A Levels MA

रु.१ करोड १५ लाखमा पुस्तकालय र प्रशासनिक भवन निर्माण

महोत्तरी जिल्लाको मटिहानी नगरपालिकामा अवस्थित याज्ञवल्क्य लक्ष्मीनारायण संस्कृत विद्यापीठमा पुस्तकालय र रु एक करोड १४ लाख ९६ हजार १८२ लागतमा प्रशासनिक भवन निर्माण गरिएको छ ।

सरकारको पूर्ण लगानीमा विद्यापीठमा दुईतले अत्याधुनिक खुला पुस्तकालय र प्रशासनिक भवन निर्माण गरिएको हो । आर्थिक वर्ष २०७४÷७५ देखि निर्माण शुरु भई चार वर्षमा सो दुईतले भवन निर्माण गरिएको विद्यापीठका प्रशासन प्रमुख वरुणकुमार मण्डलले जानकारी दिए ।

नेपाल संस्कृत विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित सो विद्यापीठमा निर्माण गरिएको सो भवनको भुइँतलामा पुस्तकालय र माथिल्लो तल्लामा प्रशासकीय कक्ष सञ्चालन गरिने विद्यापीठका प्राचार्य धीकुमार झाले बताए ।

देशकै सबैभन्दा जेठो संस्कृत विद्यापीठका सबै प्रशासनिक भवन जीर्ण भइसकेका थिए । विद्यापीठमा पुस्तकालयको उचित व्यवस्था नहुँदा प्रशासन तथा विद्यार्थीलाई समस्या हुने गरेको थियो । अत्याधुनिक भवन निर्माणपछि सबैलाई सहज भएको निर्माण समितिका अध्यक्ष एवं प्राचार्य झाले बताए ।

Thuprai - Books and E-books