Bachelors Portal

एक वर्षे बि.एडको सट्टा अधिस्नातक तह पीजीडी एजुकेसन सञ्चालनमा(विस्तृत विवरण सहित)

 

 त्रिभुवन विश्वविद्यालयले एक वर्से बिएडलाई विस्थापित गर्दै अधिस्नातक तह पीजीडी एजुकेसन सञ्चालनमा ल्याउने भएको छ । त्रिविले यसका लागि भर्ना आव्हान समेत गरेको छ ।

शिक्षाशास्त्र संकाय डिन कार्यालयले सेमेस्टर प्रणालीमा आधारित तीन सेमेस्टरको अधिस्नातक तह पीजीडी एजुकेसन कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

अन्य विषयमा स्नातक तह उत्तीर्ण गरेका व्यक्तिलाई शिक्षण पेसामा प्रवेश गराउँदा सैद्धान्तिक ज्ञान प्रदान गर्ने उद्देश्यले यो कार्याक्रम सञ्चालनमा ल्याएको छ ।

तीन सेमेस्टरमा पढाई हुने गरी १४ ओटा मापदण्ड पुरा भएका विद्यार्थीले यो कार्यक्रममा भर्ना पाउने डिन कार्यालयले जारी गरेको सूच्नामा उल्लेख गरेको छ ।

उक्त कार्यक्रम त्रिवि केन्द्रीय क्याम्पससहित देशभरका १३ ओटा क्याम्पसबाट पढाई हुनेछ ।

प्रथम सेमेस्टरमा भर्नाका लागि पुस ६ गतेदेखि माघ ११ गतेसम्म आवेदन बुझाउन सकिने सूचनामा उल्लेख छ । जुनसुकै विषयमा स्नातक तह उत्तीर्ण विद्यार्थीहरूले तोकिएको विषयमा भर्नाका लागि आवेदन दिन सकिनेछ । उक्त कार्यक्रमका लागि माघ १४ गते प्रवेश परीक्षा हुनेछ भने माघ २१ गतेबाट कक्षा सञ्चालन हुने सूचनामा उल्लेख छ ।

विस्तृत विवरण 

Thuprai - Books and E-books