Bachelors Portal

उपत्यकाका तीनै जिल्लामा बालबालिकालाई खोप अभियान सुरु

Managed Admission 2022

काठमाडौं र ललितपुरका बालबालिकालाई आजदेखि कोरोना भाइरसविरुद्धको फाइजर खोप दिइँदै छ । १२ देखि १८ वर्ष उमेर समूहलाई आजदेखि एक हप्तासम्म फाइजर खोप लगाउने भएको हो । 

ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले स्वास्थ्य कार्यालय र स्थानीय तहको समन्वयमा आजबाट एक हप्तासम्म खोप कार्यक्रम सन्चालन हुने जानकारी दिए ।

स्वास्थ्य कार्यालय काठमाडौंकाअनुसार स्थानीय तहको समन्वयमा स्वास्थ्य कार्यालयहरुले खोप अभियान चलाएक हुन् । खोपहरु स्थानीय तहमा पठाइसकेको जानकारी दिंदै आफूलाई पायक पर्ने खोप केन्द्रमा गएर खोप लगाउन आह्वान  समेत गरेको छ ।

ललितपुर महानगरपालिकाले एक हप्तामा ४४ हजार विद्यार्थीहरुलाई कोरोनाविरुद्धको फाइजर खोप लगाउने लक्ष्यका साथ आजदेखि खोप अभियान सुरु गरेको छ ।

आज बिहान १०ः३० बजेदेखि ४ बजेसम्म खोप लगाउने भएको छ । यो कार्यक्रम माघ २ गतेसम्म निरन्तर चल्ने महानगरले प्रकासित गरेको सूचनामा उल्लेख गरिउको छ । शनिबार भने खोप कार्यक्रम सञ्चालन नहुने सूचनामा उल्लेख छ । ।

महानगरभित्रका निजी र सामुदायिक विद्यालयमा अध्ययन गर्ने १२ देखि १७ वर्ष उमेर समूहका करीब ४४ हजार विद्यार्थीलाई समेट्ने उद्देश्यका साथ या अभियान सुरु गरिएको हो ।

महानगरले दुई सयभन्दा बढी विद्यार्थी भएका विद्यालयलाई खोप केन्द्र तोकेको छ । दुई सयभन्दा कम विद्यार्थी संख्या भएका विद्यालयका विद्यार्थीले नजिकको विद्यालयमा पुगेर खोप लगाउने व्यवस्था गरेको छ । खोप लगाउन जाँदा विद्यार्थीहरुले विद्यालयको परिचय पत्र वा उमेर खुल्ने अन्य परिचय पत्र लिएर जानुपर्नेछ ।

महानगरका अनुसार पुस २७ गते महानगरका वडा नं १ देखि ४ सम्मका विद्यालयहरुमा खोप लगाइने छ । यसैगरी २८ गते वडा नं. ५ देखि ८ सम्मका विद्यालयहरुमा खोप कार्यक्रम सन्चालन गर्ने भएको छ ।

पुस २९ गते वडा नं ९ देखि १४ र १५ वडाका केही विद्यालयमा यो कार्यक्रम सन्चालन हुनेछ । ३० गते वडा नं. १५ का बाँकी विद्यालय र वडा नं. १६ देखि २१ सम्मका विद्यालयमा तथा आइतबार माघ २ गते वडा नं २२ देखि २९ सम्मका विद्यालयमा कोरोना विरुद्धको फाइजर खोप लगाउने व्यवस्था मिलाएको महानगरले जानकारी दिएको छ ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले सबै अभिभावकहरुलाई आफ्ना छोराछोरीलाई खोप कार्यक्रममा सहभागी गराउन र विद्यालय परिवारलाई खोप कार्यक्रममा सहयोग गर्न अपिल गरेका छन् ।

त्यस्तैगरी कीर्तिपुर नगरपालिकाले पनि आज देखिनगरपालिकामा रहेका विद्यालयहरुमा अध्ययन गर्ने १२ वर्ष देखि १८ वर्षसम्मका विद्यालर्थीहरुलाई कोभिड १९ विरुद्धको खोप (फाइजर) अभियान तीन दिन सञ्चालन गर्ने भएको छ ।  नगरपालिकाले एक सूचना जारी गरी विद्यालयहरुबाटै खोप लगाउने भएको छ । 

भक्तपुर जिल्लाका स्थानीय तहले भने गत शुक्रबारदेखि नै खोप अभियान सन्चालन गरिसकेका छन् । 

Select college / campus