After SEE Portal

नास्टद्वारा अनुसन्धान प्रस्ताव आव्हान

Bridge Course

अनुसन्धानका लागि स्नातक र स्नातक तहमा अध्ययनरत विद्यार्थीबाट नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा(प्रतिष्ठान (नास्ट)ले अनुसन्धानका लागि प्रस्ताव  माग गरेको छ ।

पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलनको क्षेत्रमा अनुसन्धान गर्नका  लागि इच्छुक विद्यार्थीबाट प्रस्ताव माग गरेको हो ।

स्नातक र स्नातकोत्तर तहको शोध अनुसन्धान गर्ने नेपाली अनुसन्धानकर्ताबाट  ३० दिन भित्र प्रस्ताव माग गरेको छ ।

वन तथा वातावरण मन्त्रालयले सञ्चालन गरिरहेको पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलन आयोजना अन्तर्गत नास्टबाट प्रदान गरिने अनुसन्धान अनुदानका लागि प्रस्तावना आव्हान  गरेको छ ।

अनुसन्धानका लागि छनोट भएका स्नातक तहका विद्यार्थीलाई नास्टले प्रति विद्यार्थी रु.७० हजार र स्नातकोत्तर तहका लागि रु. ९० हजार अनुदान प्रदान गर्दै आएको छ । नास्टले स्नातक तहका १० जना र स्नतकोत्तर तहका ८ जनालाई अनुदान प्रदान गर्ने कार्यक्रम रहेको छ ।

विस्तृत विवरण हेनुहोस्ः

A Levels MA
Thuprai - Books and E-books