देश्यले नीजि क्षेत्रमा रहेका उद्योग व्यावसायिहरुको प्रतिनिधिमूलक संस्थाहरु Hotel Association of Nepal (HAN), घरेलु तथा साना उद्योग महासंघ (FNSCI) र विराटनगर उद्योग संघ (CIM) सँग परिषद् कार्यालय र सम्बन्धित पेशागत संघ/ महासंघ विच ध्दिपक्षीय सम्झौता सम्पन्न भएको छ ।
पूर्व सिकाइको पहिचान र मान्यता सहित अनौपचारीक तथा औपचारिक रुपमा सिकेका सीपहरुको प्रमाणीकरणको लागि आ.व. २०७५/२०७६ मा सीप परीक्षणका लागि ५ बटा थप सीप प्रमाणिका तयार गरिएको छ भने यस अवधिमा ३६,६४९ जना सीप प्रमाणीकृत भएका छन्।हालसम्म सीप परीक्षणका लागि २४ बटा विषय र क्षेत्रमा २९६ सीप प्रमाणिका तयार भएका छन् सीप प्रमाणीकृत हुनेको संख्या ३८३,५७० रहेको छ।राष्टिय व्यावसायिक योग्यता प्रारुप परियोजनाले राष्टिय सीप परीक्षण समितिको क्षमता अभिबृद्दिका लागि काम गरिरहेको व्यहोरा समेत जानकारी गराउन चाहान्छु ।
स्थानीय तहको माग अनुसार प्रदेश कार्यालय मार्फत ४०,८१८ जनालाई छोटो अवधिको सीपमूलक तालिम प्रदान गरि सीप प्रमाणिकरण समेत गरिएको छ । त्यस्तै ENSSURE परियोजना मार्फत औद्योगिक प्रशिक्षार्थि तर्फ ११६६ जनाले उद्योगमा सम्मानजनक पारीश्रमिक सहित सीप सिक्दै रहेको अवस्था छ । OJT सहितको तालिमबाट ३५१० जनाले तालिमको अवसर पाएका छन् । ENSSURE परियोजनाको Verification बाट उत्पादित जनशक्तिहरु मध्ये ९० प्रतिशत रोजगारीमा आवद्द भएको देखिन्छ । आगामी आ॰ व॰ देखि औद्योगिक प्रशिक्षार्थि तालिमलाई नियमित कार्यक्रममा समावेश गरी संचालन गर्ने योजना तय गरिएको छ ।
गुणस्तरीय प्राविधिक शिक्षाको लागि तालिम प्राप्त प्रशिक्षकको ठूलो भूमिका रहेको हुन्छ ।परिषद् सेवामा रहेका प्रशिक्षक, कर्मचारी एवं व्यवस्थापकहरुको साथै देशको प्राविधिक तथा व्यावसायिक शिक्षा एव तालीम क्षेत्रमा कार्यरत जनशक्तिको क्षमता अभिवृद्दिका लागि परिषद् अन्तगत रहेको प्राविधिक प्रशिक्षण प्रतिष्ठानले एक वर्षमा २६७१ व्यक्तिलाई ६४८१ व्यक्ति हप्ता तालिम प्रदान गरेको छ ।
त्यस्तै एक वर्षको अवधिमा परिषद् सेवामा कार्यरत प्रशिक्षक कर्मचारीहरुको वृति विकास तर्फ परिषद् कार्यालयले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र लोकसेवा आयोगसँग समन्वय गरी नेपालको संविधान र निजामति सेवा नियमावलीसँग मिल्ने गरी परिषद्को कर्मचारी सेवा शर्त सम्बन्धी विनियमावली संसोधन गरी चालु आ व मा परिषद् सेवाका रिक्त रहेका २२५ बटा पदहरुमा खुल्ला तथा आन्तरिक प्रतियोगिता माध्यमबाट पदपूर्तिका काम अघि वढाईरहेको अवस्था रहेको छ । यसै अवधिमा १११ जनालाइ सेवाकालिन तालीम,१७ जनालाई लामो अवधिको अध्ययन विदा र ६९ जनालाई स्वदेश तथा विदेशमा तालिम तथा गोष्ठिमा सहभागी गराएको छ ।
उर्तिण प्रशिक्षार्थिको रोजगारीको अवस्थाको सम्बन्धमा सुक्ष्म अध्ययन हुन नसकेको भएता पनि शिक्षालयहरुबाट गरेका Tracer Study र Impact Study लाई आधार मान्दा ७५ प्रतिशतको हारहारीमा उत्पादित जनशक्ति रोजगार स्वरोजागारमा आवध्द भएको अध्ययनबाट देखिएकोछ ।
परिषद् कार्यालय मार्फत संचालन हुने कार्यक्रमहरुको गुणस्तर सुनिश्चितताका लागि परिषद् बाट स्वीकृत तथा सम्बन्धन लिई संचालनमा रहेका शिक्षालयहरुले संचालन गर्ने कार्यक्रमहरुको नियमित अनुगमन हुदै आएको छ । गुणस्तर सुनिश्चितताका लागि सक्षमता परियोजना र दक्षता परियोजनाबाट समेत काम भै रहेको छ ।
संस्था तथा कार्यक्रमहरुको जिवन्तको लागि अनुसन्धान तथा विकासको जरुरी पर्दछ । यसै सर्न्दभमा परिषद् कार्यालयले देशको प्राविधिक तथा व्यावसायिक शिक्षा एव तालीमका क्षेत्रमा भएका गतिविधिहरु सम्बन्धमा लेख, रचना, वुलेटिन,डायरी, जर्नल प्रकाशन मार्फत सूचनाहरु सम्प्रेषण गर्दै आएको छ भने सरोकारवालहरु सँग समन्वय गरी कार्याशाला, गोष्ठि, सचेतना अभियान र job fair जस्ता कार्यक्रमहरु संचालन गर्दै आएको छ ।
परिषद् कार्यालयको सन् २०१४-२०१८ को रणनैतिक योजनाको समिक्षा गर्दै आगामी ५ वर्षे रणनीति योजना २०२०-२०२४ तयार गरेको छ । जसमा सीपयुक्त जनता, समृद्ध नेपाल को ध्येय तयार गरी यस अनुसार उदेश्य र लक्ष्यहरु निर्धारण गरको रणनैतिक योजना तयार गर्ने कार्य सम्पन्न गरिएको छ ।
संघीय संरचना अनुसार प्रदेश तहबाट सम्पादन गर्नुपर्ने कार्यलाई सम्पन्न गर्न सातै बटा प्रदेशमा प्रदेश कार्यालयहरुको स्थापना गरी परिषद्को मौजुदा कर्मचारीहरुलाई प्रदेश तहमा पठाइ प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयसँग समन्वय गर्दै कार्यक्रम कार्यान्वयन गरिदै आईरहेको छ । जस अनुसार प्रदेश कार्यालय मार्फत गत आ.व. मा छोटो अवधिको सीपमूलक तालीम, परीक्षा संचालन, छात्रवृति वितरण, सामुदायिक विद्यालयहरुलाई अनुदान,नयाँ पोलिटेक्निक इन्ष्टिच्युटहरुको जग्गा प्राप्ति, ड्रइङ्ग भवन निर्माण डिजाइन तथा कार्यक्रमहरुको सुपरिवेक्षण, अनुगमन तथा मुल्यांकन, कार्यक्रमहको बिस्तारका लागि आवश्यकता पहिचान तथा उपलब्ध स्रोतको अध्ययन, अनुसन्धान का साथै स्थानीय तथा प्रदेश सरकारको माग अनुसार प्राविधिक तथा व्यावसायिक शिक्षा एव तालीम सम्बन्धी कार्यक्रम सम्पन्न गरिएको छ ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् बाट प्रदान गरिने सेवाहरुलाई छिटो छरितो, पारदर्शिका साथै कम लागतमा सम्पन्न गर्न परीक्षा, सीप परीक्षण र पदपूर्ति लगायतका कामहरुमा सूचना प्रविधिको अधिकतम प्रयोग गर्दै विद्यार्थी लगायत सेवाग्राहीहरुलाई online मार्फत आवेदन फाराम भर्ने कामहरुको सुरुआत गरिएको छ । यसलाई आगामी दिनहरुमा थप प्रभावकारी वनाउने लक्ष्य लिईएको छ । त्यस्तै प्राविधिक प्रशिक्षण प्रतिष्ठान बाट संचालन गरीने तालीमलाई Distance Learning को माध्यमबाट संचालन गर्नका लागि KOICA को सहयोगमा आवश्यक पूर्वाधारहरुको तयारी भैरहेको छ । तालिमको विकास र विस्तारभै देशको आवश्यकता अनुसारका दक्ष प्राविधिक जनशक्ति उत्पादन हुने कुरामा म विश्वस्त छु ।
परिक्षा प्रणालीमा सक्षमतामा आधारीत मूल्याकन विधि (Competency Based Examination System) र प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिमका कार्यक्रमहरुलाई उपयोगिताको आधारमा थप विस्तार गर्ने उद्देश्यले Skill Mapping सम्बन्धी काम गर्न परिषद् वैठकको निर्णय अनुसार दुई छुट्टा छुट्टै कार्यदल गठन गरी कामभै रहेको छ । कार्यदलले दिएको प्रतिवेदनका आधारमा कार्यक्रमहरु तयार गरिनेछ । यस्तै यस अघि आधारभूत तथा मध्यमस्तरीय प्राविधिक जनशक्ति प्रक्षेपण गर्न गठित कार्यदले दिएको प्रतिवेदनको आधारमा उद्योगमा कार्यरत कामदारहरुको क्षमता अभिवृध्दिका लागि Workers further training र बजारको माग अनुसारका तालिमको कार्यक्रम विस्तारका लागि योजना तयार गरिएको छ ।
प्राविधिक शिक्षा अध्ययनका लागि लागत खर्चलाई कम गर्न प्रशिक्षार्थीहरुलाई प्रशिक्षणको क्रममानै उत्पादनशिल कार्यमा संलग्न गराई उद्यमशिल वन्न अभिप्रेरित गर्दै प्रयोगात्मक अभ्यासको क्रममा उत्पादन भएका वस्तु तथा सेवाहरुलाई विक्रि वितरण गरी आय आर्जन गर्ने व्यवस्थाको लागि सीक-कमाउ-तिरको अवधारणा शुरु गरिएको छ ।
सरकारले दिएको जिम्मेवारी अनुसार दक्ष एवं उत्पादनशिल प्राविधिक जनशक्ति उत्पादनका लागि काम गर्दै आएको यस परिषद् कार्यालयले तयगरेको लक्ष्य अनुसार कार्य सम्पादन गर्न केहि कठिनाईहरु भोग्दै आएको छ । परिषद् कार्यालयले भोग्दै आएका मुख्य कठिनाई एवं चुनौतीहरुमा :
-
नयाँ पोलिटेक्निकहरुको स्थापनका लागि पर्याप्त जग्गा प्राप्ती,
-
शैक्षिक संस्थाको पूर्वाधार विकास, उपयुक्त शैक्षिक उपकरण तथा सामग्रीको व्यवस्थापन,
-
तालिम प्राप्त प्रशिक्षकको व्यवस्थापन,
-
पुरानो प्रविधिको सट्टामा नयाँ प्रविधिको प्रयोग,
-
न्यून जनशक्ति, भएका जनशक्तिको क्षमता विकास,
-
केहि कानुनी अन्यौलता (हाल संचालनमा रहेका स्वास्थ्य कार्यक्रमहरुको निरन्तरता) रहेका छन् ।
माथि उल्लेख गरिएका कठिनाई एवं चुनौतिहरुलाई व्यवस्थापन गर्ने गरी आगामी दिनको लागि भावी कार्य दिशा तयार गरिने छ ।
नेपालको संविधानमा शिक्षा र रोजगारीलाई मौलिक हकका रूपमा स्थापित गर्दै शिक्षालाई वैज्ञानिक, प्राविधिक, व्यावसायिक, सीपमूलक तथा रोजगारमूलक वनाउने उल्लेख गरिएको छ । यसलाई सार्थक वनाउन प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम मार्फत दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने र रोजगारी अवसरहरु सृजनाका गरी देश भित्र आर्थिक गतिविधिहरु संचालन गर्नु पर्दछ । यसका लागि प्राविधिक शिक्षाको पहुँच विस्तार गरी ७० प्रतिशत युवायुवतिलाई प्राविधिक तथा व्यावसायिक शिक्षा एव तालिममा रुपान्तरण गर्ने नेपाल सरकारको घोषित नीति तथा कार्यक्रमहरुलाई पुरा गर्न आगामी दिनहरुमा प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिमलाई थप प्रवद्र्धन गर्न आवश्यक रहेको छ । अत: यसको लागि प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिमको क्षेत्रमा थप लगानी वृध्दि गरी प्राविधिक शिक्षाको पहुँच विस्तार सँगै गुणस्तर सुनिश्चिता गरी समग्र TVET प्रणालीलाई रोजगारीसँग जोड्नु आजको आवश्यकता भएको ठान्दछु। यसै अनुसार परिषद् कार्यालयले आफ्ना भावी कार्यक्रम तय गरेर कार्यान्वयन गर्ने कुरा यहाँहरु समक्ष प्रतिबद्दता व्यक्त गर्दछु ।
हाल देश संघीय संरचनामा रुपान्तरण हुदै गरेको अवस्थामा परिषद्को संगठनात्मक स्वरुप र कामलाई समेत सोहि अनुसार वदल्नु आवश्यक छ । यसै अनुसार देश भित्र संचालन हुने प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम कार्यक्रमहरुमा एकरुपता कायम हुने गरी एकै तहको प्राविधिक शिक्षा र व्यावसायिक तालिमका लागि एउटै पाठ्यक्रम, एकैस्तर र विधिको प्रशिक्षण विधि र एउटै स्तरको मूल्यांकन प्रणालि र समान किसिमको बजेटको व्यवस्था गरी TVET का सरोकारवालाहरु समेत एउटै छानामुनी गोलबद्द गर्न सकेको खण्डमा देशको प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिमको विकास र विस्तारभै देशको आवश्यकता अनुसारका दक्ष प्राविधिक जनशक्ति उत्पादन हुने कुरामा म विश्वस्त छु ।