
आयुष्मा शाक्य क्याथफोर्ड इन्टरनेसनल कलेजमा कम्प्युटर साईन्स एण्ड इन्फरमेसन टेक्नोलोजी (सिएसआईटी) अध्ययन गर्दै छिन् । उनले कुमारीपाटी स्थित युनाईटेड कलेजबाट साईन्समा प्लस टू उत्तीर्ण गरेकी हुन् । उनले मेडिकल फिल्डमा जान्छु भनेर १२ मा बोयोलोजी लिएर पढेको बताउछिन् । १२ को परिक्षा पछिको ग्यापमा उनले कुन विषय पढ्ने भनेर निकै खोजी गरेको सुनाईन् । उनले भनिन् ‘त्यस समयमा आईटीको निकै चर्चा थियो । त्यसपछि मेरो पनि इन्ट्रेस्टको फिल्ड भएकाले ममीबाबालाई भने ।’ उनले थपिन्, ‘ क्याथफोर्ड कलेज घरबाट नजिकै रहेकाले बुबाममीलाई बुझ्न आउन सजिलो भयो उहाँहरुले यो फिल्डमा महिलालाई निकै नै अवसरहरु रहेको सुनेपछि सिएसआईटी पढ्न पठाउनु भयो ।’
शाक्य भन्छिन् ‘सिएसआईटी डाइभर्स फिल्ड भएकाले यसमा निकै राम्रो करियर रहेको छ ।’ शाक्यले सफ्टवेर डेभलपमेन्टमा करियर बनाउने सोच बनाएकी छन् । शाक्यको पढाइ निकै राम्रो रहेको छ । त्यसैले पनि उनले पढ्दै विभिन्न फिल्डमा काम गर्ने मौका पाइन् । ओमन लिडरसिप इन टेक्नोलोजीमा एक वर्षे फेलेसिपमा इकमर्स वेबसाइट डेभलप गर्ने अवसर पाइन् । जसबाट उनले धेरै कुरा सिक्ने अवसर प्राप्त गरेको सुनाउछिन् । सिनियर दिदीले एप्लाई गर्न भनेपछि उनले यस्तो अवसर पाएकी थिईन् । त्यस्तै माइक्रोसफ्ट इनोभेसन सेन्टरमा पनि काम गर्ने अवसर प्राप्त गरेकी थिईन् ।
सिएसआईटीमा प्राक्टिकल पनि थेउरीको साथसाथै हुने भएकाले सिकाई व्यवहारिक हुने उनको भनाई छ । उनलाई त सिएसआईटीको कोर्ष गुणस्तरीय लाग्छ । उनी भन्छिन् ‘यो कोर्ष इन्जिनियरिङको भन्दा पनि अझ राम्रो छ ।’ जागिरको लागि विभिन्न क्षेत्रमा प्रशस्त अवसर पाईने शाक्यले बताईन् । आईटी पढेको विद्यार्थी कहिलै खाली बस्न नपर्नेमा शाक्य ढुक्क छिन् ।
क्याथ्फोर्ड कलजमै चौथो सेमेस्टरमा सिएसआईटी अध्ययन गर्ने उत्सव न्यौपाने पनि आईटी पढेर निकै सन्तुष्ट छन् । उनले भने इन्जिनियर पढ्छु भनेर आईयोईको इन्ट्रान्स पनि दिएका थिए । त्यसै समयमा उनले सिएसआईटीको बारेमा पहिलोचोटी सुने र बुझेका रहेछन् । उनलाई प्रोग्रामिङ निकै मन पर्ने भएकाले कम्प्युटर इन्जिनियरिङ पढ्ने सोच बनाएका रहेछन् । उनी भन्छन् ‘ कम्प्युटर इन्जिनियरिङ पढ्ने भनेर कलेज जाँदा एडमिसनको डेट सकिएको रहेछ ।’ त्यसपछि उनले आईटी पढ्ने निर्णय लिए ।
उनले बाहिर मान्छेले सोच्ने आईटी र वास्तविक आईटीमा केहि भिन्नता पाएको बताउछन् । न्यौपानेले भने ‘मानिसहरुले आईटी पढेपछि ह्याकर बन्छ देखि लिएर विविध कुरा सोच्छन् । तर, त्यो आप्mनो एर्फटको कुरा हो । आफै व्यक्तिगत तर्फबाट सिक्ने इच्क्षा भएर प्रयास गर्नुपर्छ ।’ आईटी नलेजवेश हुन्छ तर कला (स्किल)को विकास आपूmले पनि गर्नुपर्नेमा उनले जोड दिए ।
न्यौपाने भविष्यमा मेसिन लर्निङ् तथा आर्टिफिसियल इन्टेलिजेन्टमा जान चाहन्छन् । यो उनको सपना हो । उनी भन्छन् ‘म्याथ र प्रोग्रामिङमा इच्छुक भएका विद्यार्थीहरु सिएसआईटी पढ्न सक्छन् ।’
सिएसआईटी चारवर्षे व्याच्लर कार्यक्रम हो । यसमा ८ वटा सेमेस्टर रहेका छन् । कम्प्युटर साईन्स र इन्फरमेसन टेक्नोलोजी दुईवटा विषयको मिश्रणनै सिएसआईटी भएको क्याथ्फोर्ड इन्टरनेसनल कलेजका सिएसआईटी डिपाट्मेन्टलहेड सुवास कार्कीले बताए । एउटा पङ्खा अन गर्नु छ भने हामी रिमोर्टको प्रयोग गर्छौ । त्यस्तै टिभि वासिङ मेसिन देखि लिएर विविधकुराहरु हामी रिमोटबाटै कन्ट्रोल गर्दछौ । यो सबै इन्फरमेसन टेक्नोलोजीकी देन हो । यो दिन प्रतिदिन एड्भान्स हुँदै गइरहेको छ । यसको स्कोपमा वृद्धि हुँदै गईरहेको विभागीय प्रमुख कार्कीले बताए ।
अहिले जतिपनि इन्फ्राइस्ट्रक्चरहरु छन् तिनीहरु टेक्नोलोजीसँग रिलेटेड छन् । विभागीय प्रमुख कार्की भन्छन् ‘विज्ञानले प्रविधि पछाडिको कारणलाई प्रमाणित गर्छ ।’
नेपालमा आईटीसंग सम्बन्धित विभिन्न विषयहरु रहेका छन् । भविष्यमा के बन्ने चाहना छ त्यसैको आधारमा विद्यार्थीहरुले कोर्ष छनोट गर्छन् । नेपालको परिपेक्षमा हेर्ने हो भने त्रिभुवन विश्वविद्यालयमा शुद्ध आईटी कोर्ष भनेको सिएसआईटी मात्र रहेको कार्कीले बताए । उनि भन्छन् ‘नेपालमा विद्यार्थीले सिएसआईटी पढ्नुको कारण विश्वविद्यालय पनि हो । त्रिभुवन विश्वविद्यालय नेपालको पुरानो,राम्रो र सुविधासम्पन्न विश्वविद्यालय भएकाले यहाबाट ग्रयाजुएसन गर्ने हरकोहिको सपना भएकाले पनि आईटी पढुन इच्छुक विद्यार्थीले सिएसआईटीनै रोज्ने गरेको पाईन्छ ।’ सिएसआईटीमा विज्ञान र आईटीको दुवैकोर्ष पढाईहुने हुँदा विद्यार्थीहरु पढाई सकेपछि छिटैनै बजारमा खपतहुने विभागीय प्रमुख कार्कीले सुनाए ।
अहिले हेर्नेहो भने जिवनका हरेक कुराहरु आईटीसँग जोडिएका छन् । पहिले त कम्प्युटर मात्र इन्टरनेटमा जोडिएको हुन्थ्यो अहिले त कम्प्युटर,ल्यापटप, मोबाईल, टेलिभिजन तथा वासिङमेसिन लगायत अन्य डिभाईसहरु समेत इन्टरनेटमा जोडिएका छन् । सर्बेले सन् २०२० सम्ममा हरेक घरमा ५ वटा सामानहरु इन्टरनेटसँग जोडिन्छन् भन्ने देखाएको विभमगिय प्रमुख कार्कीले बताए । उनि भन्छन् ‘ कम्प्युटर, ल्यापटप, मोबाईल, अडि इन्टरनेटसंग पनेडिएका छन् । पछि गएर कफि मेकर, ओभन आदिपनि ईन्टरनेटमा जडान हुनेछन् । अफिसबाटनै घरपुग्दा तातो तातो कफि बकाएर खान सकिनेछ । ’
इकमर्शको क्षेत्रमा पनि आईटीको माग बढेको छ । कार्की भन्छन् ‘पहिले–पहिले सामान किन्न असनको बजारमा जानु पथ्र्यो भने आजकल घर बसिबसि दराज डट कम, हाम्रो बजार डट कम लगायतका अनलाईन वेबसाईटबाट सामान खरिद गर्न सक्छौ । ’ नेपाल डिजिटल प्रणालीमा जाँदै छ । हरेक क्षेत्रमा आईटीको मान्छेको आवश्यकता बढेको छ । त्यसैले पनि यसको खपत धेरै भइरहेको छ । आईटी विभागका प्रमुख कार्कीका अनुसार विद्यार्थीहरु आइटी पढेपछि कुन क्षेत्रमा जान्छन् भन्ने कुराको निर्णय उनीहरुले सातौं र आठौं सेमेस्टरमा छनोट गर्ने ऐक्षिक विषय तथा इन्ट्रनसिप र प्रोजेक्टले गर्छ ।
अन्य इन्जिनियरहरुको कोर्षमा छात्राहरुको सङ्ख्या छात्रको तुलनामा कम हुने भएपनि सिएसआईटीको कोर्षमा छात्राहरु पनि लगभग छात्रकै तुलनामा रहेको विभागीय प्रमुख कार्कीले बताए । उनले भने ‘ आईटी सम्बन्धी कोर्ष फिल्डमा नगइकन अफिसमा नै कम्प्युटरमा गर्न सकिने हुँदा छात्राहरु पनि आर्कर्षित भएका हुन् ।’
नेपालमै विभिन्न सफ्टवेर कम्पनीहरुमा ठुलो मात्रामा आईटीहरुको खपत हुने गरेका छन् । सिएसआईटी ग्रयाजुएटहरुले कम्प्युटर एण्ड इन्फरमेसन सिस्टम म्यानेजर, कम्प्युटर कन्ट्रोल प्रोगामर्स तथा अर्पेटर्स, कम्प्युटर प्रोगामर, कम्प्युटर साइन्टिस्ट, कम्प्युटर सपोर्ट स्पेसलिस्ट, कम्प्युटर सिस्टम एनालिस्ट, डाटावेश एड्मिनिस्ट्रेटर, डेक्सटप पब्लिसर, आईटी अफिसर, सफ्टवेर डेभलपर्स, आईटी अफिसर सफ्टवेर डेभलपर, वेब एडमिनिस्टर, वेब डिजाईनर जस्ता पदमा जागिर पाउँछन् ।
विदेशमा पनि सिएसआईटीको राम्रो स्कोप रहेको छ । सबै कुरा इन्टरनेटको माध्यमबाट नै हुने हुँदा आईटीको खपत बढी हुन्छ तर, विद्यार्थीहरु विदेशमा आईटी सम्बन्धी जागिर गर्न भन्दा पनि पिएचडि तथा मास्टर्स पढ्न बढी जाने गरेको उनले बताए । कार्कीले भने ‘ नेपालमा अनुसन्धान गर्ने काम हुँदैन । त्यसको लागि स्पेसनै छैन तर विदेशमा भने धेरै अनुसन्धान गरिन्छ । जस्तै उदाहरणको लागि ५ जि को रिसर्च सकाएर ६ जि को लागि रिसर्चहरु सुरु भइसकेको छ । जसले गर्दा सिएसआईटी पढेको विद्यार्थीले यसमा अवसरहरु पाउने सम्भावना हुन्छ । ’
सिएसआईटी अध्यायन गर्न विभिन्न कलेजहरुमा फरक फरक शुल्क लाग्छ । कार्कीले ४ लाखदेखि साढे १२ लाख रुपियाँ सम्म लाग्ने कलेजहरु रहेको बताए । नेपालमा अहिले सम्म लगभग ५३ वटा कलेजमा यो कोर्षको पढाइ हुन्छ । जसमध्ये २८ वटा उपत्यका भित्र रहेका छन् भने बाँकी २५ वटा उपत्यका बाहिर रहेका छन् । ९ वटा सरकारी तथा अन्य ४४ वटा निजी कलेजहरुमा यसको अध्यापन गराईन्छ ।
धेरै जसो निजी कलेजमा ४८ वा ३६ जना विद्यार्थीको कोटा हुने तर आङ्गिक कलेजमा भने केहि बढी कोटा हुने सिएसआईटी विभाग प्रमुख कार्कीले बताए । भर्नाको लागि विज्ञान तथा प्रविधि अध्यायन संस्थानको प्रवेश परिक्षा उत्तीर्ण गर्नुपर्छ । आवेदन दिन पनि केहि क्राईटेरीयाहरु पुरा गर्नुपर्ने हुन्छ । मान्यता प्राप्त शैक्षिक संस्थाबाट ११ र १२ मा विज्ञान तर्फ भौतिक शास्त्र विषय लिई कम्तीमा सबै वर्षमा सि ग्रेड ल्याएको हुनुपर्ने छ । ए लेभल उत्र्तीर्ण गरेका विद्यार्थीले भने डि ग्रेड ल्याए पनि हुने अघिल्लो वर्ष निकालिएको सूचनामा उल्लेख गरिएको छ । त्यस्तै सीटीईभीटीमार्फत ३ वर्षे डिप्लोमा कोर्ष उत्तीर्ण गरेका विद्यार्थीले गणित र भौतिक शास्त्र लिएको हुनुपर्छ ।
बिएस्सी सिटिईभिटीमा पाँचौ सेमेस्टरबाट ऐच्छिक विषयहरु छनोट गर्न सकिन्छ । पाँचो छैटौं र सातौं सेमेस्टरमा ५ वटा विषय अनिवार्य र एउटा विषय ६ वटा ऐक्षिक विषयहरु मध्येबाट छनौट गर्नुपर्छ । सातौं सेमेस्टरमा भने एड्भान्स डेटावेश र इन्ट्रनसिप हुन्छ अन्य दुई वटा विषय १२ वटा ऐक्षिक विषयबाट छनौट गर्न सकिन्छ ।