शिक्षा तथा मानव श्रोत विकास केन्द्रले सबै शिक्षा विकास तथा समन्वय एकाईलाई रेट्रोफिटिङ वा समायोजनगर्नु विद्यालयको विवरण माघ मसान्तभित्र पठाउन निर्देशन दिएको छ ।
शैक्षिक सत्र २०७७–७८ मा विद्यार्थी संख्या न्यून भएका वा अन्य कारणले स्थानीय तहबाट विद्यालय समायोजन भएका वा समायोजन गर्ने तयारी भएका विद्यालयहरुको विवरण पठाउन निर्देशन दिएको हो ।
आफ्ना जिल्ला अन्तर्गतका यस्ता विद्यालयको रेट्रोफिटिङ तथा भवन सम्बन्धी विवरण, सञ्चालित कक्षा ्र मर्मत गर्नुपर्ने वा नयाँ निर्माण गर्नुपर्ने भवन संख्या र निर्माण गर्नु पर्ने कोठा संख्या पठाउन निर्देशन दिएको छ ।