After SEE Portal

बीटेक एड इन आईटी ललितपुरबाट पनि सञ्चालन हुने (कार्यक्रमको विस्तृत विवरण सहित)

Bridge Course

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा गएको साता सार्वजनिक गर्यो । नतिजा सार्वजनिक हुनु अगावै अधिकांश विश्वविद्यालयले स्नातक तहमा भर्नाका लागि आवेदन लिइरहेका छन् ।

विश्वविद्यालयहरूले आफूले निर्माण गरेका कार्यक्रममा भर्नाका लागि अहिले धमाधम आवदेन लिइरेहका छन् । काठमाडौं विश्वविद्यालय (केयु) को स्कुल अफ एजुकेसन अन्तर्गतको डिपाटमेन्ट अफ स्टिम एजुकेसनले चालु शैक्षिक सत्रदेखि केन्द्रीय क्याम्पसबाट ब्याचलर्स अफ टेक्निकल एजुकेसन इन इन्फरमेसन टेक्नोलोजी (बी टेक एड इन आईटी) कार्यक्रम सञ्चालन गर्ने भएको छ । स्कुल अफ इन्जिनियरिङको कम्प्युटर साइन्स एन्ड कम्प्युटर इन्जिनियरिङ विभागसंग सहकार्य गरेर स्कुल अफ एजुकेसनले यो कार्यक्रम सञ्चालन हुन लागेको प्रोग्राम कोडिनेटर नेत्र कुमार मानन्धर बताए ।

यो कार्यक्रम २०७८ (सन् २०२२) मा पहिलो पटक सिन्धुली कम्युनिटी टेक्निकल इन्स्टिच्युट (एससीटीआई) मा सञ्चालन गरिएको स्कुलका डिन प्राडा बालचन्द्र लुइटेलले जानकारी दिए ।

डिन प्राडा लुइटेलका अनुसार गत वर्ष विराटनगरको एस्पायर कलेजमा कक्षा सञ्चालन गर्दै आएको छ । सिन्धुलीमा १८ जना र विराटनगरमा २३ जना अध्ययन गरिरहेका छन् । स्कुल अफ एजुकेसनमा भने यो वर्षबाट मात्र कक्षा सञ्चालन गर्न लागिएको छ । सिन्धुली र विराटनगरका लागि विश्वविद्यालयको सहकार्यमा ३०/३० जनाको सिट प्रदान गरेको छ भने स्कुल अफ एजुकेसनका लागि ३० जनाको कोटा निर्धारण गरी आवेदन माग गरिएको उनले जानकारी दिए ।

भर्नाका आधार

जुनसुकै विषयबाट कक्षा १२ वा (सो सरह) प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) बाट डिप्लोमा उत्तीर्ण गरेका विद्यार्थी भर्ना हुन पाउने आज आयोजित पत्रकार सम्मेलनमा डिन प्राडा लुइटेलले जानकारी दिए ।

कक्षा १२ मा सबै विषयमा १.६ सीजीपीए (ननग्रेड नआएका) अथवा ‘सेकेन्ड डिभिजन’ ल्याएको हुनु सो सम्मेलनमा जानकारी दिइएको थियो । अर्थात ४१ प्रतिशतभन्दा बढी नम्बर ल्याएको हुनुपर्छ ।

कस्तो कोर्स हो ?

यो शिक्षा र सूचना प्रविधिको समिश्रण हो । बी टेक एड इन आइटी केयु अन्तर्गतको स्कुल अफ एजुकेसनको स्टिम एजुकेसन विभागले सञ्चालन गर्दै आएको कोर्स हो । यो ४ वर्षे कोर्ष हो । १३६ क्रेडिट आवरको ८ सेमेस्टरमा यो कोर्स पुरा हुन्छ । यसमा शिक्षा र आईटी कोर्सको मिश्रण गरिएको छ । कोर्ष अध्ययन गर्ने विद्यार्थीले पढ्दै काम गर्न समेत सक्नेछन् । देवकोटा भन्छन, ‘यो कोर्ष पढ्ने विद्यार्थीले पढ्दै काम गर्दै अवसर पाउँछन् । तेस्रो सेमेस्टर सकेपछि विद्यार्थीहरु सफ्टवेयर डेभलप गर्न सक्ने प्राडा लुइटेलले बताए ।

यसमा शिक्षा र आइटीका दुबै विषय पढ्नुपर्छ । कोर्षमा आईटी बाहेक शिक्षा तथा शिक्षण सम्बन्धी पाठ्यक्रमको विकास गरिएको छ छ ।

आईटीमा सफ्टवेयर डेभलपमेन्ट, सफ्टवेयर इन्जिनियरिङ, प्रोग्रामिङ ल्याङ्ग्वेज, डिजिटल लजिक, ई–लर्निङ म्यानेजमेन्ट सिस्टम जस्ता विषय समावेश गरिएको छ । यसमा सैद्धान्तिक र प्रयोगात्मक कक्षा पचास पचास प्रतिशत समावेश गरिएको छ । यसमा विद्यार्थीले शिक्षण र व्यवहारिक काम गरी दुई ओटा इन्टर्नसिप गर्नुपर्छ ।

यसका लागि जम्मा १३६ क्रेडिट आवर तोकिएको छ । त्यसमध्ये १८ कोर क्रेडिट आवर, भोकेसनल पेडागोजिकलका लागि २० क्रेडिट, स्पेसलाइजेसन इन आईटीका लागि ८० क्रेडिट आवर र इन्टर्नसिप तथा रिसर्चका लागि १८ क्रेडिट आवर तोकेको छ ।

 मूल्याङ्कन पद्धति

सैद्धान्तिक तर्फ ५० प्रतिशत आन्तरिक वा बाह्यतर्फ ५० प्रतिशत मूल्याङ्कनको आधार तय गरिएको छ । भने, प्रयोगात्मक विषयमा ७५ प्रतिशत आन्तरिक तथा बाह्य २५ प्रतिशत मूल्याङ्कन गरिने डिन प्राडा लुइटेलले बताए ।

रोजगारीको अवसर

जनशक्तिको प्रक्षेपण बिना नै प्राविधिक धारका विद्यालय सञ्चालन गर्दा अहिले विद्यालयमा तालिम प्राप्त प्राविधिक धारका शिक्षक अभाव छन् । अहिले प्राविधिक धारका विद्यालयमा इन्जिनियर तथा सम्बन्धित विषयबाट अन्य पेशाका लागि उत्पादन भएका जनशक्तिलाई शिक्षणमा प्रवेश गराइएको छ । त्यसले गर्दा व्यावसायिक स्थायित्व तथा सुनिश्चित गन्तव्य पाउने बितिकै उनीहरू पेसा परिवर्तन गर्ने हुँदा एक शैक्षिक सत्रका लागि पनि शिक्षक टिकाउन हम्मे परेको छ । देशको आवश्यकतालाई मध्यनजर राख्दै तालिम प्राप्त शिक्षक उत्पादन गर्ने लक्ष्यका साथ यो कार्यक्रम सञ्चालनमा ल्याइएको छ ।

यो कार्यक्रमको उद्देश्य नै प्राविधिक तथा व्यावसायिक क्षेत्रका जनशक्ति उत्पादन गर्नु हो । कोर्स पढेपछि विभिन्न आईटी प्रोग्राम, टीभेट, शिक्षा, सामाजिक विज्ञान आदि विषय समेत भर्ना हुन पाउछन् ।

यो कोर्सपछि विद्यार्थीले टीभेट सञ्चालन गर्न सक्षक हुन्छन् । त्यसका लागि पनि  प्रशिक्षक उत्पादन हुन्छन् । यसका अलावा राष्ट्रिय व्यावसायिक योग्यता प्रणाली (एनभीक्यू ६) बराबरको मान्यता पाउँछन् । उनीहरुले आईटी प्रोफेसनल, इन्स्ट्रक्टर, टीभेट एजुकेटर र टीभेट करिकुलम डेभलपर जस्ता काम गर्न सक्ने डिन प्राडा लुइटेल बताउँछन् ।

 शुल्क तथा छात्रवृत्ति

चार वर्षमा विद्यार्थीले ५ लाख ७० हजार रुपियाँ शुल्क तिर्नुपर्छ । तर स्कुल अफ एजुकेसनबाट सञ्चालन गरिने कक्षाका लागि अन्य दातृ संस्थाको सहयोगमा ४० प्रतिशत छात्रवृत्ति प्रदान गरिने डिन प्राडा लुइटेलले बताए । विभागले आवश्यकताका आधारमा छात्रवृत्ति प्रदान गर्ने स्कुल अफ एजुकेसनले जानकारी दियो ।

विद्यार्थीले केन्द्रमा सञ्चालन गरिएको कक्षाका लागि विद्यार्थीले आवेदन नदिएमा त्यो छात्रवृत्ति सिन्धुली र विराटनगरका विद्यार्थीलाई प्रदान गरिने डिन प्राडा लुइटेलले जानकारी दिए । आठ सेमिस्टरमा १६ किस्तामा शुल्क तिर्न सक्ने केयुले जानकारी दियो । विद्यार्थीले एक किस्तामा २२ हजार ५०० रुपियाँ तिर्नुपर्ने गरी व्यवस्था मिलाइएको सो सम्मेलनमा जानकारी दिइयो ।

कार्यक्रमको विस्तृत जानकारी पाउन यहाँ क्लिक गर्नुहोस्ः

A Levels MA