SEE Result 2082

कक्षा एकका पाठ्यपुस्तक धमाधम छापिँदै,कक्षा छ को लेखन जिम्मा विज्ञलाई

फागुनमा शैक्षिकसत्र सुरु हुने हिमाली जिल्लामा समयमै पाठ्यपुस्तक उपलब्ध गराउने उद्देश्यले पाठ्यक्रम विकास केन्द्रले कक्षा एकका पाठ्यपुस्तक छपाउन सुरु गरेको छ ।

फागुनमा शैक्षिकसत्र सुरु हुने हिमाली जिल्लाहरु डोल्पा, हुम्ला, जुम्ला, मनाङ र मुस्ताङका १५ हजार विद्यार्थीलाई लक्षित गरी पाठ्यक्रम विकास केन्द्रले धमाधम पाठ्यपुस्तक छाप्न सुरु गरेको हो ।

हिमाली क्षेत्रका सबै विद्यार्थीलाई समयमा नै पाठ्यपुस्तक समयमा नै पुर्‍याउने उद्देश्यले निजी १५ छापाखानालाई एक हप्ता अघि नै पाठ्यपुस्तक छपाइको जिम्मा दिइएको पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेश भट्टराईले बताए । ‘निजी क्षेत्रलाई १० दिन अगाडि छपाइका लागि जिम्मा दिएका छौं ।’ उनले भने, ‘हामीले सकेसम्म हिमाली जिल्लामा फागुनको पहिलो हप्ता नै पुर्‍याउछौं, केही दुर्गम विद्यालयमा पुग्न केही ढिला भएपनि दोस्रो हप्ता सबै विद्यालयका विद्यार्थीका हातमा पुस्तक पुर्‍याउछौं ।’

कक्षा एकदेखि ४ सम्मका पाठ्यपुस्तकको मुद्रणीय प्रतिको छपाइका निजी छपाखानाले गर्दै आएको छ । भने अन्य कक्षाको पाठ्यपुस्तक जनक शिक्षा सामग्री केन्द्रले छापिसकेको छ । पुस्तक छपाइका लागि केन्द्रले यस अघि नै १५ वटा निजी छापाखाना छनौट गरिसकेको छ ।

यसैगरी आउँदो शैक्षिक सत्रमा परीक्षणका लागि पठाउने भनिएको कक्षा ६ को पाठ्यपुस्तक लेखनको जिम्मा हिजोबाट विज्ञ समूहलाई  केन्द्रले लगाएको छ । विज्ञ समूहले तयार पारेका पाठ्यपुस्तक केन्द्रले छनौट गरेका विद्यालयमा शैक्षिकसत्रको सुरुमै पठाउने तयारी भइरहेको भट्टराइले जानकारी दिए ।

पाठ्यपुस्तकको मूल्य निर्धारण

केन्द्रले कक्षा आठसम्मका लागि तयार गरेको रंगीन पाठ्यपुस्तकको नयाँ मूल्य निर्धारण गरेको छ । केन्द्रले कक्षा एकको बहुरङको पाठ्यपुस्कतकको प्रतिपेज रु. ०.६० (प्रलिम्ससहित), कक्षा दुईदेखि आठसम्मका बहुरङको पाठ्यपुस्तकको प्रति पेज रु. ०.५५(प्रलिम्ससहित) र एक रङको कक्षा ९ र १० का पाठ्यपुस्तक ०.३६ (प्रलिम्ससहित) मूल्य निर्धारण गरेको छ ।

+2 School
Counseling
Bachelors Portal