After SEE Portal

सीटीईभीटीका प्रि–डिप्लोमा र प्रमाणपत्र–डिप्लोमा तहका कार्यक्रम २१ दिनभित्र नवीकरण गर्नुपर्ने

Bridge Course

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद (सीटीईभीटी)ले शैक्षिक सत्र २०७९–०८० का लागि प्रि–डिप्लोमा र प्रमाणपत्र–डिप्लोमा तहका कार्यक्रम २१ दिनभित्र नवीकरण गर्ने सूचित गरेको छ ।

सीटीईभीटीले आज सूचना प्रकाशित गर्दै यस वर्ष परिषद् कार्यालयबाट गरिएको अनुगमन–सुपरिवेक्षणबाट योग्य ठहरिएका सस्थाहरूलाई नवीकरण गर्न सूचित गरेको हो ।

प्राविधिक महाशाखाले निर्धारण गरेको सर्त अनुसार नवीकरण शुल्क, टीएमर्अ ाएस शुल्क र अन्य आवश्यक कागजातहरू सहित सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र नियमित शुल्कमा र असार २ गतेदेखि ८ गतेसम्म विलम्ब शुल्क समेत जम्मा गरी अनलाइन मार्फत नवीकरणका लागि निवेदन दिन सूचित गरेको छ ।

नवीकरण गर्दा कम्पनी रजिस्ट्रार कार्यालय वा संस्था दर्ता भएको कार्यालयबाट आर्थिक वर्ष २०७७–०७८ को सस्था

नवीकरण–अद्यावधिक गरेको पत्र पेस गर्नुपर्ने, सस्थाको शेयर धनी सञ्चालक समितिको सदस्यहरू आदि फेरबदल भएको भए सोको विवरण, प्रबन्धपत्र, नियमावली लगायतका कम्पनी रजिस्ट्रार कार्यालयका कागजात, आ।व। २०७४–०७८ सम्मको करचुक्ता गरेको प्रमाण वा कर दाखिलाको प्रमाण, स्वास्थ्य सम्बन्धी कार्यक्रमहरूका लागि प्रयोगात्मक अभ्यासमा प्रयोग गरिने अस्पतालका सम्बन्धमा परिषद्को न्यूनतम पूर्वाधार निर्देशिका तथा अन्य मापदण्डहरू, सम्बन्धित व्यवसायी परिषद् र राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ को प्रावधान बमोजिम प्रयोग गरिएका अस्पतालको शैय्या खुलेको स्वीकृति पत्र र अस्पतालको नवीकरण पत्र ०७७–०७८ ९सरकारी बाहेक०, अस्पतालले प्रयोगात्मक अभ्यासका लागि सहमति दिइएको संस्थाहरूका कार्यक्रमहरूको प्राथमिकता खुल्ने पत्र सहमति सम्झौता पत्र, अस्पतालबाट संस्था सम्मको दूरी प्रमाणित कागजातहरू अनिवार्य रूपमा पेस गर्नुपर्ने, चालू शैक्षिक सत्रमा सस्था सञ्चालन गर्दा प्रशिक्षण शुल्क बापत लिइँदै आएको शुल्कको सम्बन्धमा सीटीईभीटी बाट तोकिएको शुल्क मात्र लिएको प्रतिबद्धता पत्र पेस गर्नुपर्नेछ ।

A Levels MA
Thuprai - Books and E-books