Bachelors Portal

प्राविधिक शिक्षालयको भवन निर्माण शुरु

दाङ तुलसीपुर–११ मा रहेको अमर माध्यमिक विद्यालयमा पशु विज्ञान भवन निर्माण शुरु भएको छ । दाङ क्षेत्र नं ३ को पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गतको रु ५० लाख बजेटमा उक्त भवन निर्माण हुनलागेको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष टेकबहादर केसीले बताउनुभयो । 

उहाँका अनुसार १२ कोठाको दुईतले भवण निर्माण हुनेछ । यस वर्षदेखि पशु विज्ञानको मान्यता पाएको उक्त विद्यालयको भवन निर्माणकार्य पूरा भएसँगै कक्षा सञ्चालनमा आउने प्रधानाध्यापक पदमप्रसाद न्यौपानेले बताउनुभयो । 

विद्यालय भवनको शिलान्यास प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसीले गर्नुभएको हो । त्यस अवसरमा सांसद केसीले आफ्नो निर्वाचन क्षेत्रका तीन विद्यालयलाई प्राविधिक शिक्षालयका लागि सहयोग गरेको बताउनुभो । 

Thuprai - Books and E-books