शिक्षा विकास निर्देशनालय मधेस प्रदेशले मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियानका लागि प्रस्ताव आव्हान गरेको छ । मधेश प्रदेश सरकारले प्रदेशमा जन्म भएका छोरीहरको शिक्षा, सुरक्षा र सशक्तिधारण गर्ने उद्देश्यले सञ्चालित विभिन्न कार्यक्रमका लागि प्रस्ताव आव्हान गरेको हो ।
कार्यक्रमहरु मध्ये छोरी शिक्षा बीमा,मुद्दति बचत कार्यक्रम यस प्रदेश के गौरवको आयोजना रहेको निर्देशनालयद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ । मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियान कार्यक्रम सञ्चालन कार्यविधि,२००८ अनुसार २०७८माघ १ गते देखि जन्म भएका छोरीहरुको नाममा छनोट भएका बैंक वा बिमा कम्पनीहरुमा खाता खोल्ने र प्रदेश सरकारबाट एकमुष्ठ प्रिमियम वा मुद्दती बचत रकम जम्मा गर्ने छ ।
सो रकम जम्मा गरेको २० वर्ष पश्चात शर्तपूरा गरेका छोरीहरुलाई एकमुष्ठ तीनः तीन लाख उपलब्ध गराउने कार्यविधिमा उल्लेख छ ।१५ दिन भित्र ्र नेपाल राष्ट्र बैंकबाट एजाजत प्राप्त क वर्गको बैंक वा जीवन बीमा कम्पनीहरुले दर्ता तथा नविकरण गरिएको कागजात र आव२०७७–७८ को करचुक्ता प्रमाण पत्र सम्लग्न गरी प्रस्ताव पेश गर्न आव्हान गरेको हो ।