पाटन कलेज फर प्रोफेसनल स्टडिजद्वारा रक्तदान कार्यक्रम आयोजना

पाटन कलेज फर प्रोफेसनल स्टडिजले लायन्स क्लब (काठमाडौं समर्पण) सँगको सहकार्यमा यहि २०७६ कात्तिक २५ गते क्याम्पस प्राङ्गण भित्र रक्तदान कार्यक्रम आयोजना गरेको छ । यस कार्यक्रम सफलतापूर्वक सञ्चालनगर्न यस क्याम्पसको सोसल क्लबका सदस्यहरुले पुर्ण रुपमा सहयोग पु-याए । 

४० जना सहभागिहरुद्वारा यस कार्यक्रममा रक्तदान गरिएको थियो । यस कलेजको सोसल क्लबले यस्ता सामाजिक कार्यक्रमहरु नियमीत रुपमा सञ्चालन गर्ने गर्दछ । विद्यार्थी स्वयम्ले यस्ता कार्यक्रम सञ्चालनका लागि जोड दिने गर्दछन् । यस्ता कार्यक्रमहरुलाई क्याम्पस व्यवस्थापनले पूर्ण रुपमा समर्थन तथा प्रोत्साहन प्रदान गर्ने गरेको क्याम्पसका अध्यक्ष पंकजजलानको भनाई छ। यस्ता कार्यक्रमले विद्यार्थीहरुलाई बाहिरी ज्ञान मात्र प्रदान नगरी समाजतथा राष्ट्रप्रती जिम्मेवार बनाउने पनि वहाँले बताउनु भयो ।

Degrees offered in nepal
Counseling
Bachelors Portal