After SEE Portal

ब्रिटिस कलेजका विद्यार्थीले बेलायतको वर्किङ भिसा पाउने

Bridge Course

थापाथलीस्थित द ब्रिटिस कलेज (टीबीसी) का विद्यार्थीहरुले बेलायतमा पढ्न र काम गर्न पाउने भएका छन् । ब्रिटिस कलेजबाट स्नातक तह पास गर्ने नयाँ विद्यार्थीलाई बेलायतको वर्किङ भिसा प्रदान गरिने भएको हो ।

कोरोना महामारीको कारण हाल अन्तर्राष्ट्रिय उडानहरु तथा ट्राभल प्रभावित भइरहेको बेला ब्रिटिस कलेजमा हाल स्नातक तहमा भर्ना भएका नयाँ विद्यार्थीहरुले यो सुविधा प्राप्त गर्ने भएका हुन् । विद्यार्थीहरुले नेपालमा एक देखि दुई वर्षसम्म अध्ययन गरेपछि बेलायत स्थानान्तरणको सुविधा प्राप्त गर्ने कलेजले जानकारी दिएको छ ।

बेलायत सरकारले विश्वभरीका प्रतिभावान् विद्यार्थीहरुलाई भित्र्याउने योजना अन्तर्गत स्नातकतहमा अध्ययनरत विद्यार्थीका लागि विशेष योजना ल्याएको हो । जसअन्तर्गत नेपालबाट ब्रिटिस कलेजमा स्नातक तह अध्ययन गर्ने विद्यार्थीहरुले पनि सहजै बेलायत स्थानान्तरण गर्ने अवसर पाउने भएका हुन् ।

हाल ब्रिटिस कलेज बेलायतको प्रख्यात मध्येको दुई विश्वविद्यालयहरु ‘द युनिभर्सिटीअफ वेष्टइंग्ल्याण्ड (युडब्लुई) तथा लिड्स बेकेट युनिभर्सिटी (एलबीयु) को सम्बन्धनमा नेपालमा संचालन भइरहेको छ । युडब्लुई तथा एलबीयुबाट स्नातक तह पास गरेपछि ब्रिटिस कलेजले स्नातकोत्तर तहको लागि स्थानान्तरण गर्ने र यससँगै विद्यार्थीले दुई वर्षसम्मको लागि वर्किङ भिसाको अनुमति पनि प्राप्त गर्ने कलेजले जानकारी दियो ।

दुई वर्षसम्मको अवधिमा विद्यार्थीहरुले स्थायी काम पाएको खण्डमा उनीहरुले वर्किङ भिसाको अवधि पनि बढाउन सक्नेछन् । वर्किङ भिसामा विद्यार्थीहरुले ५ वर्षसम्म काम गरेको खण्डमा स्थायी रुपमा बसोबास गर्ने अनुमति (आईएलआर) प्राप्त गर्नेछन् ।

कलेजले हाल बीबीए (हन्स), बीएस्सी (हन्स) कम्प्युटिङ एण्डबी एस्सी (हन्स) तथा हस्पिटालिटी विजनेश म्यानेजमेन्ट (बीएचएम) अध्ययन गर्ने विद्यार्थीहरुले यो अवसर प्राप्त गर्ने कलेजको भनाई छ ।

A Levels MA
Thuprai - Books and E-books