स्थायी शिक्षक पदपूर्ति गर्दा प्रयोगात्मक परीक्षालाई अनिवार्य गर्न सकिन्छ ?

शिक्षक सेवा आयोग (१० औँ संशोधन) नियमावलीले शिक्षक पदमा स्थायी पदपूर्ति गर्दा छनोटको विधि चार किसिमले व्यवस्था गरेको छ– सामान्य परीक्षा, विषयगत परीक्षा, अन्तर्वार्ता र प्रयोगात्मक परीक्षा । तर प्रयोगात्मकलाई अनिवार्य गरिएको छैन । आवश्यक परेका विषयमा मात्र प्रयोगात्मक परीक्षालाई प्रयोगमा ल्याउन सकिने स्पष्ट गरिएको छ । 

परीक्षामा लेख्न सक्ने सबैले कक्षाकोठामा अध्यापन गर्न सक्छन् भन्ने छैन । परीक्षामा लेख्नु र कक्षाकोठामा अध्यापन गर्नु फरक विषय हो । कक्षाकोठामा अध्यापन गर्ने कुरा कला पनि हो । विद्यार्थीलाई बुझाउन सक्ने कला फरक फरक हुनसक्छ । अब्बल तरिकाबाट अध्यापन गर्नसक्ने कला भएका लिखित परीक्षामा अनुत्तीर्ण भएका पनि हुनसक्छन् । 

विद्यार्थीको सिकाइसँग शिक्षकको अध्यापन विधि र शैली पनि जोडिन्छ । विद्यार्थीले पाउने संस्कार शिक्षकको अध्यापनसँग पनि जोडिन्छ । हाम्रालाई भन्दा राम्रालाई छनोट गर्नुपर्छ । त्यो भनेको सबै गुण सम्पन्न शिक्षक छनोट हुनु हो । कक्षाकोठामा अब्बलका साथ अध्यापन गर्नसक्ने खुबी भएका शिक्षक छनोट गर्न नियमावलीमा रहेको प्रयोगात्मक परीक्षाको व्यवस्था पनि कार्यान्वयनमा ल्याउनुपर्छ भन्ने वहस सुरु भएको छ । 

प्रयोगात्मक किन गर्ने ? वा नगर्ने ? यसको वहस गरौँ । आआफ्नो तर्क प्रस्तुत गरौँ । 

Thuprai - Books and E-books