Bachelors Portal

विद्यालयलाई गलैँचा

सल्यान, १४ माघ (रासस) ः सल्यानको दार्मा र कुमाख गाउँपालिकाका–२६ विद्यालयका विद्यार्थीको बसाईलाई सहज बनाउन कार्पेट प्रदान गरिएको छ । 

बेञ्च र डेस्कमा बसेर पढ्न साना कक्षाका बालबालिकालाई असजिलो हुने र चोटपटक लाग्नसक्ने भएकाले कक्षा १ र २ का बालबालिकाको बसाई व्यवस्थापनमा सहयोग पु¥याउन सेभ द चिल्ड्रेनको सहयोगमा ती गाउँपालिकाले कार्पेट प्रदान गरेका हुन् । कक्षा ३ सम्ममा अङ्ग्रेजी अक्षर यु र भि आकारमा बालमैत्री बसाई गर्न कार्पेट राख्ने नीति लिइएको दार्मा गाउँपालिकाका शिक्षा शाखा प्रमुख जङ्गबहादुर बुढाले बताउनुभयो । 

“अङ्ग्रेजी अक्षर यु र भि आकारमा पढाउँदा अन्तत्र्रिmयात्मक अध्यापन गर्न सजिलो हुने तर बेञ्च र डेस्क हुँदा बसाउन अप्ठेरो हुने भएकाले यस्तो नीति लिएका हौँ ।” उहाँले भन्नुभयो, “बालमैत्री कार्यक्रम सञ्चालन गरिएका विद्यालयमा अनुगमन गर्दा काठ र फलामका बेञ्चबाट लाग्ने चोटपटकमा समेत कमी आएको छ ।” 

सेभ द चिल्ड्रेनले दलित विकास समाजसँगको साझेदारीमा सञ्चालन गरेको एकीकृत परियोजनामार्फत यस्तो सहयोग उपलब्ध गराइएकोे उक्त संस्थाका जिल्ला कार्यक्रम संयोजक विमला सुवेदीले बताउनुभयो । 

Thuprai - Books and E-books