विज्ञान दिवस मनाउन समिति गठन

काठमाडौँ, १० भदौ (रासस): शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असोज १ गते साताँै राष्ट्रिय विज्ञान दिवस मनाउने भएको छ ।

मन्त्रालयका प्रवक्ता बैकुण्ठ अर्यालका अनुसार सो दिवस मनाउनका लागि मन्त्री गिरिराजमणि पोखरेलको संयोजकत्वमा ४३ सदस्यीय मूल समारोह समिति गठन गरिएको जानकारी दिनुभयो । आजै समितिको बैठक बसी विज्ञानका क्षेत्रमा क्रियाशील निजी क्षेत्रको समेत प्रतिनिधित्व गराउने, स्थानीय तथा प्रदेश तहमा पनि विभिन्न कार्यक्रमका साथ सो दिवस मनाउन अनुरोध गर्ने, विज्ञानलाई विद्यालय तहदेखि नै जोड्ने गरी विज्ञानसँग सम्बन्धित सबै क्षेत्र, निकाय तथा विद्यालयलाई आ–आफ्नो स्थानबाट विभिन्न कार्यक्रम गर्नसमेत अनुरोध गरिएको प्रवक्ता अर्यालले बताउनुुभयो ।

मन्त्रालयले अमृत साइन्स क्याम्पस स्थापना भएको मितिलाई आधार मानेर २०७० सालदेखि विज्ञान दिवस मनाउँदै आएको छ ।

Degrees offered in nepal
Counseling
Bachelors Portal