After SEE Portal

जेठभित्रै विद्यार्थीका हातहातमा पुस्तक, अबको चार वर्षमा केन्द्रलाई ऋण मुक्त गराउने

Bridge Course

जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले इडियु सञ्जालले सञ्चालन गरेको ९४ औं इडियु टकमा केन्द्रको विगत, वर्तमान र भावी रणनीतिका विषयमा व्यक्त विचारको सम्पादित अंश ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड नेपाल सरकारको पूर्ण स्वामित्व भएको संस्था हो । यसले कक्षा एक देखि १२ सम्मका पाठ्यपुस्तक उत्पादन र बिक्री वितरण गर्दै आएको छ । साथै शैक्षिक सुरक्षण मुद्रालय पनि केन्द्रको हाताभित्र रहेको छ । यसले शैक्षिक सुरक्षणको काम गर्छ । आन्तरिक राजश्व विभागका स्टिकर छपाउछ । स्वास्थ्य मन्त्रालयका सामग्री लगायत अन्य सामग्री छपाइ गर्दै आएको छ । स्वास्थ्य मन्त्रालयका बाहिरी छपाइ गर्दै आएको छ । सरकारले कक्षा एकदेखि चार सम्म निजी क्षेत्रको छापाखानालाई छाप्न दिएको छ । २०६३–६४ पछि निजी क्षेत्रले पनि छपाइ गर्दै आएको हुनाले यसले निजी क्षेत्रसंग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

पाठ्यपुस्तक सम्बन्धी विगतमा जुन किसिमको समस्या देखिने गरेको थियो यो वर्ष त्यस्तो समस्या आउँदैन । यो वर्ष समयमा नै विद्यार्थीहरुलाई पाठ्यपुस्तक उपलब्ध गराउँछौं । आगामी शैक्षिक सत्र असारबाट सुरु हुन्छ । तर केन्द्रले जेठ महिना भित्र विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउछ । यसका लागि हाम्रा प्रदेश कार्यालयका गोदाममा ८० प्रतिशत पाठ्यपुस्तक पुगिसकेका छन् ।

कक्षा ६ को छाप्न बाँकी छ । पाठ्यक्रम विकास केन्द्रबाट छपाइका लागि सामग्री नआएका कारण रोकिएको हो । केन्द्रले सिआरसी पाठउने बितिकै हामी छाप्न सुरु गर्छौं । हामी एक हप्ताभित्र पाठ्यपुस्तक छापि सक्छौं । हामीलाई कक्षा ६ का मात्र करिब २८ लाख पाठ्यपुस्तक छाप्नु छ । कोरोना लगायतका विभिन्न प्राविधिक, अपराधिक कार्यका कारणले गर्दा शिक्षा मन्त्रालय र पाठ्यक्रम विकास केन्द्रबाट ढिलाइ भएका कारण मात्र कक्षा ६ को पाठ्यपुस्तक छाप्न ढिलाइ भएको हो । विषयवस्तु उपलब्ध हुनेबितिकै कक्षा ६ को पाठ्यपुस्तक छाप्छौं । अन्य कक्षाका पनि करिब १०–१२ लाख प्रति पाठ्यपुस्तक छाप्न बाँकी छ । हामी यो चैत्र र वैशाखमा बाँकी रहेका ४० लाख पाठ्यपुस्तक छपाइ गरी समयमा नै पाठ्यपुस्तक सम्बन्धित ठाउँमा पठाउँछौं ।

शिक्षा मन्त्रालयले हरेक वर्ष निर्णय गर्ने परम्परा बनेको छ । राजनीतिक परिवर्तनले शिक्षाका कर्मचारी साटफेर भइरहेन हुँदा कार्य प्रक्रियामा समस्या भएपनि अहिले त्यस्तो नभएकै कारण केन्द्रले यो वर्ष समयमा नै पाठ्यपुस्तक छाप्छ ।

विगतका वर्षहरुमा चालु पुँजीको अभावमा पाठ्यपुस्तक उत्पादनमा रोकावट आयो । केन्द्रले सुरुमा लगानी गरेर आर्थिक वर्षको अन्त्यतिर मात्र लगानी उठ्ने गर्छ । विगत १५ वर्ष अगाडिदेखि केन्द्र घाटामा गयो । सर्बत्र महंगी बढ्यो । अरु क्षेत्रको मूल्या बढ्यो तर पाठ्यपुस्तकको मूल्य एउटै कायम हुँदा समस्या झेल्न पुग्यो । चालु पुँजीको अभावमा समयमा नै पाठ्यपुस्तक छपाइमा समस्या भएको हो । २०७९ सालको मंसिरमा कर्मचारीलाई तलब खुवाउने, पाठ्यपुस्तक छपाइका लागि कागज समेत नभएको अवस्था थियो । त्यसपछि नेपाल सरकारसंग ऋण लिएर चालु पुँजीको व्यवस्था गरी समयमा नै पाठ्यपुस्तक समयमा नै उत्पादन गर्न सक्ने अवस्थामा पुगेको हो ।

एफोर साइजको मेसिन नभएका कारण कक्षा १–३ का पाठ्यपुस्तक छाप्न निजी क्षेत्रलाई प्रदान गरिएको हो । सो मेसिन खरिद गर्ने प्रक्रियामा जान ८ महिनाजति लाग्ने हुनाले अर्को शैक्षिक सत्रमा १–३ का पाठ्यपुस्तक केन्द्रले नै छाप्ने तयारी गरिरहेको छ ।

विगतमा विभिन्न खालका चलखेल हुने गरेका थिए । त्यसलाई हामीले सामना गर्यौं । कुनै समयमा हामी कक्षा १–१० सम्मका पाठ्यपुस्तक छाप्थ्यौं । सरकारले कहिले १–५ निजी क्षेत्रलाई हस्तान्तरण गर्यो कहिले १–८ निजीलाई छाप्न दिइयो । हरेक वर्ष केन्द्रमा अन्योलको वातावरण थियो । मैले त्यही अवस्था पहिलो कार्यकाल बिताएको थिए ।

पछिल्ला चार वर्षमा १–४ मात्र निजी क्षेत्रलाई दिइएको छ । विगतमा भन्दा केन्द्रलाई मन्त्रालयले प्राथमिकता दिएको छ । धेरै छपाइ मेसिन थपिएका छन् । क्षमता बढेको छ । त्यसैले नेपाल सरकार पाठ्यपुस्तक छाप्न सक्षम भएको निष्कर्षमा पुगेर जिम्मेवारी थपेको छ । ए फोर साइजको मेसिन आउने बितिकै हामी आफै १–१२ कै पाठ्यपुस्तक छाप्ने जिम्मेवारी सरकारले दिन्छ भन्नेमा विश्वस्त छु । आगामी वर्ष १–३ वा अन्य तहका पाठ्यपुस्तक छाप्न दिएर बाँकी रहेका पाठ्यपुस्तक आफैं छाप्छौं ।

हामी निर्वाचन आयोगका सामग्री पनि छाप्छौं । अन्यत्रका सामग्री हामी माग गरेको भन्दा छिट्टै उत्पादन गर्छौं । दोस्रो संविधानसभाको निर्वाचनमा आयोगले दिएको समयावधिभन्दा ११ दिन अगाडि नै हामीले मत्रपत्र छापेर दिएका थियौं ।

त्यो समयमा केन्द्रले आफ्ना कर्मचारीलाई दसैंको तलब भत्ता पनि खुवाउन सकेको थिएन । तलब त परै जाओस् । कुनै कर्मचारीले तलब पाएकै थिएनन् । त्यो बेला निर्वाचन आयोगले एड्भान्समा पैसा दिएपछि हामीले स्वतः स्फूर्त रुपमा सबै मिलेर समयभन्दा अगाडि नै छाप्न सफल भएका थियौं ।

विगतमा पुराना मेसिन, रमेटरियल खरिद लगायतका सामग्री खरिद गर्ने पुँजीको अभावका कारण पाठ्यपुस्तक छपाइमा समस्या भएको हो । अन्य क्षेत्रमा समयमा नै छपाइ हुने गरेको थियो ।

मेरो पहिलो कार्यलयमा फागुन महिनामा अर्थमन्त्रालयबाट १८ करोड रुपियाँ ऋण लिएर काम सुरु गर्यो । सो रुपियाँ पाठ्यपुस्तक बिक्रिपछि ब्याज २३ लाख सहित जेठ महिनामा फिर्ता गरेको थियो । सोही अनुरुप हामीले दोस्रो पटक पनि ऋण माग्यौं । अर्थमन्त्रालयले समयमा ऋण दिएन । त्यसैले समयमा पुस्तक छाप्न सकेनौं । आर्थिक अभावकै कारण समयमा पाठ्यपुस्तक उत्पादन गर्न नसकिएको हो ।

पछिल्लो समय केन्द्रको अवस्था परिवर्तन भएको छ । सरकारको सकारात्मक सहयोगमा २० वटा मेसिन जोड्न सफल भएको छ । पछिल्लो चार वर्षमा छपाइ मेसिन, कटिङ केसिन लगायतका मेसिन किनिएका छन् । अब विद्यालयका पाठ्यपुस्तक उत्पादन गर्न समय लाग्दैन ।

भावी योजना

छपाइ मेसिन नयाँ आएका छन् । ३०–३५ वर्ष पुराना व्याडिङ मेसिन छन् । ती पुराना छन् । छपाइ गरेको सामग्रीलाई राम्रो व्याडिङ गर्न व्यान्डङ मेसिन खरिद गर्ने, सातैवटा प्रदेशमा प्रादेसिक कार्यालय तथा गोदामको स्तरोन्नति गर्ने, नेपालगञ्जमा प्रेस सञ्चालन गर्नका लागि भवन तयारी अवस्थामा छ । त्यहाँ छपाइ मेसिन राखेर, नयाँ मेसिन खरिद गरेर त्यहाँबाट छपाइ गर्ने, र त्यहाँबाट तीन प्रदेशलाई सम्बोधन गर्ने गरी व्यस्थापन गर्ने योजना छ । पूर्वको विराटनगरमा विल्डिङ बनाइ त्यहीँबाट छपाइ गर्ने । सानोठिमीको सेक्युरेटी प्रिन्टिङ मेसिनलाई विकास र विस्तार गरी देशका लागि आवश्कय सबै सामग्री छपाइ गरी देशको अर्बौं रुपियाँ विदेशिनबाट जोगाउने योजना छ । यी सबै काम गरी केन्द्रलाई ऋण मुक्त गरी मुनाफा कमाउने कम्पनी बनाउने योजना रहेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र अर्थमन्त्रालयको पचास पचास प्रतिशत शेयर रहेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड रु. १८९ करोड घाटामा पुगेको छ ।आर्थिक वर्ष २०६३ देखि ०७६ सालसम्ममा केन्द्र निरन्तर घाटामा गएको हो । चालु पुँजी परिपुर्तिका लागि बैंक, वित्तीय संस्थाको ऋण रु. ११३ करोड र नेपाल सरकारको रु. १३९ करोड रुपियाँ ऋण केन्द्रलाई अहिले सम्म लागेको छ । केन्द्रले उक्त ऋणको वाािर्षक ब्याज मात्र रु. १७ करोड तिर्दै आएको छ ।

केन्द्रले साझा प्रकाशनबाट रु. ८ करोड १६ लाख, अन्य छपाइका विभिन्न निकायबाट उठ्न बाँकी रु. २ करोड र आन्तरिक राजस्व विभागबाट स्टिकर छपाइबापतको रु . ३ करोड ६४ लाख जम्मा रु. १३ करोड ८० लाख रकम उठ्न बाँकी रहेको  छ ।

केन्द्रले चालु शैक्षिक सत्रमा रु १ करोड ६३ लाख थान पाठ्यपुस्कत बिक्रीबाट रु. १४२ करोड, अन्य बाहिरी छपाइबाट रु. १६ करोड गरी जम्मा रु. १५८ करोड आम्दानी गरेको छ ।

अन्त्यमा,

केन्द्रसंग सम्बन्धित सरोकारवाला निकायलाई विगत १०–१२ वर्ष अगाडि सुनेका भोगेका सबै कुरालाई त्यागेर विगत आठवर्ष यता केन्द्रलाई सबल र सक्षम छपाइ केन्द्रका रुपमा विकास गरिसकेका छौं । हामी शैक्षिक सत्र आरम्भ हुनु पूर्वनै सबै विद्यार्थीका लागि आवश्यक पाठ्यपुस्तक सम्बन्धित निकायमा पुर्याउने प्रतिवद्धता व्यक्त गर्दछु ।

A Levels MA
Thuprai - Books and E-books