पाकिस्तानमा चिकित्सा शिक्षा पढ्ने १९ जनाका लागि छात्रवृत्तिको आवेदन माग

चिकित्सा शिक्षा आयोगले पाकिस्तान सरकारबाट नेपाल सरकारलाई प्राप्त चिकित्सा शिक्षा स्नातक तहको छात्रवृत्तिका लागि आवेदन माग गरेको छ । नेपाल सरकारलाई पाकिस्तान सरकारबाट प्रदान गरिएको १९ सिटमा पाकिस्तान गई अध्ययन गर्न छात्रवृत्तिका लागि आवेदन माग गरेको हो ।

शैक्षिक सत्र २०२२–२०२३ मा  पाकिस्तान टेक्निकल एसिस्टेन्स प्रोग्राम अन्तर्गत स्नातक तहका एमबीबीएस, बीडीएस र डी फार्मेसी विषयमा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थीका लागि आवेदन माग गरिएको हो ।

आयोगले आज सूचना जारी गर्दै छात्रवृत्तिका लागि इच्छुक योग्यता पुगेका उम्मेदवारहरुले साउन १६ गतेभित्र अनलाईन आवेदन पेश गर्न सक्ने सूचित गरेको  छ ।

Thuprai - Books and E-books