Bachelors Portal

बिएएलएलबी प्रवेश परीक्षाको केन्द्र निर्धारण

त्रिभुवन विश्वविद्यालय कानुन संकाय डिन कार्यालयले चालु शैक्षिक सत्रका लागि स्नातक तहमा भर्ना गर्ने प्रयोजनका लागि भोलिलिने प्रवेश परीक्षाको केन्द्र निर्धारण गरेको छ ।

डिन कार्यालयले भोलि लिने प्रवेश परीक्षामा महेन्द्ररत्न क्याम्पस तहाचल, पद्यकन्या बहुमुखी क्याम्पस र पृथ्वीनारायण क्याम्पस पोखरामा परीक्षा केन्द्र तोकेको छ ।

२८० जना जम्मा सिट क्षमता भएको डिन कार्यालयले प्रवेश परीक्षामा १५२८ जना सहभागी हुने डिन डा. कृष्णप्रसाद बस्यालले जानकारी दिए । डिन बस्यालका अनुसार नेपाल ल क्याम्पसमा १०५, नेसनल क्याम्पसमा १०५ र पृथ्वीनारायण क्याम्पसमा ८५ जनाको सिट छ ।

Thuprai - Books and E-books