After SEE Portal

सुदूरपश्चिम र मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति छनोटका लागि आवेदन माग

Bridge Course

सुदूरपश्चिम  र मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले  दरखास्त माग गरेको छ ।

उपकुलपति पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिबाट  हिजो  स्वीकृत विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८० बमोजिम दरखास्त माग गरेको हो ।

समितिले दश दिनभित्र विश्वविद्यालय अनुदान आयोग, आयोगका अध्यक्षको  सचिवालय, सानोठिमी, भक्तपुरमा कार्यालय समयमा दरखास्त पेश गर्न आव्हान  गरेको  छ ।

दुवै विश्वविद्यालयका उपकुलपतिको पदावधि फागुन दोस्रो हप्ता सकिँदैछ। 

A Levels MA