Managed Admission 2022

विद्यालय शिक्षाका सक्षमता

Thuprai - Books and E-books

४.४ विद्यालय शिक्षाका सक्षमता 

विद्यालय शिक्षाका सक्षमता निम्नलिखित हुने छन् :

४.४.१ प्रारम्भिक बालविकास र शिक्षा

चार वर्षको उमेर पूरा भएका बालबालिकालाई एक वर्षको प्रारम्भिक बालविकासको अवसर प्रदान गरिने छ । चार वर्ष उमेरभन्दा मुनिका बालबालिकालाई शिशु विकास केन्द्रबाट शारीरिक, मानसिक वा बौद्धिक, संवेगात्मक र सामाजिक विकास तथा स्याहारका क्रियाकलाप सञ्चालन गर्न सकिने छ । प्रारम्भिक बालविकास र शिक्षाको मुख्य उद्देश्य विविध किसिमका मनोरञ्जनात्मक सिकाइ सहजीकरण क्रियाकलापका माध्यमद्वारा बालबालिकाहरूको सर्वाङ्गीण विकासमा सहयोग पुयाउनु र कक्षा १ मा प्रवेशका लागि तयार पार्नु हुने छ । प्रारम्भिक बालविकास र शिक्षाको पाठ्यक्रम बालबालिकाको उमेरगत विकासात्मक पक्षलाई ध्यान दिई एकीकृत सिद्धान्तअनुसार विकास गरिने छ । यस तहमा बालबालिकाहरूले आफ्नो मातृभाषामा सिक्ने अवसर प्राप्त गर्ने छन् ।

प्रारम्भिक बालविकास र शिक्षाका सक्षमताहरू निम्नानुसार हुने छन् :

१. सर्वाङ्गीण विकासका क्रियाकलापमा संलग्नता

२. पोषणयुक्त खाना र स्वस्थकर बानी विकास

३. वैयक्तिक सुरक्षाका उपायहरू अवलम्बन

४. सरसफाइ र सामाजिक बानी व्यवहारको अवलम्बन

५. सिर्जनात्मक सोचको विकास

६. भाषिक तथा सञ्चार सिपको विकास

४.४.२ आधारभूत शिक्षा (कक्षा १ - ८) का सक्षमताहरू

आधारभूत शिक्षाले विद्यार्थीकेन्द्रित शिक्षाका माध्यमद्वारा बालबालिकामा अन्तर्निहित प्रतिभाको विकास गर्नुपर्छ । यसको मूल उद्देश्य राष्ट्र प्रेम र लोकतन्त्रमा विश्वास गरी राष्ट्रियताको संरक्षण र संवर्धन गर्ने, अधिकार र कर्तव्यको पालनासहित स्वतन्त्रताको सम्मान गर्ने, सामाजिक र प्राकृतिक वातावरणप्रति सचेत भई मानवीय मूल्य र मान्यताअनुकूल व्यवहार गर्ने कर्तव्यनिष्ठ नागरिक उत्पादन गर्नु हो । यस तहको शिक्षा ग्रहण गरिसकेका बालबालिकाहरू आफ्ना विचार आदानप्रदान एवम् दैनिक जीवनमा आइपर्ने व्यावहारिक समस्या समाधान गर्न सक्षम, स्वावलम्बी, परिश्रमी, वैज्ञानिक सुझबुझ भएका, स्वास्थ्यप्रति सचेत र नैतिकवान् हुने छन् ।

आधारभूत शिक्षाका सक्षमता देहायबमोजिम हुने छन् :

१. देशप्रेम र राष्ट्रिय एकताको भावनाबाट ओतप्रोत एवम् लोकतान्त्रिक मूल्य, मान्यता र संस्कारको विकास व्यवहारमा प्रदर्शन

२. भाषिक तथा सञ्चार सिपको विकास र व्यावहारिक, सिर्जनात्मक एवम् सान्दर्भिक प्रयोग

३. सूचना र विचारहरूको आदानप्रदान, विश्लेषण तथा सूचना प्रविधिको समुचित प्रयोग

४. तार्किक तथा व्यावहारिक गणितीय ज्ञान, सिप एवम अभिवृत्ति विकास र प्रयोग

५. वैज्ञानिक अवधारणा, तथ्य, सिद्धान्त र नियमप्रतिको जिज्ञासा एवम् बोध र व्यावहारिक जीवनमा प्रयोग

६. मानवमूल्य र मान्यता एवम् सामाजिक गुणको विकास तथा नागरिक कर्तव्यप्रति सजग

७. जनसङ्ख्या, वातावरण संरक्षण र दिगो विकासबिचको अन्तरसम्बन्धको बोध र व्यवस्थापनमा सहयोग

८. शारीरिक तन्दुरुस्ती, स्वस्थकर जीवनशैली र जीवनोपयोगी सिप (Life skills) को विकास

९. स्थानीय, आधुनिक पेसा, व्यवसाय र प्रविधि एवम् श्रमप्रति सम्मान तथा व्यवहारकुशल सिप (Soft skills)को प्रयोग

१०. नेपाली कला, साहित्य र संस्कृतिको संरक्षण तथा संवर्धन एवम् सिर्जनशीलताको विकास र प्रयोग

११. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशसँग परिचित भई विविधता, विश्वबन्धुत्व र सहअस्तित्व बोध तथास्वीकार

१२. दैनिक जीवनमा आइपर्ने व्यावहारिक समस्याहरूको पहिचान, विश्लेषण तथा समाधान

(क) आधारभूत शिक्षा (कक्षा १-३) का सक्षमताहरू

आधारभूत शिक्षा (कक्षा १-३) को उद्देश्य बालबालिकालाई औपचारिक शिक्षासँग परिचित गराउने र आधारभूत साक्षरता, गणितीय ज्ञान र सिप तथा जीवनोपयोगी सिपहरूका साथै व्यक्तिगत स्वास्थ्य तथा सरसफाइसम्बन्धी बानीको विकास गर्ने अवसर प्रदान गर्ने हुने छ । उनीहरू आफू रहेको प्राकृतिक तथा सामाजिक वातावरणसँग परिचित र सचेत हुने छन् । यस तहको पाठ्यक्रम बालबालिकाको उमेरगत क्षमता एवम् रुचिलाई ध्यान दिई एकीकृत सिद्धान्तअनुसार विकास गरिने छ ।

आधारभूत शिक्षा (कक्षा १-३) का सक्षमता देहायबमोजिम हुने छन् :

१. आधारभूत भाषिक तथा सञ्चार सिपको विकास र प्रयोग

२. आधारभूत गणितीय अवधारणा र सिपको विकास र प्रयोग

३. अनुशासन, सदाचार र स्वावलम्बन जस्ता सामाजिक एवम् चारित्रिक गुणको विकास

४. विज्ञान, वातावरण, सूचना प्रविधिसम्बन्धी आधारभूत ज्ञानको विकास

५. शारीरिक तन्दुरुस्ती, स्वस्थकर बानी र जीवनोपयोगी सिप (Life skills) को विकास

६. कला तथा सौन्दर्यप्रति अभिरुचि र सिर्जनात्मकताको विकास

७. आफ्नो परिवेशसँग परिचित भई विभिन्न जातजाति, धर्म, भाषा, संस्कृति, क्षेत्रप्रति सम्मान र समभावको विकास

(ख) आधारभूत शिक्षा (कक्षा ४-५) का सक्षमताहरू

आधारभूत शिक्षा (कक्षा ४- ५) का सक्षमताहरू निम्नानुसार हुने छन् :

१. देशप्रेमको भावना एवम् लोकतान्त्रिक मूल्य मान्यता र संस्कारको विकास

२. आधारभूत भाषिक तथा सञ्चार सिपको विकास र व्यावहारिक प्रयोग

३. आधारभूत गणितीय अवधारणा र सिपको विकास र प्रयोग

४. नैतिकता, अनुशासन, सदाचार र स्वावलम्बन जस्ता सामाजिक मूल्य मान्यता एवम् चारित्रिक गुणको विकास

५. विज्ञान, वातावरण, सूचना प्रविधिसम्बन्धी आधारभूत ज्ञान र सिपको विकास

६. शारीरिक तन्दुरुस्ती, स्वस्थकर बानी, सरसफाइ र जीवनोपयोगी सिप (Life skills) तथा व्यवहारकुशलसिप (Soft Skills) को विकास

७. कला तथा सौन्दर्यप्रति अभिरुचि, सिर्जनात्मक र समालोचनात्मक सिपको विकास

८. आफ्नो परिवेशसँग परिचित भई विभिन्न जातजाति, धर्म, भाषा, संस्कृति, क्षेत्रप्रति सम्मान र समभावको विकास

(ग) आधारभूत शिक्षा (कक्षा ६-८) सक्षमताहरू

आधारभूत शिक्षा (कक्षा ६-८) का सक्षमता देहायबमोजिम हुने छन् :

१. देशप्रेम एवम् राष्ट्रिय एकताको भावनाको विकास

२. लोकतान्त्रिक मूल्य मान्यता र संस्कारको विकास र विविधताप्रति सम्मान

३. भाषिक तथा सञ्चार सिपको विकास र व्यावहारिक, सिर्जनात्मक एवम् सान्दर्भिक प्रयोग

४. सूचना र विचारहरूको आदानप्रदान, विश्लेषण तथा सूचना प्रविधिको समुचित प्रयोग

५. तार्किक तथा व्यावहारिक गणितीय ज्ञान, सिप र अभिवृत्तिको विकास र प्रयोग

६. वैज्ञानिक अवधारणा, तथ्य, सिद्धान्त र नियमप्रतिको जिज्ञासा एवम् बोध र व्यावहारिक जीवनमा प्रयोग

७. नैतिकता, अनुशासन, सदाचार, स्वावलम्बन जस्ता सामाजिक र मानवमूल्य, मान्यता एवम् चारित्रिक रनागरिक गुणको विकास

८. जनसङ्ख्या, वातावरण संरक्षण र दिगो विकासबिचको अन्तरसम्बन्धको बोध एवम् व्यवस्थापनमासहयोग

९. शारीरिक तन्दुरुस्ती, स्वस्थकर जीवनशैली र जीवनोपयोगी सिप (Life skills) विकास

१०. स्थानीय र आधुनिक पेसा, व्यवसाय र प्रविधि र श्रमप्रति सम्मान तथा व्यवहारकुशल सिप (Soft skills)को प्रयोग

११. नेपाली कला, साहित्य र संस्कृतिको संरक्षण तथा संवर्धन एवम् सिर्जनशीलताको प्रयोग

१२. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सामाजिक तथा भौगोलिक परिवेशसँग परिचत भई विविधता, सद्भाव रसहअस्तित्व बोध तथा स्वीकार

१३. दैनिक जीवनमा आइपर्ने व्यावहारिक समस्याहरूको पहिचान, विश्लेषण तथा समाधान

४.४.३ माध्यमिक शिक्षा (कक्षा ९-१२) का सक्षमता

सिकाइ र वास्तविकताबिच सम्बन्ध स्थापित गर्ने, सिद्धान्त र व्यवहारको समन्वय गर्ने, स्वपरावर्तित हुँदै ज्ञान, सिप र क्षमतालाई अद्यावधिक गर्ने, नवीनतम ज्ञानको खोजी र प्रयोग गर्ने, अधिकार, स्वतन्त्रता र समानताको प्रवर्धन गर्ने, स्वस्थ जीवनको अभ्यास गर्ने, तार्किक विश्लेषण गरी निर्णय गर्ने, वैज्ञानिक विश्लेषणका आधारमा व्यक्ति, समाज र राष्ट्रको दिगो विकासमा सरिक हुने, नैतिक आचरण प्रदर्शन गर्ने, विविधतालाई सम्मान गर्ने, पर्यावरणीय सन्तुलनप्रति संवेदनशील हुने, द्वन्द्व व्यवस्थापन गर्दै दिगो शान्तिका लागि प्रतिबद्ध रहने, आधुनिक ज्ञान, सिप र सूचना तथा सञ्चार प्रविधिको प्रयोग गर्ने, स्वावलम्बी र व्यवसायमुखी सिपको अभ्यास गर्ने, राष्ट्र, राष्ट्रियता र राष्ट्रिय आदर्शको सम्मान गर्ने, समाज स्वीकार्य आचरण र कार्य संस्कृतिको अवलम्बन गर्ने, सहिष्णुभाव राख्ने, सिर्जनशील, उद्यमशील एवम् सकारात्मक सोच भएको, उच्च आदर्शमा आधारित व्यवहार गर्ने, समसामयिक चुनौतीहरूको सफल व्यवस्थापन गर्नेलगायतका विशेषताले युक्त स्वावलम्बी, देशभक्त, परिवर्तनमुखी, चिन्तनशील एवम् समावेशी समाज निर्माणमा योगदान गर्न सक्ने सक्षम नागरिक तयार गर्नेतर्फ माध्यमिक शिक्षा केन्द्रित रहेको छ ।

यसका लागि माध्यमिक तहका विद्यार्थीमा निम्नानुसारका सक्षमता विकासको अपेक्षा गरिएको छ :

१. मानवीय मूल्य, मान्यता र लोकतान्त्रिक संस्कार अवलम्बन गर्दै राष्ट्र र राष्ट्रियताको प्रवर्धनका लागिसचेत नागरिकको जिम्मेवारी वहन

२. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशसँग परिचित भई विविधता, सद्भाव र सहअस्तित्वलाई आत्मसात् गर्दैसभ्य, सुसंस्कृत र समतामूलक समाज निर्माणका लागि भूमिका निर्वाह

३. दैनिक क्रियाकलापका साथै प्राज्ञिक क्षेत्रमा आत्मविश्वासका साथ उपयुक्त, सिर्जनात्मक र सान्दर्भिकरूपमा भाषिक सिपको प्रयोग

४. प्रभावकारी सिकाइ, रचनात्मक र विश्लेषणात्मक सोच तथा सामाजिक सम्पर्क र सञ्चारबाटविचारहरूको आदान प्रदान

५. व्यक्तिगत विकास र आवश्यकताको परिपूर्तिका लागि सिकाइप्रति सकारात्मक सोचको विकास तथास्वअध्ययन एवम् ज्ञान र सिपको खोजी गर्ने बानीको विकास

६. गणितीय समस्या समाधानमा गणितीय अवधारणा, सिद्धान्त तथा तार्किक सिपको प्रयोग

७. व्यावहारिक गणितीय ज्ञान र सिपको बोध र प्रयोग

८. वैज्ञानिक ज्ञान, तथ्य, सिद्वान्त र प्रविधिको समुचित प्रयोग

९. जीवनजगत् र व्यवहारसँगको तादात्म्य बोध गरी जीवनोपयोगी सिप (Life skills) को प्रयोग गर्दैसमाजसापेक्ष व्यवहार प्रदर्शन

१०. स्वास्थ्यप्रतिको सचेततासहित वातावरण संरक्षण र संवर्धन तथा जनसङ्ख्या व्यवस्थापनमा सक्रिय सहभागिता

११. प्राकृतिक तथा सामाजिक घटनाको विश्लेषण, तिनको कारण र असर बोध तथा सकारात्मक व्यवहार प्रदर्शन

१२. वैज्ञानिक खोज तथा अनुसन्धान गर्न आवश्यक प्रक्रियागत सिपहरू हासिल गरी आधुनिक प्रविधिहरूकोदैनिक जीवनमा प्रयोग

१३. श्रमप्रति सम्मान गर्दै कामको संसारमा आत्मविश्वाससाथ तयारी

१४. प्राविधिक ज्ञान, सिप, प्रवृत्ति तथा पेसागत र व्यवस्थापकीय क्षमताको विकास र प्रयोग

१५. उच्च तहमा अध्ययनको आधार विकास

(क) माध्यमिक शिक्षा (कक्षा ९- १०) का सक्षमताहरू

माध्यमिक शिक्षा (कक्षा ९-१०) का सक्षमताहरू निम्नानुसार हुने छन् :

१. मानवीय मूल्य, मान्यता र लोकतान्त्रिक संस्कार अवलम्बन गर्दै राष्ट्र र राष्ट्रियताको प्रवर्धनका लगिसचेत नागरिकको जिम्मेवारी वहन

२. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशसँग परिचित भई विविधता, सद्भाव र सहअस्तित्वलाई आत्मसात् गर्दैसभ्य, सुसंस्कृत र समतामूलक समाज निर्माणका लागि भूमिका निर्वाह

३. दैनिक क्रियाकलापमा आत्मविश्वासका साथ उपयुक्त र सान्दर्भिक रूपमा भाषिक सिपको प्रयोग

४. प्रभावकारी सिकाइ, रचनात्मक र विश्लेषणात्मक सोच तथा सामाजिक सम्पर्क र सञ्चारबाट विचारहरूको आदान प्रदान

५. गणितीय समस्या समाधानमा गणितीय अवधारणा, सिद्धान्त तथा तार्किक सिपको प्रयोग

६ जीवनजगत् र व्यवहारसँगको तादात्म्य बोध गरी जीवनोपयोगी सिप (Life skills) को प्रयोग गर्दै समाजसापेक्ष व्यवहार

७. स्वास्थ्यप्रतिको सचेततासहित वातावरण संरक्षण र संवर्धन तथा जनसङ्ख्या व्यवस्थापनमा सक्रिय सहभागिता

८.प्राकृतिक तथा सामाजिक घटनाको विश्लेषण, तिनको असर बोध तथा सकारात्मक व्यवहार प्रदर्शन

९. वैज्ञानिक खोज तथा अनुसन्धान गर्न आवश्यक प्रक्रियागत सिपहरू हासिल गरी आधुनिक प्रविधिहरूकोदैनिक जीवनमा प्रयोग

१०. श्रमप्रति सम्मान गर्दै कामको संसारको तयारी ११. प्राविधिक ज्ञान, सिप, प्रवृत्ति तथा पेसागत र व्यवस्थापकीय क्षमताको विकास र प्रयोग

(ख) माध्यमिक शिक्षा (कक्षा ११-१२) का सक्षमताहरू

माध्यमिक शिक्षा (कक्षा ११-१२) का सक्षमताहरू निम्नानुसार हुने छन् :

१. मानवीय मूल्य, मान्यता र लोकतान्त्रिक संस्कार अवलम्बन गर्दै राष्ट्र र राष्ट्रियताको प्रवर्धनका लागिसचेत नागरिकको जिम्मेवारी वहन

२. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशसँग परिचित भई विविधता, सद्भाव र सहअस्तित्वलाई आत्मसात् गर्दैसभ्य सुसंस्कृत र समतामूलक समाज निर्माणका लागि भूमिका निर्वाह

३. दैनिक क्रियाकलापका साथै प्राज्ञिक क्षेत्रमा आत्मविश्वासका साथ उपयुक्त, सिर्जनात्मक र सान्दर्भिकरूपमा भाषिक एवम् सञ्चार सिपको प्रयोग

४. व्यक्तिगत विकास र आवश्यकताको परिपूर्तिका लागि सिकाइप्रति सकारात्मक सोचको विकास तथास्वअध्ययन एवम् ज्ञान र सिपको खोजी गर्ने बानीको विकास

५. जीवन, जीविका र वृत्ति एवम् सामाजिक सांस्कृतिक व्यवहारसँग तादात्म्य बोध गरी जीवनोपयोगी सिप (Life skills) को विकास 

६. स्वस्थ्य जीवनशैलीको अवलम्बन एवम् वातावरण संरक्षण र दिगो विकासका लागि भूमिका निर्वाह

७. प्राकृतिक तथा सामाजिक घटनाको विश्लेषण, तिनको कारण र असर बोध तथा सकारात्मक व्यवहार प्रदर्शन

८. श्रमप्रति सम्मान गर्दै कामको संसारमा आत्मविश्वासको साथ प्रवेश

९. प्राविधिक ज्ञान, सिप, प्रवृत्ति तथा पेसागत र व्यवस्थापकीय क्षमताको विकास र प्रयोग

१०. उच्च तहमा अध्ययनको लागि विषयगत/विधागत आधार विकास 

स्रोत: विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६को अंश