कोरोनाभाइरस जोखिमः फुर्सदिला विद्यार्थी के गर्दैछन् ?

कोरोना भाइरस (कोभिड–१९) जोखिमको डरले सरकारले चैत २१ गतेसम्मका लागि नेपाललाई लकडाउन गरेको छ । यसबाट नेपाली जनजीवत प्रभावित बनेको छ । विद्यार्थीहरू पनि फुर्सदिला भएका छन् । उपत्यका बाहिरका कतिपय विद्यार्थी कलेज बन्द भएपछि घर फर्किसकेका छन् भने कतिपय डेरामै छन् । उपत्यकाभित्र घर भएका विद्यार्थीहरू आफ्नै घरभित्र छन् । लकडाउनलाई कसरी सदुपयोग गर्दैछन् विद्यार्थीहरू ? भन्ने जिज्ञाशामा उनीहरूको भनाइ

 सन्देश वैद्य,  वि.वि.एम.

म त घर आइपुगे । के गर्नु त्यहाँ बसेर पनि ‘क्लास’ हुने हैन । मेरो घर दाङ हो । अब घरमै अध्ययन गर्नुपर्ला । घर आउँदा निकै जाम थियो । अब त झन् लकडाउन भयो भन्ने सुनियो । म बिबिएम तेस्रो सेमेष्टरमा पढ्छु । किताबहरू पनि साथै ल्याएको छु । कहिले यो बिदा सकिएला भन्ने भएको छ । कोर्सका किताब पढेर बस्नुपर्ला । घुम्न जाने कुरा पनि भएन यो अवस्थामा । मम्मी बुबासँग बसेर समय बिताउनुपर्ला । मलाई त दसैं, तिहार आएको जस्तो अनुभव भएको छ । अब नेट चलाएर बस्ने त होला । अरू त केही गर्न पनि मिल्दैन ।

सविना केसी , बिएस्सी

म दिनभरी कोठामा बस्छु । अहिले बिएस्सी चौथो वर्षमा पढ्दैछु । १७ वैशाखदेखि परीक्षा हुने भनिएको छ । तर परीक्षा हुन्छ कि हुँदैन अन्योल छ । यो अवस्थामा कोठामा बसेर कोर्सका किताबहरू पनि पढ्छु । अनि कहिले काँही साहित्यिक किताबहरू प्नि अध्ययन गर्छु । के गर्नु पुरै फुर्सदिलो भइयो । बाहिर घुमघाममा पनि निस्किन मिल्दैन । केही दिन अघि ‘गुलाबी उमेर फुल’ नामक पुस्तक पढे । यूटुबमा विवेकानन्दका बिचारहरू सुन्दै कहिले अनलाइनमा ज्ञानका कुराहरू अध्ययन गर्छु । फुर्सदले अध्ययन गर्ने समय पनि मिलेको छ । साथीहरूलाई कल गर्दा पनि त्यस्तै भन्छन् । कहिलेसम्म यो अन्योल हुने हो अचम्म परेको छु । कोरोनाले गर्दा घर गइएन । यही काठमाडौँ कीर्तिपुरमा बस्छु ।

कामना पोख्रेल, वि.पि.एच.

यो विदा निकै लामो जस्तो लागेको छ । कहिलेसम्म हुने हो । अन्योलमा छु । अहिले बिपिएच तेस्रो वर्ष पढ्दैछु । तर बिदाले गर्दा दिन पनि लामो जस्तो लागेको छ । अलिअलि कोर्सका किताव पनि पढ्दैछु । म घर आइसके । मम्मीलाई पनि सहयोग गर्छु । अब यो बिदालाई उपयोग गर्ने विचार छ । घरमा बसेर ज्ञानका कुराहरू पढ्छु । 

 

Thuprai - Books and E-books