Managed Admission 2022

६६ जिल्लाका सबै विद्यालयमा ब्रोडब्याण्ड ईन्टरनेट जडान गरिने

Masters Portal

६६ जिल्लाका सबै सामुदायिक आधारभूत विद्यालयहरूमा ब्रोडब्याण्ड ईन्टरनेटको पहुँच पुऱ्याउने स्थानीय तहहरूसंग समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।

भूकम्पबाट अति प्रभावित ८ जिल्लाहरू (काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, दोलखा, सिन्धुली, रामेछाप र ओखलढुङ्गा) र काठमाडौं उपत्यका बाहेकका ६६ जिल्लाहरूका सबै विद्यालयमा ईन्टरनेटजडान गरिने भएको हो ।

सामुदायिक आधारभूत विद्यालयहरूमा ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी ब्रोडव्याण्ड इन्टरनेट सेवा जडान तथा सञ्चालन गर्ने कार्यक्रम अन्तर्गत सम्बन्धित कार्यका लागि प्राधिकरणबाट जारी गरिएको “ग्रामीण दूरसञ्चार विकास कोष प्रयोग गरी स्थानीय तह मार्फत ब्रोडब्याण्ड ईन्टरनेटको पहुँच पुऱ्याउने सम्बन्धी कार्यविधि, २०७८ अनुसार ईन्टरनेट जडान गरिने भएको छ ।

स्थानीय तहहरूले सार्वजनिक खरिद नियमावलीको अधिनमा रहेर मितव्ययी, पारदर्शी तथा प्रतिस्पर्धात्मक तरिकाले प्राधिकरणबाट इन्टरनेट सेवाको अनुमतिपत्र प्राप्त सेवा प्रदायक छनोट गरी तोकिएका सामुदायिक आधारभूत विद्यालयहरूमा सेवा जडान पश्चात स्थानीय तहमार्फत जडान खर्च र दुई वर्षसम्मको महशुल उपलब्ध गराउने व्यवस्था रहेको छ ।

 साथै, यदि सामुदायिक आधारभूत विद्यालयहरू आफैले सेवा प्रदायक छनोट गर्नु परेमा स्थानीय तहसंग समझदारी गरी सार्वजनिक खरिद नियमावलीको अधिनमा रहेर सेवा प्रदायक छनोट गरी सम्बन्धित स्थानीय तहलाई जानकारी गराउनु पर्ने छ ।

I Tech store
Thuprai - Books and E-books