Scholarship edusanjal
Thuprai - Books and E-books

शैक्षिक भ्रष्टाचारका कारण र न्यूनीकरणका उपायहरू

Admission edusanjal

सामान्य अर्थमा व्यक्तिको भ्रष्ट आचरणयुत्त कार्य नै भ्रष्टाचार हो। भ्रष्टाचार सदाचारको विपरीत कार्य हो। यो उज्यालोमा ऒइलाउने र अँध्यारोमा मौलाउने गर्दछ । यस अर्थमा भ्रष्टाचार सम्पूर्ण समाजकै कलंक हो।भ्रष्टाचार एक विश्वव्यापी रोग हो।खासगरी नीति निर्णय लिने ठाँउ,राजश्व संकलन हुने ठाँउ,ठेक्का पट्टा,किनबेच,बन्द व्यापार हुने ठाँउमा यसले बढी बास गर्दछ।

विश्व बैंकका अनुसारु आफ्नो व्यक्तिगत लाभका लागि सार्वजनिक पदको दुरूपयोग गर्नु भ्रष्टाचार हो। भ्रष्टाचार निवारण ऐन,२०४९ को दफा ३ देखि २० सम्म भ्रष्टाचार सम्बन्धी के कस्ता कार्य वा गतिविधि पर्दछन् भनि प्रष्ट पारेको छ। ती दफामा उल्लेख भएअनुसार रिसवत लिने दिने,कमिसन लिने,राजश्व चुहावट गर्ने,प्रश्नपत्रको गोपनियता भंग गर्ने वा परीक्षाको परिमाण फेरबदल गर्ने, गैर कानुनी दवाव दिने, नपाएको ऒदाह पाँए भन्ने आदी रहेका छन्।

भ्रष्टचारको दायरा अन्नत छ । यसका रूप र प्रक्रिया भिन्न हुने गर्दछन। भ्रष्टाचार ती हुनः शैक्षिक,राजनितिक, कार्यकारीणी, न्यायिक,आर्थीक, गैर आर्थिक,व्यक्तिगत तथा संस्थागत, सार्वजनिक क्षेत्रको, निजी क्षेत्रको,सांस्कृतिक तथा धार्मिक गरी विभिन्न प्रकारका हुने गर्दछन्।ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको भ्रष्टाचारको सूचकांक अनुसार नेपाल सन् २०१८ मा १२४ औँ स्थानमा र सन् २०१९ मा ११३ औँ स्थानमा छ।

शैक्षिक भ्रष्टचारः

हाम्रो समाजमा आर्थिक अपचलन गर्नुलाई नै भ्रष्टाचार हो भन्ने मानसिकताले जरो गाडेको पाइन्छ। यसका अतिरिक्त कानुनी,राजनीति, शैक्षिक गडबडी र अवरोध पुर्‍याउनु पनि भ्रष्टाचार नै हो। सामान्यतःशिक्षा क्षेत्रमा गरिने भ्रष्टाचार नै शैक्षिक भ्रष्टाचार हुन्।शैक्षिक क्षति पुर्‍याउने तथा खलल पार्ने काम शैक्षिक भ्रष्टाचारको अर्को रूप हो। अझ त शिक्षा क्षेत्रमा भ्रष्टाचार अनेक थरिका हुने गर्दछन् ती हुनःपरीक्षामा अंकन फेरबदल गर्ने,शिक्षक नियुक्तमा,शिक्षकहरूले गर्नुपर्ने काम नगरेर बस्ने वा नपढाउने,शिक्षा र शैक्षिक क्षति पुर्‍याउने,ऐन नियमको परिपालना कम गर्ने,आफ्नो काम र पेसाप्रति लापरवाही गर्ने,विद्यार्थीको शैक्षिक उपलब्धिलाई प्रत्यक्ष वा अप्रत्यक्ष नकारात्मक असर पार्ने,तोकिएको सेवा शर्त पूरा नगरी शिक्षण संस्था सञ्चालन गर्ने,आर्थिक अनुशासन फितलो हुने,शैक्षिक नातावाद,चाकडी भनसुन,धुत्याइ जस्ता शिक्षामा खलल पार्ने कामले एक व्यक्तिलाई फाइदा र शिक्षण संस्था र शिक्षा क्षेत्रलाई हानी पुर्याउने,विद्यालयको लेखापरीक्षण नगराउनु गराए पनि सबै हिसाव किताब नदेखाउनु आदि कार्य नै शैक्षिक भ्रष्टाचारका उदाहरण मान्न सकिन्छ।

शिक्षामा मौलाएको विद्यमान शैक्षिक विकृतीलाई न्यूनीकरण गर्न कुनै एक व्यक्ति, संस्था वा निकायबाट मात्र सम्भव छैन।किनकि शिक्षण संस्था र शिक्षण सिकाइ क्रियाकलापमा शिक्षक,विद्यार्थी,समुदाय,समाज,प्रत्यक्ष सरोकार राख्ने भएकोले यसको व्यवस्थापनमा प्रत्येक व्यक्तिको सहयोग र सहकार्य अनिवार्य हुन्छ।शिक्षा क्षेत्रको विकास भए मात्र अरू क्षेत्रको तथा देशको विकास हुन्छ। त्यसैले शिक्षालाई भ्रष्टचार मुक्त बनाउनुको कुनै विकल्प छैन। राज्यले शिक्षामा लगानि वृद्दी गरी प्राविधिक, भौतिक, आर्थिक, मानवीय श्रोत र साधनको उच्चतम प्रयोग गरी लाभ लिन सक्नु पर्छ।

शैक्षिक भ्रष्टचारका कारणहरूः

शैक्षिक भ्रष्टचारका विभिन्न कारणहरू ठ्याकै यिनै मात्र हुन भनि पहिचान गरिएका छैनन् वा गाह्रो छ। केही कारणहरू यस प्रकार छनः

१ नैतिक कारणः

मानिसमा नैतिकताको अभाव भएको मानिन्छ। नैतिकता प्राप्त गर्न स्वंम नै जिम्वेवार र उत्तरदायी हुनुपर्छ। भ्रष्टचार कम गर्नका लागि व्यक्तिमा स्वंम इमान्दारीता नै पहिलो प्रमाण पत्र हो,यसका लागी कुनै विद्यालय वा विश्वविद्यालयको औपचारिक शिक्षा आवश्यकता पर्दैन। त्यसैले व्यक्तिलाई भ्रष्टचार नगरी सच्चा आचरण बनाइ राख्ने हेतुले विद्यालय र विश्वविद्यालयका पाठ्यक्रममा भ्रष्टचार के हो ? र यसले समाज,राष्ट र विश्वलाई पार्ने असरका बारे सम्पूर्ण विद्यार्थीहरूलाई पढाउनु,बझाउनु र यसबारे ज्ञानु दिनु आवश्यक मानिन्छ। विद्यालयमा पढाने शिक्षाले व्यक्तिको चरित्र निर्माणमा सहयोग पुग्छ र भ्रष्टचार कम हुन जान्छ।

२.कानुनी कारणः 

शैक्षिक भ्रष्टाचार हुनु कानुनको अभाव वा प्रभावकारी कार्यन्वयन नहुनु नै हो।यसरी शिक्षा ऐन तथा नियमावलीमा भएका व्यवस्थाको सिधा फाइदा लिइ वा सरोकारवाला पक्षले कार्यान्वयन गर्न सक्दा शैक्षिक वेथिति बढेको हो भन्ने व्यापक जन गुनासो छ। कानुनमा रहेको कमजोर दण्ड र सजायको कारणले शैक्षिक क्षेत्रमा भ्रष्टाचार बढेको विभिन्न प्रतिवेदनहरूले औँल्याएका छन। शिक्षा क्षेत्रमा विद्यमान शिक्षा ऐन र नियमावलीको सरोकारवाला निकायले पूर्ण रूपमा लागु गराउन नसक्नु र शैक्षिक क्षेत्रमा काम गर्ने कर्मचारी तथा शिक्षकहरूले यसको सिधा फाइदा लिएका छन। जस्तो कि शिक्षक सरूवा पाँच बर्षमा हुन नसक्नु,समय समायमा दरबन्दी मिलान नहुनु वा हुन नदिनु,सरकारले सबै विद्यालयमा तहगत र विषयत शिक्षकहरू उपलब्ध नहुनु पनि कमजोरी रूपमा रहेका छन।

३. राजनीतिक तथा प्रशासनिक कारणः

शिक्षा तथा अन्य क्षेत्रहरूमा विभिन्न भ्रष्टचार गरेता पनि दोषि व्यक्ति राजनितिक संरक्षणका कारणले छुट पाउने,ठेक्का पट्टा मिलाउने,सरूवा,बढुवा र सजाय नहुने वा भए पनि कम हुने भन्ने नागरिकको व्यापक गुनासो छ।यस्तो हुनुहुदैन।शैक्षिक भ्रष्टाचारलाई रोक्ने वा कम गर्न ऐन,नियमहरू प्रभावकारी रूपमा कार्यन्वयन नहुनु वा कम हुनु,कर्मचारीले सम्पत्ति विवर्ण नियमित रूपमा नबुझाउनु वा बुझाएको भएतापनि त्यसको सहि रूपमा जाँचकी नहुनु,शिक्षक तथा कर्मचारी नियुक्ति गर्दा होस वा सरूवा गर्दा आर्थिक अपचलन हुनु आदि रहेका छन्।मानिस स्वंमले नैतिक इमानदारी कायम गर्न नसक्नु,नैतिकता अभाव रहेको वा विवेकशून्य बन्न पुग्नु आदि पनि भ्रष्टचार हुने कारणहरू हुन।

४. सामाजिक तथा आर्थिक कारणः

मानिस स्वभावलैले लोभि प्राणी हो।धन आर्जन गर्न उसले साना देखी ठुला,राम्रा भन्दा नराम्रा काम पनि गर्न तयार हुन्छ।समाजमा विद्यमान पहिरन,तडक भडक,लवाइ,खुवाइ,चाडपर्व,रीतिरिवाज आदी मनाउने तरिका हेर्दा मानिस साह्रै खर्चिला भएमा छन।यस्ता सामाजिक विकृतिका कारणले मानिस ती आवश्यकता पुरा गर्न पनि भ्रष्टचार गर्न बाध्य भएको हो कि भन्ने अनुमान गर्न सकिन्छ।समान्य त समाजमा जसरी भएपनि धन वा अर्थोपाजन गरेर समाजमा प्रतिष्ठित हुने,जीवन सुख सयलमा बिताउने र अरूभन्दा फरक भएको मानसिकता पाल्ने भएकाले व्यक्ति सके निजले वा नसके अरूलाई भ्रष्टचारमा सहयोगका लागि चाहे परिवारका सदस्य होस वा अन्य उत्प्रेरित गर्ने गरेका हुन्छन कि ? यसरी मानिसले उपयुक्त मौका मिल्नासाथ र सही समयको पर्खाइमा रहेको हुन्छन । हातमुख जोर्न असहज भएको अवस्थामा धेरै अर्थ कमाउने उद्देश्यले राजनीति शक्तिको आडमा वा आफू अनुकुल पार्टी सरकार संञ्चालन गरिरहेको अवस्थामा आफू अनुकुल निर्यण गर्ने,विद्यालय र अन्य ठाँउमा हरेक कार्यक्रम बनाउने वा काम नगरेको भए पनि भएको हो भनी कागजि प्रतिवेदन पेस गरी अपचलन गरेर धनी,सुखी जीवन बिताउने आदी कारणले पनि भ्रष्टचार बढेको हो कि ?

शैक्षिक भ्रष्टाचार न्यूनीकरणका उपायहरू

भ्रष्टचार वा शैक्षिक भ्रष्टाचार पूर्ण रूपमा निवारण गर्न सक्ने सहज विषय होईन तर सबैको साथ सहयोग,सामाजिक चेतनाको वृद्धि,सचेत नागरिकले खबरदारी गरेमा कम गर्न सकिन्छ । केही उपायहरू यस प्रकार छनः

१. निरोधात्मक उपायः

शैक्षिक भ्रष्टाचार हुन भन्दा हुन नदिनु नै बुद्धिमानि हो। यसका लागि सरकारले आम नागरिकका दैनिक आधारभूत आवश्यकता पूरा गर्नु पर्ने,कर्मचारीहरूलाई उचित तलव,भत्ता,सेवा सुविधाको व्यवस्था र आम नागरिकको जन जीवन सहज हुने सीमित सरकार उत्तरदायी सरकार हुनु आवश्यक छ। सामाजिक सचेतना,सार्वजनिक बहस र पैरवीका कारणबाट भ्रष्टाचार र शैक्षिक भ्रष्टाचारका नराम्रो पक्षको उजागर गरी भ्रष्टारचार कम गर्न सकिन्छ।

२. दण्डात्मक उपायः

निरोध वा सचेतनाले काम गर्न सकेन भष्टचारीलाई भने कडा भन्दा दण्ड सजायको व्यवस्था हुनु पर्दछ। शैक्षिक भ्रष्टचारीलाई जेल चलान,कडा सजाय र सुधारका लागि जेल भित्र नै उपयुक्त वातावरण बनाईराख्नु पर्छ। यदि कुनै कर्मचारीले भ्रष्टाचार गरेको कर्मचारीलाई भविष्यमा कुनै पनि ठाउँमा काम वा नियुक्ति दिन नपाउने बनाउनु पर्दछ। अकुत वा गलत तरिकाले सम्पत्ति आर्जन गरेको रहेछ भने भ्रष्टचारको मात्रा हेरी निजको नाम कालोसूचीमा राखी सार्वजनिक गर्ने र सोहि अनुसारको सजायको व्यवस्था गर्नु पर्दछ।

३.उपचारात्क उपायः

भ्रष्टाचार सानो वा ठुलो जुनसुकै किसिमको हुन्छ सक्छ तर भ्रष्टाचारका आधारमा कारवाही र सजायको व्यवस्था हुनुपर्छ। शैक्षिक माफिया सजिलैसँग उम्किन नपाआस भनी आवश्यक नियम कानुन निर्माण गरी सजाय दिनुपर्छ। सार्वजनिक सुनुवाइको व्यवस्था गरी कार्यान्वयन गर्ने कार्यालय प्रमुखलाई विशेष जिम्मेवारी तोकि जवाफदेहीता र उत्तरदायित्व वहन गर्ने गराउनु पर्छ।

४. प्रर्वद्दनात्मक उपायः

देश भित्रका नियम कानुन र अन्तर्राष्ट्रिय स्तरमा सदस्यता प्राप्त गरेका संघ,संस्थाबाट पारित सन्धि,महासन्धि कडाइका साथ कार्यन्वयन गरिनु पर्छ। विभिन्न संचारका माध्यमहरूबाट भ्रष्टाचार र यसका नराम्रो पक्षबारे प्रचार प्रसारण गरी आम नागरिकको सचेत बनाउने र भ्रष्टाचार विरोधी विभिन्न कार्यक्रम र अभियानहरू चलाउनु आवश्यक मानिन्छ।विद्यार्थीलाई विद्यालय स्तरबाटै भ्रष्टचारको पाठ्यक्रम समावेश गरी विद्यालय र कलेज स्तरमा नै यस बारेमा पढाउन सकिन्छ।

निचोड

भ्रष्टाचार एक आफैमा महारोग हो। यसलाई न्यूनीकरण गर्न सर्वप्रथम स्वंम व्यक्ति इमानदारी हुनु पर्छ। भ्रष्टाचार गर्नेमा व्यक्तिको नियत हो कि बाध्यता हो पहिला यकिन हुन आवश्यक छ। महात्मा गान्धीका अनुसार ज्ञान आर्जनको अन्त्य लक्ष्य चरित्र निर्माण हुनुपर्दछ। भ्रष्टाचार विरूद पारित ऐन कानुनको अक्षरशःपालना हुनुपर्छ। गरिबलाई ऐन धनीलाई चयन भन्ने उत्ति कदापि चरितार्थ हुनुहुन्न। घुस लिने मात्र नभइ दिनेलाई पनि समेत कानुनी कठघरामा उभ्याउनु र कार्वाही गर्नुपर्छ। पृथ्वीनारायण शाहाले भनेझैं नियाँ निसाफ बिगान्या भन्याको घूस दिन्या र खान्या हुन यी दुईको त धनजिव गरी लियाको पनि पाप छैन,यिन राजाका महा सतुर हुन।तसर्थ शैक्षिक भ्रष्टाचारको कारण र निराकारणका लागि सरकारले बेलैमा सकरात्मक कदम चाली भ्रष्टचार निवारण गर्न नेपालमा स्थापना भएका आयोग,संघ,संस्थाहरूको क्षेत्र बिस्तार,थप उत्तरदायी,निष्पक्ष र अझै जिम्वेवार बनाउन सकेको खण्डमा मात्र शैक्षिक क्षेत्रका विकृति, विसंगति र क्षतिलाई न्यूनीकरण गर्न सकिन्छ।

(लेखक नयाँकिरण कमलकुसुम मावि भरतपुर चितवनमा कार्यरत शिक्षक हुन् )

Courses edusanjal
Select college / campus
Schools edusanjal