Edusanjal

कक्षा ११ र १२ का विद्यार्थीलाई भोलिदेखि कोरोना खोप

काठमाडौंमा भोलिदेखि ६ गतेसम्म कक्षा ११ र १२ का विद्यार्थीले कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाउन पाउने भएका छन् । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य विभाग र जिल्ला स्तरीय खोप समन्वय तथा अनुगमन समितिको आजको बैठकले कोभिड १९ विरुद्ध ४० वर्ष वा सो भन्दा माथिल्लो उमेर समुह, १८ वर्ष पुरा भएका, कक्षा ११ र १२ का विद्यार्थीलाई र विश्वविद्यालय तहको परिक्षाको प्रवेशपत्र लिएका बविद्यार्थीहरु खोप लगाउने निर्णय गरेको हो ।

स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले १८ वर्षमाथिका प्लस टु अध्ययनरत र विश्वविद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीहरुलाई खोप दिइने जानकारी दिए ।  खोप अभियान भदौ ४ गतेदेखि ६ गतेसम्म सञ्चालन हुने उनले बताए ।

खोप लगाउन जाँदा आफ्नो उमेर र परिचय खुल्ने कागजात सहित नजिकको खोप केन्द्रमा गई भिडभाड नगरी स्वास्थ्य मापदण्ड पुरा गरी खोप लगाउन  महानगरले सबै नगरवासीलाई एक् सूचना जारी गरी सूचित गरेको छ ।

खोप केन्द्रहरु

सशस्त्र प्रहरी अस्पताल, बलम्बु

वीरेन्द्र सैनिक अस्पताल, छाउनी

राधास्वामी आइसोलेसन सेन्टर, सामाखुसी

नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज

वीर अस्पताल, रत्नपार्क

निजामति कर्मचारी अस्पताल, वानेश्वर

परोपकार प्रसूती गृह तथा स्त्रीरोग अस्पताल, थापाथली

शिक्षण अस्पताल, महाराजगञ्ज

काठमाडौं महानगरपालिकाका ३२ वटा वडाहरु र आवश्यकता अनुसार पालिकाले तोकेको थप खोप केन्द्र

अन्य नगरपालिकाको हकमा सोही पालिकाले तोकेको खोप केन्द्र

 

pre school