CMAT

‘गुणस्तरीय शिक्षा प्रवद्र्धनमा लागिपरेका छौँ’: शिक्षामन्त्री गिरिराजमणि पोखरेल

काठमाडौँ, ३० कात्तिक (रासस)ः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सूचना तथा सञ्चार प्रविधिको अधिकतम उपयोग गरी गुणस्तरीय शिक्षा प्रवद्र्धनमा नेपाल सरकार लागिपरेको बताउनुभएको छ । 

दक्षिण कोरियाको राजधानी सोलमा भएको सूचना तथा सञ्चार प्रविधि नेतृत्वसम्बन्धी कार्यशालालाई बिहीबार सम्बोधन गर्दै उहाँले शैक्षिक उन्नयनका निम्ति सरकारले सूचना तथा सञ्चार प्रविधिको अधिकतम उपयोग गरिरहेको बताउनुभयो । 

मन्त्री पोखरलले गुणस्तरीय शिक्षा सुनिश्चित गर्न नेपाल सरकारले अवलम्बन गरेका नीतिका साथै सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा भएका नवीनतम विकासलाई आत्मसात गर्र्दै शैक्षिक विकासका कार्यक्रम अघि बढाइएका बताउनुभएको सोलस्थित नेपाली दूृतावासले जनाएको छ । 

‘समृद्ध नेपाल, सुखी नेपाली’ लक्ष्यलाई साकार तुल्याउन सरकारले उच्च प्राथमिकताका साथ सूचना तथा सञ्चार प्रविधिको पूर्वाधार निर्माणलाई पनि उत्तिकै प्राथमिकता दिएको जानकारी दिँदै उहाँले त्यस्ता पूर्वाधारले दिगो विकासका लक्ष्य हासिलमा पनि सहयोग पुग्ने बताउनुभयो । 

Thuprai - Books and E-books