Bachelors Portal

योग्य जनशक्तिले स्थान पाउनुपर्छः डीन डिल्लीराज शर्मा

Managed Admission 2022

गुणस्तरीय शिक्षा आजको अपरिहार्य आवश्यकता हो त्यसैले छिमेकी मुलुक चीनसँग व्यापार र पर्यटन जोड्नुपर्ने भएकाले चिनियाँ भाषा ऐच्छिकरुपमा पढाउनु पर्छ ।

त्रिभुवन विश्वविद्यालयका व्यवस्थापन सङ्कायका डीन प्राडा डिल्लीराज शर्माले विश्वविद्यालयले विश्वबजारमा बिक्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्न गुणस्तरीय शिक्षा प्रदान गनुपर्ने बताए । यसका लागि विश्वविद्यालयको व्यवस्थापनले हाम्रो नभई राम्रो जनशक्ति स्थान दिनुपर्ने  धारणा राखेका छन् ।

जनप्रिय बहुमुखी क्याम्पसको २८ औँ वार्षिकोत्सवका अवसरमा बुधबार आयोजित कार्यक्रममा  उनले यस्तो धारणा राखेका हुन् । अन्तर्राष्ट्रिय बजारमा  बिक्न सक्ने योग्य जनशक्ति उत्पादन गर्न अब विश्वविद्यालयको ध्यान  जानुपपर्ने भन्दै उनले शैक्षिक उन्नयन र दक्ष जनशक्ति उत्पादनमा जनप्रिय बहुमुखी क्याम्पसले खेलेको भूमिकाको प्रशंसा  व्यक्त गरे । साथै क्याम्पसले  यसैवर्षदेखि एमबिए, हस्पिटालिटी म्यानेजमेण्ट कार्यक्रम स्वीकृत पाएको बधाइसमेत दिएका थिए ।

गण्डकी प्रदेशसभा सदस्य बिन्दुकुमार थापाले गुणस्तरीय शिक्षा आजको अपरिहार्य आवश्यकता रहेको उल्लेख गर्दै छिमेकी मुलुक चीनसँग व्यापार र पर्यटन जोड्नुपर्ने भएकाले चिनियाँ भाषा ऐच्छिकरुपमा पढाउन आग्रह गरे ।

क्याम्पस प्रमुख विरञ्जी गौतमले क्याम्पसको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै शैक्षिक गुणस्तर कायम राख्न अनुसन्धान र प्रकाशनमा जोड दिने प्रतिबद्धता व्यक्त गरे।कार्यक्रममा विद्यार्थीले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

कार्यक्रममा क्याम्पसको शैक्षिक तथा अतिरिक्त क्रियाकलापतर्फ  खेलकूद, कविता, निबन्ध, वक्तृत्वकला, हाजिरी जवाफ र सामूहिक नृत्य प्रतियोगिताका विजेतालाई प्रमाणपत्र, शिल्ड, मेडल र नगद प्रदान गरिएको थियो ।   साथै क्याम्पसले सञ्चालन गरेको विभिन्न छात्रवृत्तिबाट उत्कृष्ट विद्यार्थीलाई सम्मानित गरिएको थियो ।

पाँच हजार विद्यार्थी अध्ययन गर्ने जनप्रिय क्याम्पस देशभरिका एक हजार ९६ सामूदायिक क्याम्पसमध्ये २०७२ र २०७३ मा शिक्षा मन्त्रालयबाट उत्कृष्ट क्याम्पसको पुरस्कार  हात पार्न सफल क्याम्पस हो ।

Select college / campus