After SEE Portal

लर्ड बुद्धको दीक्षान्त सम्पन्न

Bridge Course

कृषि तथा पशुपछी विकासमन्त्री महेन्द्र राय यादवले सूचना प्रविधिको अधिकतम प्रयोगले देशमा कृषि क्रान्ति ल्याउने बताएका छन् ।

लर्ड बुद्ध एजुकेसन फाउन्डेसनको १२ औँ दीक्षान्त समारोहमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

मन्त्री यादवले दीक्षित विद्यार्थीलाई नेपालमै बसेर कृषि क्षेत्रमा सूचना प्रविधिको प्रयोग गरेर कृषिमा आयतमुखी मुलुकबाट परिवर्तन गरी निर्यातमुखी मुलुकमा परिणत गर्न आव्हान गरे ।  

कलेजका अध्यक्ष पङ्कज जलानले मुलुककै पहिलो आईटी कलेजको रूपमा स्थापित लर्ड बुद्ध एजुकेसन फाउन्डेसनले आफ्नो स्थापना कालदेखि नै अन्तर्राष्ट्रिय शैक्षिक संस्थासँग आवद्ध भई नेपालमै सस्तो र सुलभ तरिकाबाट सूचना प्रविधि तथा वाणिज्य व्यवस्थापन जस्ता अत्याधुनिक विषयको पठनपाठन गर्दै आइरहेको बताए ।

लर्ड बुद्ध एजुकेसन फाउन्डेसनले एसिया प्यासिफिक युनिभर्सिटी (एपीयू) मलेसियासँग शैक्षिक सहकार्य गरी सूचना प्रविधि र व्यवस्थापन संकायमा स्नातक र स्नातकोत्तर तहको शिक्षा प्रदान गर्दै आएको छ । सो संस्थाका कार्यकारी निर्देशक प्रकाशकुमार केजरीवालले १५० विद्यार्थी दीक्षित भएको जानकारी दिए ।

 

A Levels MA
Thuprai - Books and E-books